Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

फौजदारी न्याय प्रणालीमा सुधारको प्रयास

खबरडबली संवाददाता

काठमाडौँ । बढ्दो प्रविधिको प्रयोगसँगै मुलुकमा नयाँ शैलीका अपराध पनि बढिरहेको छ । परिवर्तित अपराधको शैलीअनुसार अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणमा पनि सुधार गर्न जरुरी देखिँदै आएको छ । 

अपराधको अनुसन्धान प्रभावकारी हुन सकेन भने न्याय सम्पादनमै असर पर्ने हुँदा त्यसको अनुसन्धान, अभियोजन र प्रभावकारी न्याय निरुपणका लागि फौजदारी न्याय प्रणालीमै सुधारको प्रयास थालिएको छ ।

फौजदारी न्याय प्रणालीमा देखिएका समस्यालाई समाधान गर्दै थप नतिजामुखी बनाउन अपराधको अनुसन्धानकर्ता नेपाल प्रहरी, अभियोजनकर्ता महान्यायाधिवक्ताको कार्यालय र न्याय निरुपण निकाय न्यायालयले संयुक्त पहल थालेका छन् । 

प्रविधिको दुरुपयोगसँगै हुने गरेका चुनौतीको सामनाका लागि दक्ष जनशक्ति निर्माण गर्दै अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणलाई थप प्रभावकारी र नतिजामुखी बनाउन तीनवटै निकाय सहमत भएका छन् ।

त्यसका लागि केही दिनअघि मात्रै काठमाडौँमा विषय विज्ञसहितको सहभागितामा एक कार्यशालासमेत सम्पन्न गरिएको थियो । सोही कार्यशालाको निष्कर्षलाई आधार मानेर सुधारका काम अघि बढाइने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार तीनवटै निकायका प्रतिनिधि र विषय विज्ञसहितको कार्यशालाले फौजदारी न्याय प्रणालीको सुधारका लागि ३५ बुँदे साझा धारणा तय गरेको छ । 

जसमा छिटो छरितो न्याय सम्पादन, प्रविधिको चुनौती सामना गर्न जनशक्ति तथा स्रोतसाधनको विकास, प्रमाणमुखी अनुसन्धान, सेवा विशिष्टिकरण, वस्तुनिष्ठ अभियोजन, मानवअधिकारको संरक्षण गर्दै अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणमा प्रविधिको उच्चतम प्रयोग गर्नेलगायतका विषयहरु समावेश गरिएको छ । उक्त साझा प्रतिबद्धतापत्रमा टेकेर फौजदारी न्याय प्रणालीमा देखिएका समस्या समाधान  गरिने तामाङले बताए । 

फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउ सर्वाेच्च अदालतका रजिष्ट्रार विमल पौडेलले प्रस्तुत गरेको सरकारवादी फौजदारी मुद्दाहरुको न्याय निरुपणको अवस्था, नयाँ चुनौती, न्यायपालिकाको रणनीति तथा फौजदारी न्याय प्रशासनका सरोकारवाला निकायसँग अदालतको अपेक्ष, महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रस्तुत गरेको सरकारवादी फौजदारी न्याय प्रशासनमा अभियोजनको अवस्था, नयाँ चुनौती, सुधारका रणनीति तथा फौजदारी न्याय प्रशासनका सरोकारवाला निकायसँग अभियोजनकर्ताको अपेक्षाका विषयमा कार्यपत्र नै प्रस्तुत गरेका थिए ।

यस्तै नेपाल प्रहरीको तर्फबाट प्रहरी उपरीक्षक सुरेश काफ्लेले समेत अपराध अनुसन्धानको अवस्था, नयाँ चुनौती,  सुधारका लागि प्रयोग गरिएका रणनीति र फौजदारी न्याय प्रशासनमा सरोकारवालासँगको अपेक्षाका विषयमा प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल  गरी संयुक्त धारणा निर्माण गरिएको हो ।

महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता डा टेकहादुर घिमिरे, उच्च अदालतका न्यायाधीश हेमन्त रावल, अवकाशप्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख डा रमेश पराजुलीले विज्ञकारुपमा दिएको सुझावसमेतलाई समावेश गरी प्रतिवेदनसमेत तयार पारेर फौजदारी न्याय प्रणालीमा समयसापेक्ष सुधारका लागि माथिल्लो निकायमा बुझाइने पनि एआइजी तामाङले जानकारी दिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending