जनकपुरधाम । २० वर्षभन्दा बढी समयदेखि बेपत्ता धनुषाका एकजना घर फर्केका छन् । धनुषाको बटेश्वर गाउँपालिका१, लक्ष्मीनिवास सोनापुरका ५८ वर्षीय चलितर महतो आज गाउँ फर्केका हुन् ।
युवा अवस्थामै मजदुरीका लागि पञ्जाव गएका उनी बेपत्ता भएका थिए । वर्षौंसम्म घर नफर्किँदा उनको मृत्यु भइसकेको घरपरिवारसहित गाउँलेको आकलन गरिसकेका थिए । तर २५ वर्षपछि अचानक गाउँ आइपुगेपछि घरपरिवारसहित गाउँले उत्साहित भएका छन् ।
घर फर्केका महतो आफूलाई पञ्जावको एक जिम्मेवारले बन्धक बनाएर श्रम गराएको बताए । ‘मलाई मालिकले बन्धक बनाएर श्रम गरायो । बाहिर जाने नाम लिँदा काटेर फालिदिन्छु भन्थे । डरले बाहिर निस्किन सकिरहेको थिएन । त्यहाँ गाईवस्तु पाल्ने काममा मलाई लगाएको थियो’, महतोले भने ।
भारत बिहार सितामढीका मंगल महतो भन्ने मान्छे जिम्मेवारको घरको कामको क्रममा चिनजान हुँदा आफू बन्धकबाट उन्मुक्ति पाएको उनको भनाइ छ । त्यहाँ मंगल महतो भन्ने मान्छे पहलकदमी लिँदा परपञ्चायत भएको थियो । त्यसपछि घर फर्किन दिन साहु सहमत भएको चलितरको भनाइ छ ।
बन्धक बनाएर काम गराउँदा उनको एक रुपैयाँ समेत पारिश्रमिक नदिएको उनले गुनासो गरे । यद्पि आफू उन्मुक्ति भएर गाउँ फर्किन पाउँदा अत्यन्त खुसी भएको उनले सुनाए ।
चलितर वर्षौंसम्म घर नफर्किँदा अस्तव्यस्त बनेको विपन्न परिवार केही वर्ष अघि सर्लाहीको हरिवन नगरपालिकाको घुर्कौली सरेका छन् । त्यहाँ उनका एक्लो छोरा प्रवीण महतो खाजा पसल चलाएर परिवार चलाइरहेका छन् । तर उनको परिवार नागरिकता र जन्मदर्ताविहीन छन् ।
अभिभावक नै सम्पर्कविहीन बन्दा छोराले पनि नागरिकता बनाउन पाएका थिएनन् । बुबा गाउँ आएको खबरले उत्साहित उनको परिवार स्वागतका लागि साविक गाउँ सोनापुर आउन लागेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - ०९:५६
अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...
जेष्ठ २२ गते, २०८३ - ०९:४७
काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...
जेष्ठ २२ गते, २०८३ - ०९:४०
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...
जेष्ठ २२ गते, २०८३ - ०९:३८
बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...
जेष्ठ २२ गते, २०८३ - ०९:२९
चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...
जेष्ठ २२ गते, २०८३ - ०९:२५
काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...
जेष्ठ २२ गते, २०८३ - ०९:२२
नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...
जेष्ठ २२ गते, २०८३ - ०९:१७
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...
जेष्ठ २२ गते, २०८३ - ०९:१२
चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । जिल्ला कारागारका प्रमुख रवीन्द्र...
जेष्ठ २२ गते, २०८३ - ०९:०५
काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...



प्रतिकृया लेख्नुहोस्: