Khabar Dabali २६ मंसिर २०८१ बुधबार | 11th December, 2024 Wed
Investment bank

चीनले बनायो चन्द्रमामा प्रयोग गर्न मिल्ने इट्टा

खबरडबली संवाददाता

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले चन्द्रमामा प्रयोग गर्न सकिने इट्टा बनाएका छन् । यो इट्टा हुआचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा रहेको नेशनल डिजिटल टेक्नोलोजी इनोभेशन सेन्टरका विज्ञहरूको टोलीले बनाएको हो । यी इट्टाको संरचना एसेम्बल गर्न सजिलो हुने गरी बनाइएको छ ।

चन्द्रमामा मानव बस्ती बसाल्नेबारे चीनले ठुलै योजना बनाएको छ । यो कुरा कसैसँग पनि छिपेको छैन । यो वर्षको सुरुमा चीन चन्द्रमाको अँध्यारो हिस्सामा अनुसन्धान गरेर त्यहाँको बहुमूल्य माटोको नमुना ल्याउने पहिलो देश बनेको थियो । 

यी इट्टा साधारण इट्टाको तुलनामा तीन गुण बढी बलियो छ । अर्थात् एक वर्ग सेमीमा यसले एक टनभन्दा बढीको तौल भार सहन सक्छ । यो इट्टाले चन्द्रमामा पर्ने ब्रहाण्डीय विकिरणको प्रभाव सहन सक्छ कि सक्दैन भनेर पनि हेरिनेछ । 

चीनले तियानचाउ–८ कार्गो अन्तरिक्षयानमा यी इट्टालाई चन्द्रमामा पठाउनेछ । त्यसअघि भने इट्टा चन्द्रमामा संरचना निर्माणका लागि सुहाउँदो छन् कि छैनन् भन्ने पत्ता लगाउन यसमाथि व्यापक परीक्षण गरिनेछ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिभा नक्षत्र बेलायतको तेश्रो अधिवेशन डिसेम्बर २२ मा

काठमामडौं । प्रतिभा नक्षत्र बेलायतको तेश्रो अधिवेशन यहि २२ डिसेम्बर २०२४ बेलायत वुलविच स्थित प्रतिभा नक्षत्र घरमा हुने भएको छ ।  प्रतिभा नक्षत्रका ...

सुदूरपश्चिमको विकास भए मात्रै देशको विकास हुन्छः चेम्बर निवर्तमान अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सुदूरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका...

शेयर बजाारः ४५.८८अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ । आज  नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको छ । आज नेप्से १.७१ प्रतिशतले ...

पत्रकार महासंघ अध्यक्ष पदका उम्मेदवार शर्मा र विष्टका आ–आफ्नै जित्ने आधार

काठमाडौंं। मंसिर २८ मा मतदान हुने नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका लागि चुनावी माहोल बढेको छ । अध्यक्ष पदका लागि निर्मला शर्मा, रमेश विष्ट र द...

माघ ११ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’

झापा  । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ । नेपालका घरेलु, साना, मझौल...

जनसंख्या नीतिले देश निर्माणको आधार निर्माण गर्छः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसंख्या नीति आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्र...

एकीकृत समाजवादीको स्थायि कमिटी बैठक जारी

काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू भएको छ।  पार्टी मुख्यालय, आलोकनगरमा आजबाट सुरू...

संखुवासभाबाट भरूवा बन्दुक सहित एकजना पक्राउ

संखुवासभा । संखुवासभाबाट भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  मकालु गाउँपालिका–२ बुम्लिङ बस्ने ३० वर्षीय लाक्पा शेर्पा रहेका छन्...

वैदेशिक रोजगारमा पठाउने वाहनामा ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प...

दाने जग्गामा पनि भ्रष्टाचार

लिखुपिकेका पूर्व वडाध्यक्षसहित तीन जनाविरुद्ध लाग्यो अख्तियार

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy