काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रमका बीचमा आजपा अध्यक्ष साहले ओली नेतृत्वको सरकार जनताको आवश्यक्ता र चाहना अनुसार काम गर्न नसकेर असफल भएको दाबी गरेका छन् । वर्तमान सरकार विपक्षी दलहरुलाई तर्साउने र फुटाउने खेलमा लागेको आरोप लगाए । नेपाली कांग्रेस र नेकपा ९एमाले० नेतृत्वको वर्तमान सरकारको एक सय दिनको समिक्षा गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘यो सरकार भ्रष्टाचारी र विचौलियालाई जोगाउने काममा लागेको देखियो । विकास होईन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । बाढि, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो । जनतालाई उत्साहभन्दापनि निराशा बनाउने काम गर्यो । देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम भयो । सरकारको एक सय दिनमा प्लस खासै छैन, माईनस बढि छ । नकारात्मक बढि छ’ आजपा अध्यक्ष साहले भने ।
वर्तमान सरकारको काम विपक्षीहरुलाई तर्साउन र झुठा मुद्दा लगाउनेमा केन्द्रित भएको बताउँदै उनले गौरहत्याकाण्डका हत्याराहरु खुलेयाम घुम्दा सरकारले उनीहरुलाई संरक्षण दिएको बताए । आफु समर्थित पार्टीको अपराधीलाई बचाउने काममा ओली सरकार लागेको बताउदै उनले विपक्षमा रहेका पालिकाहरुमा ‘सरुवा आतंक मच्चाउने’ काम भएको टिप्पणी गरेका छन् ।
सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने गरेको गरेको ओली सरकारले भ्रष्ट कर्मचारीलाई प्रोत्साहन र इमान्दारलाई दण्डित गरेको गरिरहेको बताए । जनताको आवश्यक्ता र चाहना अनुसार सेवा प्रवाह गरेर जनतामा आशा जगाउने काम गर्नुको साटो सरकारले जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काममै केन्द्रित भएको बताए ।
प्रधानमन्त्री ओलीले आफ्नो पार्टी कार्यालय मदननगरमा नबनाउनुको कारणपनि मदन भण्डारीको अपमान भएको टिप्पणी उनले गरेका छन् । एमालेको बल्खु मदननगरमा भएको जग्गापनि अहिले किर्तीपुरमा मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गाभन्दा कम नभएको साहको भनाई छ ।
तर, बल्खुको जग्गा भएको ठाउँ नै मदननगर भएको र मदन भण्डारीसँग जोडिएको जग्गा भएकै कारणले प्रधानमन्त्री ओलीले सो जग्गामा एमालेको मुख्यालय नबनाएको साहको आरोप छ । ओलीले मदननगरमा पार्टी कार्यालय नबनाएर स्वर्गीय मदन भण्डारीको योगदान र लिगेसीलाई अपमान गरेको आजपा अध्यक्ष साहको गम्भीर आरोप छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: