Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

गायक सुगम पोखरेलकाे बाल्यकालकाे दशैं

छाताको करङमा मासु पोलेको सम्झना अहिले पनि आइरहन्छ

खबरडबली संवाददाता

काठमाडौँ । दसैं भन्ने बित्तिकै खसीको मासु याद आउँछ । त्यो पनि छाताको डन्डीको झिर बनाएर पोलेको मासु  अहिले पनि म त्यो स्वाद सम्झन्छु । बीचमा म साकाहारी बनेको थिएँ । तर, दसैंमा एकपल्ट घर जाँदा त्यही देखेर म मांसहारी बनेको थिएँ । छाताको करङमा मासु पोलेको सम्झना अहिले पनि आइरहन्छ । 

सायद, कक्षा १ मा पढ्दा होला, पहिलो पटक दसैंमा जिन्स सिलाएको थिएँ । त्यो बेला लुगा छेकाउने भन्ने चलन हुन्थ्यो । मद्रासी दाइको पसलमा जिन्स नापेर सिलाएको थिएँ । त्यो जिन्स अहिले पनि याद छ । त्यो मेरो जीवनकै पहिलो जिन्स हो । सानै उमेरमा लगाएको जिन्स भएकाले त्यो लुगाको खुबै याद आउँछ ।

घरको कान्छो छोरा, म । छोरा भइसकेपछि दसैंमा खुट्टा मात्र ढोग्नुपर्छ, पैसा कहीँ पनि पाइँदैन । पैसा मामाघरमा मात्र पाउने हो । मामाघर पुग्न १र२ दिनपछि मात्र पुग्नुपर्ने हुन्छ । कान्छो भएकै कारण दसैंमा टिका थाप्ने पालो पनि निकै पर्खनुपर्छ । जब मपछि अरु भाइहरु आउन थाले, अनि बल्ल चाँडो पालो आउन थाल्यो ।

चङ्गा काठमाडौं आइसकेपछि मात्रै उडाउन पाएँ । त्यसैले मलाई चङ्गा उडाउन त्यत्ति चाख लाग्दैन । खासमा मलाई चङ्गा उडाउनै आउँदैन । अरुले उडाइरहेको बेला लट्टा चलाउन आउने हो । विराटनगरतिर त्यत्ति साह्रो उडाइएन । त्यसकारण काठमाडौं आइसकेपछि नै चङ्गासँग जोडिएँ ।

मामाघर गइसकेपछि हातमा परेको खाम कत्तिखेर खोलौं भन्ने जुन खुलदुली हुन्थ्यो, त्यो याद आउँछ । हामीकहाँ छोरालाई दक्षिणा दिने चलन छैन । त्यसैले बल्ल तल्ल मामाघरमा पाएको त्यो खाम सम्झँदा अहिले पनि रमाइलो लाग्छ । टिका लगाएर खाम पाउने बित्तिकै बाथरुमतिर गएर हेर्नु पर्थ्यो । म बिराटनगरको रंगेलीमा हुर्कें, दसैंमा त्यता मेला पनि लाग्थ्यो । एकदम भीड हुन्थ्यो ।

सामान्यतया कार्यक्रमको सिलसिलामा विदेशमा पुग्छु । तर, दसैंमै कुनै ठाउँ विशेषमा घुम्न पुगेको छैन । दसैं त परिवारसँगै समय बिताएर मनाऔं भन्ने लाग्छ । त्यसैले दसैंको बेला घुमफिर रुचाउँदिन ।

दसैंलाई भव्य र सभ्य तरिकाले मनाउनु होला । कतिपय कुराहरु परिवर्तन भइसकेका छन् । परिवारसँग दसैं मनाउनु होला, वर्षको एकपटक आउने चाड हो । आफ्नो गक्ष अनुसार मनाउनुहोला ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending