Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

कैलालीमा धान खरिद बिक्री शुरु

खबरडबली संवाददाता

टीकापुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार अघिका तीन दिनमा करिब तीन हजार क्विन्टल धान गरिद गरेको छ । सरकारले गत वर्ष कैलालीमा ४० हजार क्विन्टल कोटा तोकेकोमा यसवर्ष पहिलो चरणमा ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएको छ ।

धेरै धान उत्पादन हुने क्षेत्रका किसानले राम्रो मूल्य पाउन र बाढी विपद् परेका देशका अन्य भागमा पनि आपूर्ति गर्न सहज होस् भनेर यस वर्ष पहिलो चरणमा ५५ हजार क्विन्टल खरिद गर्न लागेको र यो लक्ष्य पूरा भएपछि थप खरिद गरेर एक लाख क्विन्टलसम्म पुगाइने कम्पनीको सुदूरपश्चिम प्रादेशिक कार्यालयका निमित्त प्रमुख इन्जिला बस्नेतले जानकारी दिए। 

कैलालीको मोहनपुर, टीकापुर, सत्तीमा धान खरिद शुरु भएको छ । टीकापुर शाखाका प्रमुख पुष्प बजगाईका अनुसार टीकापुर र सत्तीमा तिहारअघि दुई हजार ७०० क्विन्टल धान खरिद भएको र भजनी केन्द्रमा तिहारपछि काँटा लगाउने तयारी भइरहेको जानकारी दिए। 

मोहनपुर केन्द्रका बरिष्ठ सहायक मुकुन्द पनेरुका अनुसार त्यहाँ तिहारअघि काँटा लगाइ सकेर एक दिनमा ८० क्विन्टल धान खरिद भएको बताए। यस्तै, कम्पनीको कञ्चनपुर शाखा कार्यालयका सूचना अधिकारी मनोज चन्दले कार्यालयमा काँटा लगाई १३० क्विन्टर जति खरिद गरेको र तिहारपछि झलारी र सिसैयामा काँटा लगाएर पहिलो चरणमा १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेको जानकारी दिए। 

कम्पनीले मोटा धान प्रतिक्विन्टल तीन हजार ४१० रुपियाँ ५१ पैसा मूल्यमा यसै साताबाट धान खरिद शुरु गरेको छ । अघिल्ला वर्षहरुमा स–साना गोदाम रहेको खाद्य व्यवस्था कम्पनीले यस वर्ष गोदामको क्षमता बढाएको छ । यस वर्ष टीकापुरमा एक–एक हजार मेट्रिक टन क्षमताका दुई वटा नयाँ गोदाम थपेको छ ।  

गत वर्ष मोटा धान प्रतिक्विन्टल तीन हजार १५८ रुपियाँ रहेकोमा यस वर्ष २५२ रुपियाँ ५१ पैसा बढाएर तीन हजार ४१० रुपियाँ ११ पैसा पुगेको छ । टीकापुरमा धान बेच्न आउनु भएका टीकापुर नगरपालिका –१ बनगाउँका किसान जगदिश चौधरीले यस वर्ष प्रतिविघा ३५–४० क्विन्टल धान फलेको र भाउ पनि राम्रै पाउन लागेकोमा खुशी व्यक्त गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending