काठमाडौं । एसएमएस मार्फत धाक धम्की दिई पैसा माग गरेको अभियोगमा सिन्धुपाल्चोक ज्यामिरे गाविस-८ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पदम भन्ने आकाश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चिनीयाँ नागरिकले सञ्चालन गरेको सिशुआन यांग टेक्सटाईल प्रालिको म्यानेजरको मोवाइलमा एसएमएस गरी रकम माग गरेको, रकम नदिएमा कम्पनीमा बम बिष्फोट गरी ध्वस्त बनाई दिने भनी धम्की दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न तामाङलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित सोही कम्पनीबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा असोज २१ गते राति उक्त कम्पनीमा लेवरको काम गर्ने तामाङले अपरिचित मोवाइल नम्बरबाट पाटीलाई १ लाख ५० हजार देखि २ लाख रूपैयाँ सम्म सहयोग गर्नु पर्यो सो रकम नदिएमा बम बिष्फोट गराई क्षति गराई दिने भन्ने व्यहोराको एसएमएस गरेको खुल्न आएको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८३ - १३:३९
काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...
श्रावण १ गते, २०८३ - १३:०२
काठमाडौँ। साउन महिना सुरु भएसँगै काठमाडौँ उपत्यकाका बजारमा हरियो चुरा, पहेँलो पोते र मेहन्दीको व्यापार उल्लेख्य रूपमा बढेको छ। साउनलाई भगवान् शिवको मह...
श्रावण १ गते, २०८३ - १२:५३
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ...
श्रावण १ गते, २०८३ - १२:३९
हेटौँडा। बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ...
श्रावण १ गते, २०८३ - १२:२९
काठमाडौँ । सरकारले लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोधमा शैक्षिक परामर्श व्यवसा...
श्रावण १ गते, २०८३ - १२:१४
काठमाडौं। नेपाल सरकारले स्वीकृत दरबन्दीमा करार सेवामा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, ...
श्रावण १ गते, २०८३ - १२:००
काठमाडौँ । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण ९पेन्सन० वा उपदान प्राप्त गरिसकेका कर्मचारीलाई पुन: करार सेवामा राख्न नपाइने निर्णय गरेको छ।...
श्रावण १ गते, २०८३ - ११:३१
काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच जारी वार्ता अन्तिम चरणमा पुगेको छ। सिंहदरबारमा भइरहेको छलफल सकारात्मक निष्कर्षमा पुगेमा दुवै पक्षबीच आ...
श्रावण १ गते, २०८३ - १०:३७
मोरङ। लगातार दुई वर्षसम्म विवरण नबुझाई निष्क्रिय रहेका कोशी प्रदेशका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयअ...
श्रावण १ गते, २०८३ - १०:१५
काठमाडौँ। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो र...



प्रतिकृया लेख्नुहोस्: