Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भेडाबारी सडकको काम धमाधम हुँदै

खबरडबली संवाददाता

सुर्खेत । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिटदेखि भेडाबारी जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । रुख कटानको काम सकिएसँगै सडक निर्माणको कामले तीव्रता पाएको हो ।

तोकिएकै मितिमा काम सक्ने गरी निर्माण कम्पनीलाई ताकिता गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको भए पनि उक्त मितिमा काम सम्पन्न नभएपछि २०८१ पुस २६ गतेसम्मका लागि म्याद थपिएको छ ।

तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी कालोपत्रेको काम धमाधम भइरहेको कार्यालयका इन्जिनियर रेसम ओलीले बताउनुभयो । ३५ किलोमिटरमध्ये २० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी १५ किलोमिटर कालोपत्रेको तयारीमा रहेको इन्जिनियर ओलीले जानकारी दिए । धुलियाबिट–भेडाबारी सडकखण्ड अन्तर्गत १८ किलोमिटर वन क्षेत्र पर्दछ । एक हजार ११४ वटा रुख काटिएका छन् । काटिएका काठहरू राजमार्गले डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरिसकेको छ ।

उक्त राजमार्गको निर्माणमा हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उक्त सडकखण्डमा म्याद थप गरेर अहिले निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको वित्तीय प्रगति ८० प्रतिशत रहेको छ । १५ प्रतिशत काम बाँकी छ । थपिएको मितिमा काम सम्पन्न गर्ने गरी अघि बढेको आयोजनाले जनाएको छ । अहिले निर्माणको काम धमाधम भइरहेको छ ।

साथै उक्त सडकखण्डमा १२ वटा पक्की पुल निर्माण हुने छन् । अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई छुट्टा छुट्टै ठेक्का सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको हो । पुलको ठेक्का सम्झौता फरक फरक निर्माण कम्पनीसँग गरिएको छ । सात वटा पुलको ठेक्का हिम सगरमाथा कन्स्ट्रक्सन कम्पनी चितवनले लिएको छ । डिजाइन एन्ड बिल्ड ठेक्कामार्फत सात वटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतले उक्त कम्पनीसँग २६ करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको हो । २०७८ फागुन १५ गते ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।

सात वटा पुल निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । २०८१ भदौ १४ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि केही काम बाँकी रहेकाले म्याद थप्ने तयारी भएको कार्यालयले जनाएको छ । सात वटामध्ये छ वटा पुल निर्माणको काम सकिएको छ । एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्को ठेक्कामार्फत पाँच वटा पुल निर्माणको काम भइरहेको छ । 

२०७८ फागुन १५ गतेदेखि २०८१ भदौ १४ गतेसम्म पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो । अहिले म्याद थप गरेर काम गरिने जनाइएको छ । पाँच वटा पुलमध्ये चार वटा पुल निर्माणको काम सकिएको छ भने एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पाँच वटा पुल निर्माणका लागि १३ करोड ७९ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको हो । १२ मध्ये १० वटा पुल निर्माणको काम सकिएको छ । दुई वटा निर्माणाधीन अवस्थामा छन् । पुल निर्माणको म्याद थप गरेर काम अघि बढाउने तयारी भइरहेको इन्जिनियर ओलीले बताउनुभयो । यो सडकले वीरेन्द्रनगरस्थित धुलियाबिटबाट भेरीपारिका बस्ती लेकबेँसी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्ने छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending