काठमाडौँ । इजरायली सेना (आईडीएफ) ले इरानी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण अब समाप्त भएको बताएको छ ।
सेनाले एक विज्ञप्ति जारी गर्दै इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरेको र आफ्ना लडाकु विमानहरू सकुशल स्वदेश फर्किएको जानकारी दिएको छ ।
यसअघि इजरायलको सेनाले ‘इरानको सैन्य लक्ष्यमा सटीक हमला’ गरिरहेको बताएको थियो। इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा धेरै विष्फोटको आवाज सुनिएको पनि जानकारी दिएको थियो ।
इजरायलले विश्वका अन्य सार्वभौम राष्ट्रहरू जस्तै इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य रहेको भन्दै इरानमाथि जवाफी कारवाही शुरु गरेको बताएको थियो ।
इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले अक्टोबर ७, २०२३ पछि इरानको शासन र यस क्षेत्रका उसका सहयोगीहरूले लगातार इजरायलमा आक्रमण गरेको बताउदै आफुहरु रक्षात्मक र आक्रामक क्षमता पूर्ण रुपमा सक्रिय रहेको बताएका थिए ।
अक्टोबर १ मा इरानको मिसाइल आक्रमणको जवाफमा इजरायलले यी आक्रमणहरू गरेको बताएको छ । राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार एजेन्सी रोयटर्सले इरानको सरकारी टिभीलाई उद्धृत गर्दै इरानी गुप्तचर अधिकारीले इरानको वायु रक्षा प्रणाली सक्रिय भएको कारण ठूलो आवाजमा विस्फोट भएको हुन सक्ने बताएको बताएको थियो ।
यद्यपी इजरायलले इरानमा कुन किसिमको सैन्य निशाना बनाएको छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।
समाचार एजेन्सी एएफपीले इरानको सरकारी टिभी च्यानलमार्फत तेहरानका दुई विमानस्थल ‘सामान्य’ रूपमा सञ्चालन भइरहेको बताएको छ।
ह्वाइट हाउसले इरानमा इजरायलको आक्रमणबारे आफूलाई जानकारी रहेको बताएको छ । यद्यपी आक्रमण कुन स्तरमा र कुन स्थानमा भएको हो भन्ने खुल्न सकेको छैन ।
सिरियाको सरकारी समाचार एजेन्सीले इजरायली सेनाले सिरियाको मध्य र दक्षिणी क्षेत्रमा रहेका केही सैन्य लक्ष्यमा पनि आक्रमण गरेको जनाएको छ ।
इरानले इजरायलमा अक्टोबर १ मा २ सय भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १७:३५
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
आषाढ़ ३० गते, २०८३ - १७:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
आषाढ़ ३० गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...
आषाढ़ ३० गते, २०८३ - १६:३८
वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन



प्रतिकृया लेख्नुहोस्: