Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

वन तथा वातावरण मन्त्रालयको सय दिन: द्रुतमार्ग निर्माणमा वन क्षेत्रका अवरोध हटाइयो

खबरडबली संवाददाता

काठमाडौँ। वर्तमान सरकार गठन भएको मङ्गलबार एक सय दिन पुगेको छ । यस अवधिमा सरकारले गरेका विभिन्न उपलब्धिसँगै वन तथा वातावरण मन्त्रालयले गरेको उपलब्धि सार्वजनिक गरेको छ । वन तथा वातावरण मन्त्रीको रुपमा ऐनबहादुर शाही ठकुरी आउनुभएपछि मन्त्रालयमा रोकिएका काम अघि बढेको र लामो समयदेखि हुन नसकेका निर्णय भएको मन्त्रालयले जनाएको छ ।  

यस अवधिमा मन्त्रालयले काठमाडौँबाट तराईरमधेश प्रदेश जोडने द्रुत निर्माणमा देखिएका कानुनी अवरोध समाधान गर्ने प्रक्रियालाई महत्त्वका साथ अघि बढाएको छ । मन्त्रालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ११ विकास आयोजनालाई राष्ट्रिय वन क्षेत्रको एक सय ३० हेक्टर जग्गा प्रयोग गर्न स्वीकृती प्रदान गरेको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक आयोजनाको दुरी ७० दशमलव ७७ किलोमिटर रहेको छ । यस सडकको कुल लागत रु एक खर्ब १२ अर्ब हुने अनुमान छ । उक्त सडक २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो सडक काठमाडौँको खोकनादेखि सुरु भई बाराको निजगढ जोडिन्छ । यस सडकको दुरी पार गर्न सामान्यतया एक घण्टा समय लाग्ने बताइएको छ ।

कोप २९ को तयारी तीव्र
वन मन्त्रालयले यस अवधिमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ९कोप–२९० को पूर्व तयारी गरेको छ । अन्य अन्तर्राष्ट्रिय सम्मेलनमा प्रभावकारी रुपमा सहभागिता जनाएको मन्त्रालयलको उपलब्धि विवरणमा उल्लेख छ । मन्त्रालयले यही कात्तिक ३ र ४ गते मुगुको रारा ताल क्षेत्रमा कोप २९ सम्मेलनको तयारी सम्बन्धमा दुई दिने राष्ट्रिय कार्यशाला सम्पन्न गरेको छ । साथै कोप २९ को तयारी विभिन्न विषयका विज्ञ सम्मिलित उपसमिति गठन गरी प्रतिवेदन तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, ठूला आयोजनाका फाइल स्वीकृति गर्नुका साथै विभिन्न नीतिगत सुधार र परिमार्जनको सुरुवात गरेको छ । नीतिगत र संरचनात्मक सुधारको पहल कदमी अघि बढाएको छ । यस अवधिमा मन्त्रालयले दोधारा चाँदनी सुख्खा बन्दरगाह एकीकृत जाँच चौकी निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको राष्ट्रिय वनको ४२ दशमलव ३६ हेक्टर जग्गामा रहेका रुख बिरुवा हटाउन स्वीकृति प्रदान गरेको छ । तीन वर्ष १० महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस परियोजनाको पहिलो चरणको लागत रु छ अर्ब १८ करोड रहेको छ ।

मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाका माथिल्लो वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा व्यवस्थापन सङ्कलन तथा ओसारपसार निर्देशिका २०८० को मस्यौदालाई परिमाजन गर्ने निर्णय गरेको छ । त्यस्तै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिर्वतनसम्बन्धी पक्ष राष्ट्रहरुको सम्मेलनलगायत कार्यक्रमका लागि अन्तर्राष्ट्रिय वार्ता गठन गर्ने अवधारणा पत्र स्वीकृत गरिएको छ । त्यसैगरी बुटवल उपमहानगर पालिकाद्वारा प्रस्तावित उजिरसिंह रङ्गशाला निर्माणका निम्ति राष्ट्रिय वन क्षेत्रको जग्गा भोगाधिकार प्राप्त गर्न र उक्त क्षेत्रभित्र पर्ने रुख कटान गर्न स्वीकृति दिइएको छ । सब वन डिभिजन कार्यालय बराहताल र बेतन कर्णालीको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरिएको छ ।

यस अवधिमा नवलपरासीको देवचुलीमा ट्रमा सेन्टरका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने र सो जग्गामा पर्ने रुख हटाउनेसमेत निर्णय गरिएको छ । विनयी त्रिवेणी गाउँपालिका, भुम्लु गाउँपालि र जमिरकोट गाउँपालिकाको प्रशासकीय भवन बनाउन वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । लखरपाटा खम्बागाडे मुरमुरी जामु सुनगाभा सडक निर्माण गर्न १० दशमवल १७३ किमी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने र सो जग्गाभित्रका  रुख विद्युतका पोल हटाउन दिनेसमेत निर्णय गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

त्यस्तै सूर्य होल्डिङ प्रालिले प्रस्ताव गरेको माथिल्लो मेवा खोला ‘ए’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गरिएको छ ।

संरक्षण व्यवस्थापन चौथो संशोधन नियमावली २०८१, दिगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड २०८१, चुरे उत्थानशील आयोजनासम्बन्धी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ तथा प्रदेशहरुबाट सञ्चालन गरिने सशर्त अनुदानका कार्यक्रमको कार्यान्वयन कार्यविधि पनि स्वीकृति गरिएको छ । सङ्खुवासभा जलविद्युत् आयोजना ४१ दशमलव ६ मेगावाटको म्याद थप गर्ने निर्णय सदर गरिएको छ । त्यस्तै कालीगण्डकी गर्ज जलविद्युत् आयोजना एक सय ८० मेगावाटको पुरक वातावरणीय अध्ययन मूल्याङ्कन र माथिल्लो खुदी जलविद्युत् आयोजना २६ मेगावाटको परिमार्जित वातावरण व्यवस्थापन योजना गर्न दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ललितपुर जावलाखेलस्थित सदर चिडियाखानाको व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने निर्णय गरेको छ । ठूलो खोला जलविद्युत् आयोजना दुई सय २० केभी विद्युत् प्रशारण लाइन आयोजना निर्माणका लागि राष्ट्रिय वनको प्रयोग गर्न दिने स्वीकृति दिएको छ ।

बकान खोला जलविद्युत् आयोजना ४४ मेगावाटको वातावरणीय अध्ययनका लागि अनुमति दिइएको छ । पिपलटार देउराली सडक २० दशमलव ८७ किमी निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने स्वीकृती दिइएको छ । त्यसैगरी नेपाल जलवायु नमुना कार्यक्रम सञ्चालन कार्यविधि २०८१ पनि स्वीकृति गरिएको सय दिने उपलब्धि विवरणमा उल्लेख छ ।

मन्त्रालयले यस अवधिमा दिगो वन व्यवस्थापन मापदण्ड स्वीकृत गरेको छ । बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको छ । रातो बाँदरको हकमा प्रतिवेदन तयार गरी घोषणाको तयारी गरिएको छ । विश्व बैंकबाट कार्बन व्यापारबाट प्राप्त हुने पहिलो किस्ताको रकम रु एक अर्ब ६० करोड स्थानीयस्तरमा परिचानलका लागि बाँडफाट भएको पत्र रेड कार्यान्वयन केन्द्रमा प्राप्त भएको छ । ‘मन्ट्रियल प्रोटोकल’ अन्तर्गतको किगाली संशोधन अनुमोदन प्रस्ताव तयारी गरिएको र सामुदायिक वन मार्गदर्शक तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय बाँस तथा बेत विकास रणनीति र बाह्य मिचाहा प्रजाति नियन्त्रण रणनीति तयार गरिएको छ भने यस अवधिमा वन विकास कोषमा रु छ करोड ५९ लाख ११ हजार दुई सय चार जम्मा भएको मन्त्रालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बदल्यौं कांग्रेस, बदल्छौं देश: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् ।  शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...

सभापतिको कुर्सीमा बस्न सजिलो, जिम्मेवारी निभाउन गाह्रो छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...

गगन थापा प्रधानमन्त्रीको उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...

मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...

एमाले ओखलढुङ्गाका अध्यक्षसहित ३८ जनाले छाडे पार्टी, नेकपामा प्रवेश

काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...

मतदातालाई एमालेले गरेको विकासबारे स्मरण गराउनुपर्छ : अध्यक्ष ओली

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...

देशभर ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी, ५ जनाविरुद्ध विरोध दाबी

काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...

ओलीको अभिव्यक्तिप्रति योगेश भट्टराईको आपत्ति, भन्छन्– म विचलित र निरास छैन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending