Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कैलालीमा धान खरिद बिक्री शुरु

खबरडबली संवाददाता

टीकापुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार अघिका तीन दिनमा करिब तीन हजार क्विन्टल धान गरिद गरेको छ । सरकारले गत वर्ष कैलालीमा ४० हजार क्विन्टल कोटा तोकेकोमा यसवर्ष पहिलो चरणमा ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएको छ ।

धेरै धान उत्पादन हुने क्षेत्रका किसानले राम्रो मूल्य पाउन र बाढी विपद् परेका देशका अन्य भागमा पनि आपूर्ति गर्न सहज होस् भनेर यस वर्ष पहिलो चरणमा ५५ हजार क्विन्टल खरिद गर्न लागेको र यो लक्ष्य पूरा भएपछि थप खरिद गरेर एक लाख क्विन्टलसम्म पुगाइने कम्पनीको सुदूरपश्चिम प्रादेशिक कार्यालयका निमित्त प्रमुख इन्जिला बस्नेतले जानकारी दिए। 

कैलालीको मोहनपुर, टीकापुर, सत्तीमा धान खरिद शुरु भएको छ । टीकापुर शाखाका प्रमुख पुष्प बजगाईका अनुसार टीकापुर र सत्तीमा तिहारअघि दुई हजार ७०० क्विन्टल धान खरिद भएको र भजनी केन्द्रमा तिहारपछि काँटा लगाउने तयारी भइरहेको जानकारी दिए। 

मोहनपुर केन्द्रका बरिष्ठ सहायक मुकुन्द पनेरुका अनुसार त्यहाँ तिहारअघि काँटा लगाइ सकेर एक दिनमा ८० क्विन्टल धान खरिद भएको बताए। यस्तै, कम्पनीको कञ्चनपुर शाखा कार्यालयका सूचना अधिकारी मनोज चन्दले कार्यालयमा काँटा लगाई १३० क्विन्टर जति खरिद गरेको र तिहारपछि झलारी र सिसैयामा काँटा लगाएर पहिलो चरणमा १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेको जानकारी दिए। 

कम्पनीले मोटा धान प्रतिक्विन्टल तीन हजार ४१० रुपियाँ ५१ पैसा मूल्यमा यसै साताबाट धान खरिद शुरु गरेको छ । अघिल्ला वर्षहरुमा स–साना गोदाम रहेको खाद्य व्यवस्था कम्पनीले यस वर्ष गोदामको क्षमता बढाएको छ । यस वर्ष टीकापुरमा एक–एक हजार मेट्रिक टन क्षमताका दुई वटा नयाँ गोदाम थपेको छ ।  

गत वर्ष मोटा धान प्रतिक्विन्टल तीन हजार १५८ रुपियाँ रहेकोमा यस वर्ष २५२ रुपियाँ ५१ पैसा बढाएर तीन हजार ४१० रुपियाँ ११ पैसा पुगेको छ । टीकापुरमा धान बेच्न आउनु भएका टीकापुर नगरपालिका –१ बनगाउँका किसान जगदिश चौधरीले यस वर्ष प्रतिविघा ३५–४० क्विन्टल धान फलेको र भाउ पनि राम्रै पाउन लागेकोमा खुशी व्यक्त गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...

सहरमा कोदोको माग बढ्दै

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending