नयाँदिल्ली। भारतको धनढाय समुह अदानी पावरले बंगलादेशलाई विद्युत महसुल तिर्न चार दिनको समय दिएको छ ।
अणानीको सो कम्पनीले बंगलादेशको बिजुली आपूर्ति आधा गरिसकेको छ। समूहको कम्पनी अदानी पावर झारखण्ड लिमिटेड ९एपीजेएल० ले ८४ करोड ६० लाख डलर ९लगभग ७ हजार ११८ करोड रुपैयाँ० को बक्यौता नतिरेको कारण यस्तो कदम चाल्ने जनाएको हो।
बंगलादेश पावर ग्रिडको तथ्यांक अनुसार एपीजेएलले बिहीबार रातिदेखि विद्युत आपूर्तिमा कटौती गरिसकेको छ । सो कटौतीका कारण बंगलादेशमा एकै रातमा १६ सय मेगावाटभन्दा बढी विद्युत् अभाव भएको छ । १ हजार ४९६ मेगावाटको बंगलादेशी प्लान्ट अहिले ७०० मेगावाटमा सञ्चालित छ ।
तर, बंगलादेश भने भुक्तानी बक्यौता भएकाले कम्पनीले शुल्क बढाएको जनाएको छ ।
बंगलादेश विद्युत बोर्डले पुरानो बिल तिरेको बताएको छ तर जुलाईदेखि अणानीको शुल्क हरेक हप्ता २२ मिलियन डलरभन्दा बढी पुगेको छ । पिबिडीले करिब १८ मिलियन डलर तिरेको छ, जबकि बाँकी रकम बढ्दै गएको छ ।
अदानी पावरले अप्रिल २०२३ देखि बंगलादेशलाई बिजुली बेच्दै आएको छ । अणानी पावर लिमिटेड ९एपिएल० ले १० अप्रिल २०२३ देखि आफ्नो पावर प्रोजेक्ट मार्फत बंगलादेशमा बिजुली निर्यात गर्न थालेको हो। सन् २०१७ मा कम्पनीले गोड्डा पावर प्लान्टबाट बंगलादेशमा २५ वर्षका लागि विद्युत् खरिद सम्झौता अन्तर्गत बिजुली आपूर्ति गर्ने सम्झौता गरेको थियो ।
सो प्लान्ट साढे तीन वर्षमा सञ्चालनमा आएको थियो । गत वर्ष तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई भेटे पछि गौतम अडानीले ट्वीटरमा उक्त तस्बिर सेयर गरेका थिए ।
उनले लेखेका थिए, ‘१६०० मेगावाटको अल्ट्रा सुपर क्रिटिकल गोड्डा पावर प्लान्टको फुल लोडको सुरुवात र हस्तान्तरणमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेट्न पाउँदा म सम्मानित छु। म भारत र बंगलादेशका समर्पित टोलीहरूलाई सलाम गर्दछु, जसले कोभिडको सामना गरे पनि साढे तीन वर्षको रेकर्ड समयमा प्लान्ट सञ्चालनमा ल्याउन सफल भए ।
अणानी समूहको थर्मल पावर उत्पादन गर्ने कम्पनी अणानी पावरले आर्थिक वर्ष २०२४–२५ को दोस्रो त्रैमासिकमा ३,२९८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ हजार ५९४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
परिचालन राजस्वको कुरा गर्दा यो कम्पनिले जुलाई–सेप्टेम्बर त्रैमासिकमा १३, ३३९ करोड रुपैयाँ थियो। वार्षिक आधारमा ३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०२३–२४ को दोस्रो त्रैमासिकमा कम्पनीले १२,९९१ करोड रुपैयाँ राजस्व आर्जन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...
आषाढ़ १७ गते, २०८३ - १७:३९
फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...
आषाढ़ १७ गते, २०८३ - १७:१८
काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...
आषाढ़ १७ गते, २०८३ - १७:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...
आषाढ़ १७ गते, २०८३ - १६:५३
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...
आषाढ़ १७ गते, २०८३ - १६:४५
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...
आषाढ़ १७ गते, २०८३ - १६:०७
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...
आषाढ़ १७ गते, २०८३ - १५:४९
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...



प्रतिकृया लेख्नुहोस्: