Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

थाई एयर एसियाको बैंकक–भैरहवाबैंकक उडान सुरु

खबरडबली संवाददाता

रुपन्देही । लामो समयको प्रतीक्षापछि थाई एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान आइतबार आजदेखि सुरु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजे थाई एयर एसियाको एअर बस ए तिन ३२० अवतरण गरेको हो ।

प्राधिकरण भैरहवा कार्यालयका निमित्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यका अनुसार पहिलो उडानमा विमानका चालक दलका ७ सदस्यहरू मात्रै आएका थिए । उनले यो तालिका अनुसारकै फ्लाइट भएको बताए । अर्को उडान अब कार्तिक २३ गते शुक्रवार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने विमानस्थलले जनाएको छ ।

२३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहीबारदेखि हप्ताको दुई दिन सोमबार र बिहीबार दिउँसो सवा १२ बजे आउने निमित्त महाप्रबन्धक बज्राचार्यले जानकारी दिए । थाई एअर एसियाको केही दिनअघि मात्रै भैरहवा तथा काठमाडौं उडान सुरु गर्ने अनुमति पाए लगत्तै उडान सुरु भएको हो ।

भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडा दर १२ हजार रुपैयाँ रहेको जनाइएको छ । एअर एसियाको यो विमान बिहान ७ बजेर ४० मिनेट जाँदा बैंकक प्रस्थान गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भरुवा बन्दुक देखाएर वृद्धालाई धम्क्याउने दुई दाजुभाइ पक्राउ

खोटाङ । लेनदेनको विवादमा ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धम्क्याएको आरोपमा खोटाङ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्या...

सुस्ता जोगाउन गोली थापेका मुन्ना खान नागरिकताका लागि सडकमा

काठमाडौं । चार दशकअघि नेपालको सीमा जोगाउन छातीमा गोली थापेका मुन्ना खान अहिले आफ्नै देशमा नागरिकताको माग गर्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्। ...

ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६, ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई मङ्गलबार अनावश्यक र...

विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला

कैलाली । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी एक बालिका खोलामा मृत फेला परेकी छिन् । लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी ६ वर्षीया...

३० वर्षपछि महिलाले दिनमा कति पानी पिउनुपर्छ ?

काठमाडौं । ३० वर्षपछि महिलाको शरीरमा हार्मोन, मेटाबोलिज्म र समग्र स्वास्थ्यमा प्राकृतिक परिवर्तन हुन थाल्छ। यही कारण पर्याप्त पानी पिउनु स्वस्थ जीवनशै...

इरान–अमेरिका फेरि वार्ताको टेबलमा, कतारमा अप्रत्यक्ष संवाद हुँदै

काठमाडौं । इरान र अमेरिकाबीच युद्धविरामपछि देखिएका बाँकी विवाद समाधान गर्न कतारमा अप्रत्यक्ष वार्ता हुने भएको छ। कतारको राजधानी दोहामा हुने वार्तामा द...

रास्वपा महाधिवेशनपछि मन्त्रिमण्डल हेरफेरको चर्चा, केही मन्त्री ‘रेड जोन’मा रहेको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै मन्त्रिमण्डल पुनर्गठनको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ। पा...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज पर...

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बम...

१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा

गोरखा। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओइ बन्दी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending