Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

१० महिना सिनियरलाई छाडेर अवकाश हुन लागेका ढकाल एआईजीमा सिफारिस

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । बुधबार बेलुका बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। 

गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत छन्।

पहिलो नम्बरमा बढुवाका लागि सिफारिस गुरुङ हाल कार्यरत सबैभन्दा सिनियर डीआईजी हुन्। उनी हालका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै २०७९ असार ८ गते डीआईजीमा बढुवा सिफारिस भएका थिए। 

उनीभन्दा अगाडिका १४ जना प्रहरी अधिकारीमध्ये अशोक सिंहले विवादका कारण डीआईजीबाटै राजीनामा दिए भने पोषराज पोखरेल एआईजीमा सिफारिस भएर पनि डीआईजीबाटै अवकाश भए। बाँकी सबै एआईजी भइसकेका छन्।

उनीभन्दा पछाडि रहेकी किरण रानालाई पनि सरकारले यसअघि नै एआईजीमा बढुवा गरिसकेको छ। राणा एआईजीमा बढुवा भएको भोलिपल्टै अवकाश पनि भइसकेकी छन्। एकदिनअघि मात्रै एआईजी भएकी राणा र रामदत्त जोशीको स्थानमा गुरुङ र ढकाललाई बढुवा गर्न सिफारिस गरिएको हो। जोशी पनि यही साताबाट अवकाश हुनेछन् ।

किरण राणालाई एक दिनका लागि एआईजीमा बढुवा गरेको सरकारले केदार ढकाललाई पनि करिब एकम महिनाका लागि मात्रै एआईजी बनाउने भएको हो। ढकालभन्दा १० महिना पहिले डीआईजी भएकी दुर्गा सिंहलाई भने छुटाइएको छ। ढकाल मंसिर २१ गते उमेर हदका कारण अनिवार्य अवकाश हुनेछन्। डीआईजीमै अवकाश हुन लागेका ढकाललाई एआईजी बनाउन सरकारले १० महिना सिनियर सिंहलाई बढुवा नगरेको हो। 

हाल गण्डकी प्रदेश प्रहरी प्रमुख रहेकी दुर्गा सिंह हालका प्रहरी महानिरीक्षकसँगै २०७९ असारमै डीआईजी भएकी थिइन्। तर २०७९ चैतमा डीआईजी भएका ढकाललाई सरकारले उनीभन्दा पहिले एआईजी बनाउने भएको हो।  सिंहभन्दा पछाडि रहेकी किरण राणालाई पनि एआईजीमा बढुवा गरिसकिएको छ। उनको अवकाशपछि पनि सिंहलाई भने छुटाइएको छ। आगामी मंसिरमा दुई जना एआईजी अवकाश हुनेछन्।

ढकालसँगै उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्राचार्य उमेर हदका कारण अनिवार्य अवकाश हुनेछन्। यता गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस भएसँगै नेपाल प्रहरीमा ८ जना डीआईजीका दरबन्दी रिक्त भएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भरुवा बन्दुक देखाएर वृद्धालाई धम्क्याउने दुई दाजुभाइ पक्राउ

खोटाङ । लेनदेनको विवादमा ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धम्क्याएको आरोपमा खोटाङ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्या...

सुस्ता जोगाउन गोली थापेका मुन्ना खान नागरिकताका लागि सडकमा

काठमाडौं । चार दशकअघि नेपालको सीमा जोगाउन छातीमा गोली थापेका मुन्ना खान अहिले आफ्नै देशमा नागरिकताको माग गर्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्। ...

ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६, ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई मङ्गलबार अनावश्यक र...

विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला

कैलाली । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी एक बालिका खोलामा मृत फेला परेकी छिन् । लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी ६ वर्षीया...

३० वर्षपछि महिलाले दिनमा कति पानी पिउनुपर्छ ?

काठमाडौं । ३० वर्षपछि महिलाको शरीरमा हार्मोन, मेटाबोलिज्म र समग्र स्वास्थ्यमा प्राकृतिक परिवर्तन हुन थाल्छ। यही कारण पर्याप्त पानी पिउनु स्वस्थ जीवनशै...

इरान–अमेरिका फेरि वार्ताको टेबलमा, कतारमा अप्रत्यक्ष संवाद हुँदै

काठमाडौं । इरान र अमेरिकाबीच युद्धविरामपछि देखिएका बाँकी विवाद समाधान गर्न कतारमा अप्रत्यक्ष वार्ता हुने भएको छ। कतारको राजधानी दोहामा हुने वार्तामा द...

रास्वपा महाधिवेशनपछि मन्त्रिमण्डल हेरफेरको चर्चा, केही मन्त्री ‘रेड जोन’मा रहेको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै मन्त्रिमण्डल पुनर्गठनको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ। पा...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज पर...

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बम...

१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा

गोरखा। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओइ बन्दी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending