Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

रवि लामिछानेको हिरासत बसाइ लम्बियो, तिहारपछि थुनामुक्त होलान् ?

खबरडबली संवाददाता

काठमाडौं । सहकारी ठगी प्रकरणका सम्बन्धमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं भूतपूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको थुनाको बसाइ ुथप लम्बिएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले म्याद सकिएपछि तिहार पर्वको सार्वजनिक बिदाका कारण तत्काल अर्को म्याद थपिन नमिल्ने भएकोले लामिछाने अझ थुनामै बस्नुपर्ने भएको हो।

थुनामा राखी अनुसन्धान गर्न प्रहरीले अदालतबाट दोस्रो पटक पाएको म्याद हिजो सकिसकेको छ। 
उनले भने, “कानुनी रूपमै हिजोसम्म थुनामा राख्न पाउने म्याद हामीसँग छ। तर १५ गतेबाट सार्वजनिक बिदा भएकोले अदालत खुलेपछि मात्रै हामी म्याद थपका लागि जान्छौँ।” 

कार्तिक १५ गतेदेखि १९ गतेसम्म तिहारको सार्वजनिक बिदा छ। यसको अर्थ कम्तीमा १९ गतेसम्म लामिछाने थुनामा बस्नुपर्ने हुनसक्छ।

बिदा सकिएपछि म्याद थपका लागि फेरि अदालत जाने प्रहरीको तयारी छ। “अब हामी २० गते अदालत जान्छौँ,” प्रहरी नायब उपरीक्षक शर्माले अगाडि थपे।

तेस्रो पटक कति दिनका लागि म्याद थपको माग गर्ने भन्नेबारे प्रहरीले केही बताएको छैन।
अदालतले तेस्रो पटक अनुमति दिएमा भूतपूर्व गृहमन्त्री लामिछानेको हिरासत बसाइ त्यसअनुसार नै लम्बिनेछ।

तर जानकारहरूका अनुसार धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएमा उनी थुनामुक्त पनि हुन सक्छन्। यसअघि जिल्ला अदालत कास्कीले लामिछानेलाई थुनामा राखी अनुसन्धान गर्न पहिलो पटक कार्तिक २ गते र दोस्रो पटक कार्तिक ८ गते अनुमति दिएको हो।

यसअघि जिल्ला अदालत कास्कीले कार्तिक ८ गते दोस्रो पटक म्याद थपेकै दिन जिल्ला अदालत रूपन्देहीले सुप्रीम सहकारी ठगी प्रकरणमा लामिछानेसहित केही व्यक्तिलाई पक्राउ गर्न अनुमति दिएको थियो।

लामिछानेको गिरफ्तारीलाई लिएर सत्तारूढ र विपक्षी दलहरू विभाजित देखिँदै आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रका नेताहरूले उनको गिरफ्तारीलाई प्रतिशोधपूर्ण भन्ने आरोप लगाउँदै आएका छन्।

तर सत्तारूढ दलहरूले संसदीय विशेष समितिको सिफारिसका आधारमा संसद्‍ले निर्देशन दिएपछि छानबिन अगाडि बढेको बताउँदै आएका छन्।

उनीहरूले न्यायिक प्रक्रिया अगाडि बढिसकेको पृष्ठभूमिमा अदालत र अनुसन्धानलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न आग्रहसमेत गरेका छन्।

अर्कोतर्फ रास्वपाका नेता तथा कार्यकर्ताहरूले पार्टी सभापतिको गिरफ्तारीयता त्यसविरुद्ध काठमाण्डू, पोखरा र चितवनमा दैनिकजसो विरोध प्रदर्शन गर्दै आएका छन्।

सोही क्रममा प्रहरीले मङ्गलवार काठमाण्डूको बालुवाटारबाट रास्वपाका केही नेता एवं कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो।

संसदीय छानबिन समितिले सहकारीबाट ऋण लिनमा रवि लामिछानेको कुनै प्रत्यक्ष भूमिका फेला नपरेको भए पनि उनीसम्बद्ध टेलिभिजनमा सहकारीबाट लिइएको ऋण लगानी भएको ठहर गरेको थियो।

तर लामिछानेले कार्यकारी भूमिकामा रहेर टेलिभिजनको काममा उक्त रकम परिचालन गरेको समितिको निष्कर्ष रहेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending