Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

चार लाख नगदसहित २० जुवाडे पक्राउ

खबरडबली संवाददाता

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् । राप्ती सोनारी गाउँपालिका–६ स्थित सञ्जय रानाको घरमा जुवा खेली रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्की नेतृत्वको टिमले छापा मार्दा जुवा खालबाट नगद ३ लाख ९१ हजार रुपियाँ सहित २० जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तिहार नजिकिएसँगै बाँकेमा जुवातास खेल्नेहरू सक्रिय हुन थालेपछि प्रहरी पनि सक्रिय भएर सो रोक्न लागि परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी कार्कीले बताए। उनले जिल्लामा जुवा हुने सम्भावित स्थान र खेलाउने व्यक्तिहरू बारे प्रहरीले धेरै सूचना सङ्कलन गरिसकेको जनाउँदै यस पटक जुवातास निमन्त्रण अभियानलाई कडा पारिएको बताए । 

यसअघि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले जयसपुरबाट १५ जना जुवाडे पक्राउ गरेको थियो । हरेक वर्ष तिहारको समयमा जिल्लामा जुवातासका घटना बढ्ने भएकाले प्रहरीले निगरानी बढाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले ठाउँ–ठाउँमा सुराकी प्रहरी परिचालन गरेर निगरानी गरिरहेको बताए । 

उनका अनुसार जुवातासका कारण धेरै परिवार समस्यामा पर्ने गरेकोले कानुनले वर्जित गरेका यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी चनाखो रहेको छ । 

दसैँ, तिहार, छठ लगायतका चाडपर्वमा मानिसहरूको ठाउँठाउँमा जमघट हुने र यही मौकामा जुवातास समेत खेल्ने गरेको पाइएपछि प्रहरीले सम्भावित क्षेत्रको पहिचान नै गरेर निगरानी बढाएको छ । दसैँ र तिहारलाई लक्षित गरेर तयार गरिएको सुरक्षा योजना अनुसार प्रहरीले सबै सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा व्यवस्था गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तकोशीमा जलप्रवाह बढेपछि सुनसरी प्रशासन उच्च सतर्क, कोशी ब्यारेजको अनुगमन

सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...

आजदेखि देशभर तीन महिने डेङ्गु सचेतना अभियान सुरु

काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

साउन लागेसँगै हरियो चुरा, पोते र मेहन्दीको व्यापार बढ्यो

काठमाडौँ। साउन महिना सुरु भएसँगै काठमाडौँ उपत्यकाका बजारमा हरियो चुरा, पहेँलो पोते र मेहन्दीको व्यापार उल्लेख्य रूपमा बढेको छ। साउनलाई भगवान् शिवको मह...

सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ घट्यो

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ...

बागमतीमा मन्त्रालय १४ बाट ८ कायम, ६ मन्त्री बने बिना विभागीय

हेटौँडा। बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ...

नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, कार्यालयको चाबी बुझाउने चेतावनी

काठमाडौँ । सरकारले लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोधमा शैक्षिक परामर्श व्यवसा...

करार कर्मचारीलाई ‘पुल’ प्रणालीबाट व्यवस्थापन गरिने, यस्तो छ ७ बुँदे निर्णय

काठमाडौं। नेपाल सरकारले स्वीकृत दरबन्दीमा करार सेवामा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, ...

पेन्सन लिइसकेका कर्मचारीलाई करारमा नराख्ने सरकारको निर्णय, साउन १ देखि लागू हुने

काठमाडौँ ।  सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण ९पेन्सन० वा उपदान प्राप्त गरिसकेका कर्मचारीलाई पुन: करार सेवामा राख्न नपाइने निर्णय गरेको छ।...

सरकार र मिटरब्याज पीडितबीच निर्णायक वार्ता, आजै लिखित सम्झौताको तयारी

काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच जारी वार्ता अन्तिम चरणमा पुगेको छ। सिंहदरबारमा भइरहेको छलफल सकारात्मक निष्कर्षमा पुगेमा दुवै पक्षबीच आ...

अद्यावधिक नभएका सात सहकारीको इजाजत खारेज

मोरङ। लगातार दुई वर्षसम्म विवरण नबुझाई निष्क्रिय रहेका कोशी प्रदेशका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयअ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending