Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

गायक सुगम पोखरेलकाे बाल्यकालकाे दशैं

छाताको करङमा मासु पोलेको सम्झना अहिले पनि आइरहन्छ

खबरडबली संवाददाता

काठमाडौँ । दसैं भन्ने बित्तिकै खसीको मासु याद आउँछ । त्यो पनि छाताको डन्डीको झिर बनाएर पोलेको मासु  अहिले पनि म त्यो स्वाद सम्झन्छु । बीचमा म साकाहारी बनेको थिएँ । तर, दसैंमा एकपल्ट घर जाँदा त्यही देखेर म मांसहारी बनेको थिएँ । छाताको करङमा मासु पोलेको सम्झना अहिले पनि आइरहन्छ । 

सायद, कक्षा १ मा पढ्दा होला, पहिलो पटक दसैंमा जिन्स सिलाएको थिएँ । त्यो बेला लुगा छेकाउने भन्ने चलन हुन्थ्यो । मद्रासी दाइको पसलमा जिन्स नापेर सिलाएको थिएँ । त्यो जिन्स अहिले पनि याद छ । त्यो मेरो जीवनकै पहिलो जिन्स हो । सानै उमेरमा लगाएको जिन्स भएकाले त्यो लुगाको खुबै याद आउँछ ।

घरको कान्छो छोरा, म । छोरा भइसकेपछि दसैंमा खुट्टा मात्र ढोग्नुपर्छ, पैसा कहीँ पनि पाइँदैन । पैसा मामाघरमा मात्र पाउने हो । मामाघर पुग्न १र२ दिनपछि मात्र पुग्नुपर्ने हुन्छ । कान्छो भएकै कारण दसैंमा टिका थाप्ने पालो पनि निकै पर्खनुपर्छ । जब मपछि अरु भाइहरु आउन थाले, अनि बल्ल चाँडो पालो आउन थाल्यो ।

चङ्गा काठमाडौं आइसकेपछि मात्रै उडाउन पाएँ । त्यसैले मलाई चङ्गा उडाउन त्यत्ति चाख लाग्दैन । खासमा मलाई चङ्गा उडाउनै आउँदैन । अरुले उडाइरहेको बेला लट्टा चलाउन आउने हो । विराटनगरतिर त्यत्ति साह्रो उडाइएन । त्यसकारण काठमाडौं आइसकेपछि नै चङ्गासँग जोडिएँ ।

मामाघर गइसकेपछि हातमा परेको खाम कत्तिखेर खोलौं भन्ने जुन खुलदुली हुन्थ्यो, त्यो याद आउँछ । हामीकहाँ छोरालाई दक्षिणा दिने चलन छैन । त्यसैले बल्ल तल्ल मामाघरमा पाएको त्यो खाम सम्झँदा अहिले पनि रमाइलो लाग्छ । टिका लगाएर खाम पाउने बित्तिकै बाथरुमतिर गएर हेर्नु पर्थ्यो । म बिराटनगरको रंगेलीमा हुर्कें, दसैंमा त्यता मेला पनि लाग्थ्यो । एकदम भीड हुन्थ्यो ।

सामान्यतया कार्यक्रमको सिलसिलामा विदेशमा पुग्छु । तर, दसैंमै कुनै ठाउँ विशेषमा घुम्न पुगेको छैन । दसैं त परिवारसँगै समय बिताएर मनाऔं भन्ने लाग्छ । त्यसैले दसैंको बेला घुमफिर रुचाउँदिन ।

दसैंलाई भव्य र सभ्य तरिकाले मनाउनु होला । कतिपय कुराहरु परिवर्तन भइसकेका छन् । परिवारसँग दसैं मनाउनु होला, वर्षको एकपटक आउने चाड हो । आफ्नो गक्ष अनुसार मनाउनुहोला ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending