काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । बुधबार बेलुका बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत छन्।
पहिलो नम्बरमा बढुवाका लागि सिफारिस गुरुङ हाल कार्यरत सबैभन्दा सिनियर डीआईजी हुन्। उनी हालका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै २०७९ असार ८ गते डीआईजीमा बढुवा सिफारिस भएका थिए।
उनीभन्दा अगाडिका १४ जना प्रहरी अधिकारीमध्ये अशोक सिंहले विवादका कारण डीआईजीबाटै राजीनामा दिए भने पोषराज पोखरेल एआईजीमा सिफारिस भएर पनि डीआईजीबाटै अवकाश भए। बाँकी सबै एआईजी भइसकेका छन्।
उनीभन्दा पछाडि रहेकी किरण रानालाई पनि सरकारले यसअघि नै एआईजीमा बढुवा गरिसकेको छ। राणा एआईजीमा बढुवा भएको भोलिपल्टै अवकाश पनि भइसकेकी छन्। एकदिनअघि मात्रै एआईजी भएकी राणा र रामदत्त जोशीको स्थानमा गुरुङ र ढकाललाई बढुवा गर्न सिफारिस गरिएको हो। जोशी पनि यही साताबाट अवकाश हुनेछन् ।
किरण राणालाई एक दिनका लागि एआईजीमा बढुवा गरेको सरकारले केदार ढकाललाई पनि करिब एकम महिनाका लागि मात्रै एआईजी बनाउने भएको हो। ढकालभन्दा १० महिना पहिले डीआईजी भएकी दुर्गा सिंहलाई भने छुटाइएको छ। ढकाल मंसिर २१ गते उमेर हदका कारण अनिवार्य अवकाश हुनेछन्। डीआईजीमै अवकाश हुन लागेका ढकाललाई एआईजी बनाउन सरकारले १० महिना सिनियर सिंहलाई बढुवा नगरेको हो।
हाल गण्डकी प्रदेश प्रहरी प्रमुख रहेकी दुर्गा सिंह हालका प्रहरी महानिरीक्षकसँगै २०७९ असारमै डीआईजी भएकी थिइन्। तर २०७९ चैतमा डीआईजी भएका ढकाललाई सरकारले उनीभन्दा पहिले एआईजी बनाउने भएको हो। सिंहभन्दा पछाडि रहेकी किरण राणालाई पनि एआईजीमा बढुवा गरिसकिएको छ। उनको अवकाशपछि पनि सिंहलाई भने छुटाइएको छ। आगामी मंसिरमा दुई जना एआईजी अवकाश हुनेछन्।
ढकालसँगै उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्राचार्य उमेर हदका कारण अनिवार्य अवकाश हुनेछन्। यता गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस भएसँगै नेपाल प्रहरीमा ८ जना डीआईजीका दरबन्दी रिक्त भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: