खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएको ‘रामनाथ बहुउद्देश्यीय एकीकृत बस्ती’ अलपत्र अवस्थामा छ । दुई करोडभन्दा बढी लगानीमा निर्माण गरिएको यस बस्तीका १९ वटा ट्रस भवनमध्ये दुईवटामा मात्र मानिसहरू बसोबास गरिरहेका छन् ।
गत २०७७ मा उद्घाटन गर्ने लक्ष्यका साथ निर्माण शुरु गरिएको यस बस्तीमा २० घर भूकम्पपीडित र ४ घर अन्य गरी २४ परिवारका लागि आवास निर्माण गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ६० लाख, कोशी प्रदेश सरकारको १५ लाख र भूकम्पपीडितको ६० लाख रुपैयाँ लगानी रहेको यो आयोजनाका लागि स्थानीय शारदाप्रसाद ढकालले साढे सात रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए ।
निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालका अनुसार बजेट अभावका कारण रङ्गरोगन र झ्यालढोका जडान हुन नसक्दा बस्ती सञ्चालनमा आउन सकेको छैन । उनले नगरपालिकाले थप सात लाख रुपैयाँ उपलब्ध गराएको भए बस्ती सञ्चालनमा आउन सक्ने बताए । तर स्थानीय नेता सन्तोष राईले यस बस्ती मापदण्ड विपरीत रहेको र एकीकृत बस्तीको नाममा राज्यकोष र भूकम्पपीडितको रकम दुरुपयोग भएको आरोप लगाएका छन् । उनले यस विषयमा छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
बाल उद्यान, अङ्ग्रेजी माध्यमको विद्यालय, मन्दिर र खेलमैदान निर्माण गरिने भनिए पनि हाल १९ वटा ट्रस भवन र एउटा सामुदायिक भवन मात्र निर्माण भएका छन् । शौचालय र खानेपानीको समेत व्यवस्था नभएको यस बस्तीमा सर्न सहमति जनाएका भूकम्पपीडितहरू अझै आफ्नै पुराना घरहरु मर्मत गरि बसिरहेका छन् ।
भवनहरू व्यक्तिगत स्वामित्वमा हस्तान्तरण भए पनि अपर्याप्त भौतिक पूर्वाधार र सेवा सुविधाका कारण स्थानीयहरू त्यहाँ बस्न इच्छुक देखिएका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: