रौतहट । रौतहटमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । फतुवा–बिजयपुर नगरपालिका वडा नम्बर ११ बुट्वा–राङी गाउँमा जङ्गली हात्तीको आक्रमणमा परी ७० वर्षीया पातली तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिए । पातलीका श्रीमानले भने भागेर ज्यान बचाएका र घर पूर्णरुपमा क्षति भएको छ ।
यसैबीच कञ्चनपुरको डिभिजन वन कार्यालयले जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना कार्यक्रम सञ्चालन गरेको छ । भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने हात्तीले मानवीय क्षति निम्त्याउन थालेपछि कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गरेको कार्यालयका सुचना अधिकारी शिवराज अवस्थीले बताए ।
हात्ती बस्तीमा छिरेमा डेढ सय मिटरको दुरी कायम गरी भगाउने, अन्नपात राखेको ठाउँ वा भान्सामा नसुत्ने, हात्तीको अगाडीबाट भाग्न नखोज्ने, हात्तीका छावालाई नचलाउने, टर्चबालेर नभाग्ने, उत्तेजित नबनाउने, जाँडरक्सी खाएर भगाउन नजाने, मात चढेको हात्तीसँग सजग रहने लगायतका कुरा कार्यक्रमका माध्यबाट सर्वसाधरणलाई सचेत पार्ने कार्य भइरहेको उनले बताए ।
हात्तीले लखेटन आए ढुङग्यान बगरतिर भाग्ने, छडके पारेर ओरालोतर्फ भाग्ने, दलदल हिलो भएतर्फ भाग्ने, ठूलो रुख ढलेको भए त्यसको मूनि भएर भाग्ने, पुलपुलेसा तरेर भाग्ने गरे बच्न सकिने उनले बताए ।
उनले हात्तीलाई नियन्त्रण गर्न गाह्रो हुने भएकाले सतर्कता अपनाए मानविय क्षतिलाई कम गर्न सकिने बताए । हात्तीको बथानले गएको असोज महिनामा मात्रै कञ्चनपुरका दुई जनाको ज्यान लिइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: