Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

स्थानीयतहमा समेत प्रज्ञा–प्रतिष्ठानहरू बन्नेक्रम बढेपनि केन्द्रसँगको समन्वय भएनः मन्त्री पाण्डे

खबरडबली संवाददाता

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले मङ्गलवार प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई आ.व. २०८०÷०८१ को वार्षिक प्रतिवेदन बुझाएको छ । 

उक्त अवसरमा मन्त्री पाण्डेले असोज ११ र १२ गतेको वर्षा र बाढीका कारण प्रतिष्ठानले क्षति व्यहोर्नुपरेको र आफ्नो व्यस्तताका कारण पनि प्रतिवेदन बुझ्न केही ढिलो भएको बताउँदै प्रतिवेदन प्रधानमन्त्रीलाई समेत बुझाउने जानकारी गराए । उनले देश सङ्घीय संरचनामा गइसकेपछि प्रदेश तथा पालिकामा समेत प्रज्ञा–प्रतिष्ठानहरू बन्नेक्रम बढेको तर यसमा केन्द्रका प्रज्ञा–प्रतिष्ठानसँगको समन्वय तथा एकरूपतामा भने ध्यान दिनुपर्ने आवश्यकता रहेको धारणा राखे  । 

‘प्रतिष्ठानहरू भनेका हाम्रा थिङ्कट्याङ्क हुन् । तपाईंहरूले सीमित स्रोत र साधनका बिच पनि राम्रो काम गरिरहनुभएको छ । मन्त्रालयले यसमा सक्दो सहयोग गर्ने छ’, पाण्डेले भने । उनले प्रतिष्ठानबाट थप काम र गतिशीलताको अपेक्षा गरेको सुनाउँदै यथोचित समन्वय र सहकार्य गर्दै अगाडि बढ्न आफू प्रतिबद्ध रहेको बताए । कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठुलो योगदान पुगेको बताउँदै मन्त्री पाण्डेले ललितकलाको विकास गर्नु प्रतिष्ठानको दायित्वसमेत भएको उनको भनाइ छ  । उनले प्रतिष्ठानले लिएका नीति तथा कार्यक्रमले देशको कला र संस्कृतिमा सकारात्मक प्रभाव पर्ने विश्वास आफूले लिएको विचार व्यक्त गरे ।

प्रतिष्ठानका कुलपति नारमदणि हार्तम्छालीले प्रतिष्ठानबाट उल्लेख गरिएका कुरालाई चासो लिई समय दिएकोमा मन्त्री पाण्डेप्रति आभार व्यक्त गरे । उनले केन्द्रका प्रतिष्ठानहरू र मन्त्रालयका बिचमा आवश्यक सहकार्य तथा संवादलाई अझ घनीभूत बनाउन आवश्यक रहेको धारणा राखे ।  ‘यसले हामीबिचमा अझ प्रगाढ सम्बन्ध बनाउँछ’, कुलपति हार्तम्छालीले भने । उनले नेपालको ललितकलाको विकासका लागि प्रतिष्ठानले रणनीतिक योजना तय गरेर अगाडि बढेको र त्यसले सकारात्मक प्रभाव परेको बताए ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले आ.व. २०८०÷०८१ मा प्रतिष्ठानले गरेका राष्ट्रिय ललितकला प्रदर्शनी, प्रादेशिक ललितकला प्रदर्शनीको विस्तृत जानकारी गराउँदै प्रतिष्ठानले देशका हरेक प्रदेशमा एक–एक कला हब बनाउने योजनाअनुसार रामेछापको सुनापति गाउँपालिकामा थाङ्का हबको काम अघि बढेको, दाङको गढवामा सेरामिक्स हबको सम्भाव्यता अध्ययन सकिसकेको र अन्य बाँकी प्रदेशमा छलफल चलिरहेको जानकारी गराए । 


उनले काठमाडौं ट्रिएनालेमार्फत नेपाली कलाको अन्तर्राष्ट्रिय पहिचान दिलाउने गरी साझेदार संस्था सिद्धार्थ आर्ट फाउण्डेसनसँग मिलेर तयारी भइरहेको जानकारी दिए । उनले आ.व. २०८०÷०८१ मा प्रतिष्ठानले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गरेका भित्तेचित्र, शिक्षामा सिपलगायतका कार्यक्रम तथा आगामी दिनमा गरिने कार्यक्रम, वैश्विक तापमान वृद्धिका कारण नेपाललगायतका हिमाली क्षेत्रमा परेका असर र त्यसका लागि गर्नुपर्ने कार्यका बारेमा सन्देश दिने हिमालयको रहस्य प्रदर्शनी, देशका विभिन्न स्थानमा गरिएका कार्यशाला, प्राज्ञिक भेला, गोष्ठी, प्रदर्शनी, कलाकार उपचार कोषलगायतका विषयमा सङ्क्षिप्त रूपमा चर्चा गरे । 

ललितकलाका क्षेत्रमा खोज, अनुसन्धानमा थुप्रै काम गर्न बाँकी रहेको बताउँदै उनले देशको अर्थतन्त्रमा ठुलो योगदान दिएको ललितकला क्षेत्रका यी विविध काम गर्न पर्याप्त बजेट र प्रतिष्ठानमा स्थायी कर्मचारीको व्यवस्था हुनुपर्ने धारणा राखे । सदस्य सचिव थुम्केलीले प्रतिष्ठानले एसिया स्तरको सङ्ग्रहालय बनाउने गरी तयारी गरिरहेको जनाउँदै नेपाली ललितकलाको विकास, संरक्षण, प्रवर्धन तथा संवर्धन सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड दिए । उनले सामाजिक रुपान्तरणको अभियानमा प्रतिष्ठानले विभिन्न कार्यक्रमसमेत गरेको बताए ।

उक्त अवसरमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू सौरगंगा दर्शनधारी, संजय वान्तवा राई, अरुणा हिङमाङ, उपप्रशासन प्रमुख कमलमणि काफ्ले, लेखा अधिकृत पंकज अधिकारी एवम् मन्त्रालयका विभिन्न शाखा र निकायका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending