Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

गीत सङ्गीतसँगै गुञ्जिने तिहार

खबरडबली संवाददाता

काठमाडौँ । तिहारै आयो लौ झिलिमिलि,
ए सुन हजुर भैलिनी आए आँगन।

मनको आँखा उघारी हेर
ए सुन हजुर लक्ष्मी आइन् आँगन।।

यादव खरेलको शब्द, सङ्गीतमा लोचन भट्राई र नूतन प्रधानले गाउनुभएको चलचित्र ‘स्वर्ग’ को यो गीत देउसी भैलोमा प्रायः छुट्दैन। हरेक वर्ष तिहार आएसँगै यी र यस्ता दर्जनाँै गीत घरघर र गल्लिगल्लिमा गुञ्जिन थाल्छन्। जब यी गीतको धुन बज्न थाल्छ, तब तिहारको रमझम आएजस्तो लाग्छ।

यो गीतको धुनसँगै ‘हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको’ भन्ने शब्दले साँच्चीकै तिहार आएको हरेक नेपालीले अनुभूति गर्छन्। भैलो विशेष गीत रहेकाले यस गीतमा चेलीको भैली गीतको सुगन्ध पाइन्छ। हाल यस्तै गीतले गाउँघर गुञ्जिन थालिसकेका छन्। 

दसैँपछि नेपालीको दोस्रो ठुलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा समेत लिन गरिन्छ किनभने गीत सङ्गीतविनाको तिहार अनि गीत सङ्गीतविनाको देउसी भैलो अधुरोजस्तै हुन्छ।

देउसी भैलोमा गुञ्जिने गीतहरु दर्जनौँ छन्। ती मध्येपनि अरुण उपत्यका समूहका नवीनकुमार खड्का, पुस्तका खड्का, बलराम समाललगायतको स्वरमा सजिएको ‘सिमल बारुलै।।। गीतले धेरै दर्शक स्रोताको मन जितेको छ। करिब दुई दशकअगाडि सार्वजनिक गरिएको यो गीत अहिले पनि दर्शक स्रोताले उत्तिकै रुचाउने गरेका छन्। गीतमा सयपत्री र मखमलीको माला उने जस्तै उनिएका शब्द उतिकै सुमधुर र कर्णप्रिय छन्। जुन गीतमा समेटिएका बुढाबुढीको संवाद झनै रोचक छ। भट्याउनेदेखि लिएर बिचबिचमा गाइएको पूर्वेली भाकाले भने सबैको मन छुन्छ। तिहारमा देउसी खेल्ने युवा पुस्तादेखि लिएर बुढापाखाको समूहमा धेरैले यही गीत बजाएर देउसी खेल्छन्। करिब २० मिनेटको गीतमा देउसी खेल्नेको प्रवेशसँगै अन्तिममा दिइएको आशिषमा सबै विषयलाई लय मिलाएर बनाइएको गीत छ।

त्यसो   त ‘राँको’ फिल्मको गीत ‘दियो बाली साँझको’ लक्ष्मी पूजाका दिन बढी गुञ्जिने गर्छ। त्यसबाहेक पनि तिहारैभरि बज्ने यो गीत आशा भोस्लेले गाउनुभएको हो। तीन दशकअगाडि गाइएको गीत अहिले पनि उत्तिकै लोकप्रिय छ।

‘अन्याय’ फिल्मको गीत ‘अधरमा आज उनकै छ गीत’ पनि उत्तिकै रमाइलो छ। सिन्धु मल्लले गाएको गीत ‘झिली र मिली’ पनि तिहारमा गुञ्जिने गीतमा पर्छ। राजु लामाले गाएको ‘भाइटीकामा भेट्न आउँला’ गीत धेरै बज्ने गीतमा पर्छ। यो गीतले विवाह भएर जान लागेकी चेलीलाई माइतीले भाइटीकामा भेट्न आउने बाचा गरेको कथा प्रस्तुत गरिएको छ। 

चलचित्र कोहिनूरमा समावेश गरिएको ‘यसपालिको तिहारै रमाईलो’ गीत पनि तिहारमा उत्तिकै गुञ्जिने गर्छ। प्रमोद खरेल र अञ्जु पन्तले गाउनुभएको यो गीत तिहारको समयमा धेरै बजाइने गीतमध्ये एक हो। लक्ष्मी पूजादेखि देउसी भैलो सबैलाई समेटिएको यो गीत उत्तिकै लोकप्रिय छ।

यी बाहेक पनि नयाँ पुराना दर्जनौँ गीत तिहारमा गुञ्जिन्छन्। तिहारसम्बन्धी बर्सेनि नयाँनयाँ गीत थपिए पनि पुराना गीत नै बढि गुञ्जिने गरेका छन्।कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्लपक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइने तिहारको सांस्कृतिक र सामाजिक महत्व बेग्लै छ। तिहार भन्नेवित्तिकै देउसी भैलोलाई सम्झिने गरिन्छ, त्यसमा पनि गीत सङ्गीतले तिहारलाई हर्ष र उल्लासमय बनाउँछ। प्रविधिको विकाससँगै पछिल्लो समय तिहारमा गीत घन्काउँदै देउसी भैलो खेल्न चलन बढेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending