खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएको ‘रामनाथ बहुउद्देश्यीय एकीकृत बस्ती’ अलपत्र अवस्थामा छ । दुई करोडभन्दा बढी लगानीमा निर्माण गरिएको यस बस्तीका १९ वटा ट्रस भवनमध्ये दुईवटामा मात्र मानिसहरू बसोबास गरिरहेका छन् ।
गत २०७७ मा उद्घाटन गर्ने लक्ष्यका साथ निर्माण शुरु गरिएको यस बस्तीमा २० घर भूकम्पपीडित र ४ घर अन्य गरी २४ परिवारका लागि आवास निर्माण गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ६० लाख, कोशी प्रदेश सरकारको १५ लाख र भूकम्पपीडितको ६० लाख रुपैयाँ लगानी रहेको यो आयोजनाका लागि स्थानीय शारदाप्रसाद ढकालले साढे सात रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए ।
निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालका अनुसार बजेट अभावका कारण रङ्गरोगन र झ्यालढोका जडान हुन नसक्दा बस्ती सञ्चालनमा आउन सकेको छैन । उनले नगरपालिकाले थप सात लाख रुपैयाँ उपलब्ध गराएको भए बस्ती सञ्चालनमा आउन सक्ने बताए । तर स्थानीय नेता सन्तोष राईले यस बस्ती मापदण्ड विपरीत रहेको र एकीकृत बस्तीको नाममा राज्यकोष र भूकम्पपीडितको रकम दुरुपयोग भएको आरोप लगाएका छन् । उनले यस विषयमा छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
बाल उद्यान, अङ्ग्रेजी माध्यमको विद्यालय, मन्दिर र खेलमैदान निर्माण गरिने भनिए पनि हाल १९ वटा ट्रस भवन र एउटा सामुदायिक भवन मात्र निर्माण भएका छन् । शौचालय र खानेपानीको समेत व्यवस्था नभएको यस बस्तीमा सर्न सहमति जनाएका भूकम्पपीडितहरू अझै आफ्नै पुराना घरहरु मर्मत गरि बसिरहेका छन् ।
भवनहरू व्यक्तिगत स्वामित्वमा हस्तान्तरण भए पनि अपर्याप्त भौतिक पूर्वाधार र सेवा सुविधाका कारण स्थानीयहरू त्यहाँ बस्न इच्छुक देखिएका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: