भैरहवा । भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबारको पहिलो खेलमा अली हुसेनको सम्हालिएको ब्याटिङ र समोनको उत्कृष्ट बलिङमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरेको छ । जावेद गोहारले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ४७ रनले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको हो ।
पास्तिानसँग पराजित भएसँगै श्रीलंकन टिम भने प्रतियोगिताबाट बाहिरिएको छ । दोस्रो खेलमा दुई खेलाडीको अर्धशतकको मद्दतमा भारतको लाइफ केयर क्रिकेट क्लबले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ६३ रनको सहज जित निकाल्यो । यी दुबै टीम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । मेसिफाइनल पुग्नेमा नेक्सस रुपन्देही–११ पनि छ ।
बुधबार सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानको जावेद गोहारले निर्धारिता खेलमा ६ विकेटको नोक्सानीमा १ सय ३७ रन बनायो । उसका लागि अली हुसेनले ५९ बलमा ७ चौकाको मद्दतमा ५८ रनको इनिङ खेले । यस्तै, ऋषभ जोशीले अविजित १६, इमरान नाजिरले १४, वष्मन सफीले १२ र रमिस्नले १० रन जोडे । बलिङमा श्रीलंका राज्य सेवाका समन कुमारा र तुसारा लक्ष्मीपागले २–२ तथा ननी वासुपाली र इन्दुमल प्रसादले १–१ विकेट लिए ।
१ सय ३८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको श्रीलंका राज्य सेवा १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो र प्रतियोगिताबाट बाहिरियो । उसलाई सस्तैमा रोक्न बलिङमा पाकिस्तानको जावेद गोहारका समोनले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट हात पारे । यस्तै, ऋषभ जोशी र रामिसले २–२ तथा जेम खान र अली अन्सारीले १–१ विकेट लिन सफल भए । श्रीलंका राज्य सेवाका समन कुमाराले ३९ र तुसारा लक्ष्मीपागले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम सेमिफाइनल पुग्नबाट चुक्यो ।
दोस्रो खेलमा सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लाइफ केयरले ४ विकेटको नोक्सानीमा १ सय ८९ रनको बलियो योगफल बनायो । उसका लागि जस्मित नैन र विपुलले अर्धशतक प्रहार गरे । जस्मितले अविजित ७२ र विपुलले ७१ रन जोडे । यस्तै, दीपक पुनियाले २० र शुभमले नटआउट १० रनको योगदान गरे । बलिङमा साइक्यूका मोहम्मद ओमरले २ तथा कृष्ण कुमार र राकिव अहम्मदले १–१ विकेट लिए ।
१ सय ९० रनको लक्ष्य पछ्याएको साइक्यूले ९ विकेटको क्षतिमा १ सय २६ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि सहदाज रहमानले २७, कृष्ण कुमारले १८ र आषिश पजाहकले १४ रन बनाए । बलिङमा लाइफ केयरका दीपक पुनिया, योगेश कुमार र रोहित डङ्गवालले २–२ विकेट लिए । खेलमा जस्मित नैन म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।
नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: