Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न नगरपालिकाको माग

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा रु एक अर्ब बराबरको क्षति पुर्‍याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ ।  आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरी ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेका हुन् । 

नगरप्रमुख अशोक ब्याञ्जूसहितको टोलीले करिब रु एक अर्बको बराबरको क्षति भएपछि नगरलाई क्षतिग्रस्त पालिका घोषणा गर्न ध्यानाकर्षण गराउन उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई आइतबार ज्ञापनपत्र बुझाइएको हो । 

सरकारले असोज अन्तिमसाता काभ्रेका १३ मध्ये धुलिखेल र बनेपा नगरबाहेक ११ स्थानीय तहलाई सङ्कटग्रस्त स्थानीय तह घोषणा गरेको थियो । नगरप्रमुख ब्याञ्जूले धुलिखेलको अवस्था र विपदपछि पुनर्निर्माण एवं पुनर्वासका लागि सरकारले खेल्नुपर्ने भूमिकाका बारे उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई जानकारी गराएको बताए । उनका अनुसार ध्यानाकर्षण पत्रमा धुलिखेलको ठकुरीगाउँ, भ्याण्डोल तथा इटोलको फोहोर पानी प्रशोधन केन्द्रसमेतको पुनर्निर्माणका लागि ध्यानाकर्षण गराइएको छ ।

नगर प्रमुख ब्याञ्जूले धुलिखेल खानेपानी, काभ्रे एकीकृत खानेपानी, सडक, विद्यालय तथा अन्य संरचनाको क्षतिमासमेत सरकारको सहजीकरणका लागि ध्यानाकर्षण गराइएको बताए । उनले गृहमन्त्री लेखकलाई विभिन्न क्षेत्रको पूर्वाधारसहित निजी आवाससमेत गरी करिब रु एक अर्ब बराबरको भएको प्रारम्भिक तथ्याङ्क विवरण बुझाइएको नगर प्रमुख ब्याञ्जूले बताए । नगर कार्यालयका अनुसार बाढीपहिराले धुलिखेल नगरको वडा नं १, २, ३, ४, ८, ९, १०, ११ र १२ मा बर्सातका कारण धेरै क्षति भएको छ भने ८ र ११ नं वडामा दुई नागरिकले ज्यानसमेत गुमाएका छन् । 

जिल्ला विपद् व्यवस्थापन समितिले भने कात्तिक पहिलो साताको बैठकले सिङ्गो काभ्रेपलाञ्चोकलाई नै सङ्कटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ । नगर कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार ६४ घर पूर्णरुपमा र पाँच सय ७२ घर आंशिक क्षति भएका छन् । धिताल खोला हुँदै बहने सिँचाइमा रु ५० लाख बराबरको क्षति पुगेको छ भने साढे आठ किलोमिटर पक्की सडक, ८० किलोमिटर ग्राभेल सडक तथा एक सय १० किमी कच्ची सडक पूर्ण क्षति पुगेको कार्यालयले जनाएको छ । यस्तै पशुधनमा रु १८ लाख बराबरको पशुधन क्षति भएको, ११ वटा विद्यालयमा रु पाँच करोड २५ लाख, बराबरको क्षति भएको जनाइएको छ । 

यसैगरी नगरको आफ्नै फाइबर केबुल पाँच हजार मिटर, टिफिन बक्स, क्यामेरालगायतका विभिन्न उपकरणमा क्षति पुगेको छ । यस्तै एक हजार दुई सय रोपनीको मकै, दुई हजार पाँच सय रोपनीको धान, दुई हजार रोपनीमा लगाएको तरकारी र १५ वटा तरकारी टनेलमा क्षति पुगेको जनाइएको छ । नगरले निजी आवासबाहेक रु ६५ करोड बराबरको क्षति भएको विवरण तयार गरेको छ । 

जिल्ला सदरमुकाम धुलिखेलमा रहेका नेपाली सेनाको काली जङ्ग गण, बाल मन्दिर विद्यालय, खेल मैदान, प्रादेशिक ल्याब, जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, सञ्जीवनी स्कुल, होटल तथा अन्य संरचनामा समेत क्षति पुगेको बताएको छ । 

यसैबीच बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनःनिर्माणको लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ । नगरले नेपालका लागि जर्मनी राजदूत शनिबार डा थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको हो । करिब तीन दशकअघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनर्निर्माण गर्न रु तीन करोड ५१ लाख लाग्ने अनुमान गरिएको नगरले जनाएको छ । 

भेटका क्रममा राजदूत प्रिन्जले खानेपानी पुनर्निर्माण लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको नगरप्रमुख ब्यान्जूले बताउनुभयो । उहाँका अनुसार गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ को उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा रहेका छन् । 

उक्त आयोजनाको पाइपमा बढी क्षति भएको तथा धुलिखेलका अन्य दुई खानेपानीमा रु दुई करोड चार लाख क्षति भएको जनाइएको छ । बाढीपहिरोबाट नगरको दश वटा वडाका अधिकांश निजी आवास, सडक, खेतीयोग्य जमिन, पशुपंक्षी तथा केही वडामा मानीवय क्षति पुगेको थियो । उक्त घटनामा दुई जनाले ज्यान गुमाएका थिए एक महिला अझै बेपत्ता अवस्थामा छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टी–२० विश्वकप फाइनल: भारतले बनाए उच्चतम स्कोर, न्यूजिल्यान्डका लागि २५६ रनको चुनौती

काठमाडौं  । टी–२० विश्वकपको उपाधिका लागि भारत र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा जारी छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा साविक विजेता...

रवीन्द्र मिश्र ले किन लिए दलीय राजनीतिबाट ‘ब्रेक’

काठमाडौं । राजावादी धारका नेता रवीन्द्र मिश्र ले तत्कालका लागि दलीय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वज...

जनादेशले दिएको कडा सन्देशः प्रचण्डको ‘स्मार्ट मूभ’ किन भयाे फेल ?

काठमाडौं । चुनावअघि आफूलाई रणनीतिक रूपमा अगाडि राख्दै अनेक ‘स्मार्ट मूभ’ चाल्ने प्रयास गरेका पुष्पकमल दाहाल (प्रचण्ड) यसपटक जनादेशबाट अपेक्षित परिणाम ...

पूर्वसुरक्षाकर्मीको लहर : रास्वपाबाट उठेका पाँचै उम्मेदवार विजयी

पूर्वएआईजी विश्वराज पोखरेलकाे ५ मतान्तरकाे रोचक जित

इलाम १ मा तीन दलबीच कडा टक्कर

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशभरको नतिजा अन्तिममा पुग्दै गर्दा इलाम १ मा भने प्रतिस्पर्धा रोचक बनेको छ। यस क्षेत्रमा त्रिपक्षीय भिडन्...

बाजुरामा ५ उम्मेदवारको धरौटी जफत

बाजुरा । बाजुरामा ५ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न न...

घट्यो दलको भीड, बढ्यो ध्रुवीकरण : नयाँ संसद्को बदलिँदो गणित

मतदाताको कठोर फैसलाले आधा दर्जन दल संसद् बाहिर

तनहुँमा छ हजार मत बदर

 तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा छ हजारभन्दा बढी मत बदर भएको छ। तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी छ हजार २५२ मत बदर भएको हो। ...

नेकपाको ओरालो यात्रा : शिखरदेखि संकटसम्म ३४ वर्षको उतारचढाव

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनले तीन दशकभन्दा बढी समय नेपाली राजनीतिमा निर्णायक प्रभाव जमायो  । सशस्त्र संघर्ष, जनआन्दोलन, संविधान निर्माण र सरक...

समानुपातिक तर्फ ५० लाख मतगणना हुँदा रास्वपाले पायो २४ लाख, अन्य दलको कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ २४ लाख ७२ हजार ९६१ मत पुर्‍याएको छ । यो ५० लाख १८ हजार ६१२ मत गणना हुँदासम्मको परिणाम हो । न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE