उर्लाबारी। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे १० शिविरडाँडाबाट शनिश्चरे बजार–गान्धीआश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग पाँच वर्षदेखि लथालिङ्ग भएको छ ।
हिउँदमा धुलो र वर्षायाममा हिलो सहनु यहाँका उपभोक्ताको दैनिकी जस्तै भएको छ । २०८० सालको भदौ मसान्तमा कालोपत्रे गरिसक्नु पर्ने सडक तोकिएको मिति सकिएको १४ महिना बितिसक्दा पनि ४० प्रतिशत मात्र काम भएको निर्माण कम्पनीले जनाएको छ ।
लामो समयसम्म सडक कालोपत्रे नभएको भन्दै स्थानीय उपभोक्ताले पटक पटक ठाउँमा अबरुद्ध गरेको यो सडकले पुर्व पश्चिम राजमार्गसँग विराटनगर – रङ्गेली – आमबारी सडकलाई जोड्छ ।
सङ्घीय सरकारको हुलाकी सडक आयोजना इटहरी मार्फत २०७७ मा ठेक्का लागेको सडक कान्छाराम कन्ट्रक्सनले १ अर्व ९४ करोड ९४ लाख रुपियाँमा ठेक्का प्राप्त गरेको हो । त्यतिबेला सडक जिल्ला कै नमुना सडकका रुपमा निर्माण हुने बताइएको थियो ।
दुबै तर्फ नाला सहित ६० फिटको सडकमा २४ फिट कालोपत्रे र बाँकी भाग साइकल र पैदलपथ निर्माण गर्ने योजना थियोे ।तर,आधा पनि काम नगरी निर्माण कम्पनीले काम गर्न छोडेपछि स्थानीयको दुर्दशा सुरु भएको छ ।
पथरीशनिश्चरे ९ को महेन्द्रचौकका ८० वर्षीय छविन्द्रमान सिंह कार्कीले भन्नुभयो, सडकको चौडाई बढाउने भनेपछि ७६० फिट मुख रहेको जग्गाको झण्डै ५ कट्ठा जग्गा दिएँ । तर ४ वर्ष पुरा भयो । सडक बनेको छैन् । सडक नजिकैका घरमा मात्र होइन, कोठा चोटा समेत धुलाम्ये भएको अर्की पीडित उपभोक्ता रमा दाहालले बताए।
सुनवर्षी ४ गोलगाउँका चन्द्रप्रसाद राजवंशीले भने, ुनम्बरी जग्गाबाट बाटो दिएको ५ वर्ष हुनलाग्यो, सुनवर्षी नगरपालिका खण्डमा पथरी क्षेत्रमा जति पनि काम नभएको राजवंशीको भनाई छ । सुनवर्षी ६ टकुवाका महेन्द्रप्रसाद केवरतले भने, २ महिना काम ग¥यो भने पााच महिना हराउँछन् । सडकको मापदण्ड कायम नगरिदिँदा निर्माणको काम गर्न नपाएको पवननारायण राजवंशीले बताए । राजवंशीले तीन वटा सटर सहितको घर बनाउन सुरु गरेपनि सम्पन्न गर्न सक्नु भएको छैन । बेला बेलामा आएर सडकको सीमाना पूर्वपश्चिम सारिरहँदा समस्या भएको राजवंशीले बताए।
यता निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनका निर्देशक दीपक थिङले सरकारले समयमा पैसा नदिएकोले काम अघि नबढेको बताए। उनले निर्माण कम्पनीले ऋण खोजेर काम गर्ने हो । सरकार बील पेश भएको पैसा पनि दिँदैन । निर्देशक थिङले १३ औं संसोधन पछि थप भएको म्याद आगामी असार मसान्त भित्र सडक निर्माण गरिसक्ने बताए। उनका अनुसार हालसम्म ४० प्रतिशत भौतिक र ३० प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिए। माटो भर्ने, सडकको नाला, कल्भर्ट निर्माण सकिएको छ । अब ग्राभेल बेस र कालोपत्रेको काम बाँकी छ । स्रोत सुनिश्चित भए तोकिएको अवधिमा काम सकिन्छ । कतिपय स्थानमा साइड क्लियर भएको छैन । साइड क्लियर नगरीकन ठेक्का लगाउने थितिले पनि काम गर्न अप्ठ्यारो भएको थिङ् बताउछन् ।
२५ किलोमिटर लामो यो सडकले मोरङका पथरीशनिश्चरे,सुनवर्सी र रङ्गेली नगरपालिका हुँदै भारतको सिक्टी जोड्छ । नेपाल भारतको ब्यापारसँग जोडिएको यो सडक निर्माण नहुँदा स्थानीयले ठूलो सास्ती खेप्नु परिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: