गलेश्वर ।
“आहै चिप्लोमा बाटो, देउसी रे ।
आहै अँध्यारो रातमा, देउसी रे ।
आहै लड्दै र पड्दै,देउसी रे ।
आहै केराको थम्बा, देउसी रे ।
आहै १० भाइ जम्मा, देउसी रे ।”
हिन्दू धर्मावलम्बीको दसैँपछिको दोस्रो ठूलो पर्व तिहारमा खेलिने देउसीभैलोमा भट्याइने यस्ता शब्दहरु हिजोआज सुनिन छोडेका छन् । सारङ्गी, मादल, डम्फू र बाँसुरीका साथै हार्मोनियमका धुनमा ताल र सुर मिलाएर इतिहास, पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो चलन अहिले हराउँदै गएको छ । देउसीभैलोमा भट्याउने भाकाहरू पनि बदलिँदै गएका छन् ।
तिहारको आकर्षणमध्येको एक मानिएको देउसी भैलो हिजोआज आर्शीवाद दिने, मनोरञ्जन लिने र साथीभाइहरुसँग रमाउने माध्यमभन्दा पनि पैसा सङ्कलन गर्ने माध्यम बन्दै गएको बेनी नगरपालिका–२ का ९० वर्षीय बेदप्रसाद उपाध्यायले बताए । केही सङ्घसंस्था, विद्यालय तथा समूहले अन्यका गीतको सहयोग लिइ नृत्य देखाउँदै देउसी भैलोलाई पैसा सङ्कलनको माध्यम बनाइरहेका भन्दै उनले सरम्परा हराउनेमा चिन्ता व्यक्त गरे ।
हिजोआज गाइने देउसीभैलो र नृत्यमा मौलिकता देखिन छोडेको स्थानीय बताउँछन् । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीतमा देउसी भैलो खेल्ने र नाच्ने गरेका मङ्गला गाउँपालिका–२ का पण्डित हरिकृष्ण पौडेलले बताए । यसरी ठूलोठूलो स्वरमा गीत बजाउँदा ध्वनि प्रदूषण बढ्नुका साथै बिरामी, वृद्धवृद्धालाई असहज हुने उनले उल्लेख गरे ।
बेनीका नैनकुमार श्रेष्ठले भने, “पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजा र गीतहरु देख्न, सुन्न पाइन्थ्यो । आजभोलि आयातित गीतहरु सुनिन्छन् । आजभोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन् । यसरी हाम्रो लोकसंस्कृति लोप हुँदै जानेछ ।” केही वर्षपछि लोकबाजा र भैलीको मौलिकता हराउनसक्नेमा उनले चिन्ता व्यक्त गरे ।
बेनीका जेष्ठ नागरिक डम्मरबहादुर कार्कीले पहिला देउसीभैलो खेल्दा सबैले लोकगीत आफैँले गाउने, मुरली, मादल, खैजडी, झ्याली, ट्याम्कोलगायत मौलिक बाजाहरु बजाउने परम्परा रहेकामा अहिले उक्त परम्परा हराउँदै गएको बताए । बेनीका लोक संस्कृतिका जानकार प्रकाश श्रेष्ठले युवा पलायनको असर देउसीभैलोमा पनि परेको उल्लेख गरे ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म खेलिने देउसीभैलोको आफ्नै महत्व छ । मृत्युका देवता यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुना कहाँ यी पाँच दिन अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको लोक संस्कृतिका जानकार श्रेष्ठले बताए ।
भाइटीकाको दिन यमराज र यमुनाको नाममा समर्पित भएर पूजा गर्ने परम्परा रहेको उनले उल्लेख गरे । उनका अनुसार यस दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइलाई समयअगावै नडाकून् भनी कामना गर्ने गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - १७:१८
टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...
माघ ९ गते, २०८२ - १७:०९
झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...
माघ ९ गते, २०८२ - १७:०६
हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...
माघ ९ गते, २०८२ - १६:४८
काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...
माघ ९ गते, २०८२ - १६:३९
काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...
माघ ९ गते, २०८२ - १६:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...
माघ ९ गते, २०८२ - १६:३१
काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...
माघ ९ गते, २०८२ - १६:२३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...
माघ ९ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...
माघ ९ गते, २०८२ - १६:०६
झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख ...




प्रतिकृया लेख्नुहोस्: