काठमाडौँ । बलिवुडका चर्चित निर्देशक रोहित शेट्टीद्वारा निर्देशित र अजय देवगन अभिनित ‘सिंघम अगेन’ अनिस बज्मी निर्देशित र कार्तिक आर्यन स्टारर ‘भूल भुलैया ३’ लाई ठुलो झट्का लागेको छ ।
शुक्रबारदेखि विश्वभर रिलिज हुने दुवै फिल्मको रिलिजमा साउदी अरेबियामा प्रतिबन्ध लगाइएको छ ।
साउदी अरबमा‘सिंघम अगेन’ र ‘भुल भुलैया’लाई प्रतिबन्ध लगाइएपछि ठुलो झट्का लागेको छ ।
योसँगै भारतीय फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ र शिवकार्तिकेयनको फिल्म ‘अमरन’ साउदी अरबमा अब रिलिज नहुने भएका छन् ।
साउदी बाहेक खाडीका अन्य देशमा भने रिलिज हुने बताइएको छ । साउदी अरब भारतीय चलचित्रलाई लिएर निकै कडा छ । खाडी अधिकारीहरूले राष्ट्रवादी तत्वहरू, धार्मिक वा यौन सामग्री भएका भारतीय चलचित्रहरू थिएटरहरूमा प्रदर्शन गर्न अनुमति दिँदैनन् । तर, खाडी मुलुकमा भारतीय फिल्ममाथि प्रतिबन्ध लगाइएको यो पहिलो पटक भने होइन ।
अजय देवगनको ‘सिंघम अगेन’ र कार्तिक आर्यनको ‘भूल भुलैया ३’ विभिन्न कारणले साउदी अरबमा प्रतिबन्धित भएका छन् ।
सिंघम अगेन धार्मिक द्वन्द्वका कारण त्यहाँ रिलिज नहुने बताइएको छ भने भूल भूलैया-२ समलिङ्गी विषय भएका कारण प्रतिबन्धमा परेको छ । रिपोर्टका अनुसार, रोहित शेट्टीको सिंघम अगेनको रिलिज एक अरब देशमा धार्मिक द्वन्द्वको चित्रणका कारण रोकिएको छ ।
रिपोर्टमा अनीस बज्मीको फिल्ममा कार्तिक आर्यनको चरित्रमा समलैंगिकताको सन्दर्भ समावेश भएको पनि उल्लेख छ, जसका कारण साउदी सरकारले प्रतिबन्ध लगाएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि दीपावलीमा भारतमा धेरै फिल्म रिलिज हुँदैछन् । नोभेम्बर १ मा कार्तिक आर्यनको ‘भूल भुलैया ३’ अजय देवगन-रोहित शेट्टीको सिंघम अगेनसँग भिड्दैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: