Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

स्थानीयतहमा समेत प्रज्ञा–प्रतिष्ठानहरू बन्नेक्रम बढेपनि केन्द्रसँगको समन्वय भएनः मन्त्री पाण्डे

खबरडबली संवाददाता

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले मङ्गलवार प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई आ.व. २०८०÷०८१ को वार्षिक प्रतिवेदन बुझाएको छ । 

उक्त अवसरमा मन्त्री पाण्डेले असोज ११ र १२ गतेको वर्षा र बाढीका कारण प्रतिष्ठानले क्षति व्यहोर्नुपरेको र आफ्नो व्यस्तताका कारण पनि प्रतिवेदन बुझ्न केही ढिलो भएको बताउँदै प्रतिवेदन प्रधानमन्त्रीलाई समेत बुझाउने जानकारी गराए । उनले देश सङ्घीय संरचनामा गइसकेपछि प्रदेश तथा पालिकामा समेत प्रज्ञा–प्रतिष्ठानहरू बन्नेक्रम बढेको तर यसमा केन्द्रका प्रज्ञा–प्रतिष्ठानसँगको समन्वय तथा एकरूपतामा भने ध्यान दिनुपर्ने आवश्यकता रहेको धारणा राखे  । 

‘प्रतिष्ठानहरू भनेका हाम्रा थिङ्कट्याङ्क हुन् । तपाईंहरूले सीमित स्रोत र साधनका बिच पनि राम्रो काम गरिरहनुभएको छ । मन्त्रालयले यसमा सक्दो सहयोग गर्ने छ’, पाण्डेले भने । उनले प्रतिष्ठानबाट थप काम र गतिशीलताको अपेक्षा गरेको सुनाउँदै यथोचित समन्वय र सहकार्य गर्दै अगाडि बढ्न आफू प्रतिबद्ध रहेको बताए । कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठुलो योगदान पुगेको बताउँदै मन्त्री पाण्डेले ललितकलाको विकास गर्नु प्रतिष्ठानको दायित्वसमेत भएको उनको भनाइ छ  । उनले प्रतिष्ठानले लिएका नीति तथा कार्यक्रमले देशको कला र संस्कृतिमा सकारात्मक प्रभाव पर्ने विश्वास आफूले लिएको विचार व्यक्त गरे ।

प्रतिष्ठानका कुलपति नारमदणि हार्तम्छालीले प्रतिष्ठानबाट उल्लेख गरिएका कुरालाई चासो लिई समय दिएकोमा मन्त्री पाण्डेप्रति आभार व्यक्त गरे । उनले केन्द्रका प्रतिष्ठानहरू र मन्त्रालयका बिचमा आवश्यक सहकार्य तथा संवादलाई अझ घनीभूत बनाउन आवश्यक रहेको धारणा राखे ।  ‘यसले हामीबिचमा अझ प्रगाढ सम्बन्ध बनाउँछ’, कुलपति हार्तम्छालीले भने । उनले नेपालको ललितकलाको विकासका लागि प्रतिष्ठानले रणनीतिक योजना तय गरेर अगाडि बढेको र त्यसले सकारात्मक प्रभाव परेको बताए ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले आ.व. २०८०÷०८१ मा प्रतिष्ठानले गरेका राष्ट्रिय ललितकला प्रदर्शनी, प्रादेशिक ललितकला प्रदर्शनीको विस्तृत जानकारी गराउँदै प्रतिष्ठानले देशका हरेक प्रदेशमा एक–एक कला हब बनाउने योजनाअनुसार रामेछापको सुनापति गाउँपालिकामा थाङ्का हबको काम अघि बढेको, दाङको गढवामा सेरामिक्स हबको सम्भाव्यता अध्ययन सकिसकेको र अन्य बाँकी प्रदेशमा छलफल चलिरहेको जानकारी गराए । 


उनले काठमाडौं ट्रिएनालेमार्फत नेपाली कलाको अन्तर्राष्ट्रिय पहिचान दिलाउने गरी साझेदार संस्था सिद्धार्थ आर्ट फाउण्डेसनसँग मिलेर तयारी भइरहेको जानकारी दिए । उनले आ.व. २०८०÷०८१ मा प्रतिष्ठानले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गरेका भित्तेचित्र, शिक्षामा सिपलगायतका कार्यक्रम तथा आगामी दिनमा गरिने कार्यक्रम, वैश्विक तापमान वृद्धिका कारण नेपाललगायतका हिमाली क्षेत्रमा परेका असर र त्यसका लागि गर्नुपर्ने कार्यका बारेमा सन्देश दिने हिमालयको रहस्य प्रदर्शनी, देशका विभिन्न स्थानमा गरिएका कार्यशाला, प्राज्ञिक भेला, गोष्ठी, प्रदर्शनी, कलाकार उपचार कोषलगायतका विषयमा सङ्क्षिप्त रूपमा चर्चा गरे । 

ललितकलाका क्षेत्रमा खोज, अनुसन्धानमा थुप्रै काम गर्न बाँकी रहेको बताउँदै उनले देशको अर्थतन्त्रमा ठुलो योगदान दिएको ललितकला क्षेत्रका यी विविध काम गर्न पर्याप्त बजेट र प्रतिष्ठानमा स्थायी कर्मचारीको व्यवस्था हुनुपर्ने धारणा राखे । सदस्य सचिव थुम्केलीले प्रतिष्ठानले एसिया स्तरको सङ्ग्रहालय बनाउने गरी तयारी गरिरहेको जनाउँदै नेपाली ललितकलाको विकास, संरक्षण, प्रवर्धन तथा संवर्धन सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड दिए । उनले सामाजिक रुपान्तरणको अभियानमा प्रतिष्ठानले विभिन्न कार्यक्रमसमेत गरेको बताए ।

उक्त अवसरमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू सौरगंगा दर्शनधारी, संजय वान्तवा राई, अरुणा हिङमाङ, उपप्रशासन प्रमुख कमलमणि काफ्ले, लेखा अधिकृत पंकज अधिकारी एवम् मन्त्रालयका विभिन्न शाखा र निकायका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending