ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन् । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो ।
क्लबका अध्यक्ष लक्ष्मी काफ्ले बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मलाई सामूहिक रूपमा मनोरञ्जन दिने मात्रै नभइ संस्कृतिसँगको सामिप्यता र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले क्लबले पिङ हालेको बताउछन । “लिङ्गेपिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अङ्ग हो । दसैँका बेला यसको विशेष महत्व रहन्छ । पिङमा झुल्दा आउने आनन्दको अनुभूति मात्र होइन, पिङले व्यक्तिहरूलाई सांस्कृतिक र आध्यात्मिक अर्थ पनि दिन्छ । यो पर्वको समयमा बनाइने पिङले दसैँलाई मात्र होइन, तिहार र अन्य पर्वलाई पनि जीवन्त बनाउने गरेको छ”, उनले भने ।
क्लबका सचिव दिनेश खवासले नयाँ पुस्तालाई परम्परागत खेलको महत्व बुझाउन तथा स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न पिङ हालिएको बताए । “क्लबले लिङ्गेपिङ निर्माण गरेर दसैँको मौलिकता र सौन्दर्यलाई जोगाउने प्रयास गरेको छ । यसले स्थानीय समुदायलाई सङ्गठित गर्ने र मनोरञ्जन प्रदान गर्न पनि सघाउ पु¥याउने अपेक्षा गरेका छौँ । परम्परागत संस्कृतिको स्मरणका लागि हरेक वर्ष क्लबले यस्तो गर्दै आएको छ”, उनले भनेयो ।
यस वर्ष पनि विधिपूर्वक पूजापाठ गरेर पिङको सुरुआत गरिएको क्लबका अभ्यक्ष काफ्लेले बताए । सूचना प्रविधिको विकाससँगै आममानिसहरू आधुनिक खेल, टेक्नोलोजी र सहरीकरणको प्रभावमा चुर्लुम्म छन् । यसकै प्रभावले होला गाउँघरमा समेत परम्परागत पिङ निर्माणको चलन कम हुँदै गएको छभने सहरी क्षेत्रमा त झन् यस्ता पिङ देख्न पाउनु दुर्लभ बन्दै गएको छ । स्थानीय विवश लिम्बू आधुनिक जीवनशैली र व्यस्तताले नयाँ पुस्ता आफ्नो परम्परागत खेलप्रति कम आकर्षित हुँदै गइरहेको बताउछन ।
“लिङ्गेपिङको रौनक र मज्जाले दसैँलाई अझ विशेष बनाउँछ । दसैँको बेला लिङ्गेपिङमा झुल्न पाउँदा मानिसले आफ्ना बाल्यकालका याद ताजा गर्छन् । वर्षभरि छुटिएकाहरू एकैठाउँमा जम्मा भएर आनन्द लिन्छन्, सामिप्यता बढाउँछन् । पिङले समुदायमा आपसी प्रेम, सद्भाव र सहयोगको भावना फैलाउँछ । लिङ्गेपिङले दसैँको मौलिकता झल्काउने मात्र होइन, परिवार र समाजलाई एकजुट बनाउने अवसर पनि प्रदान गर्छ तर पछिल्लो समय यो परम्परा विस्तारै हराउँदै गएको छ”, उनको भनाइ छ ।
वीरेन्द्र युवा क्लबले यस पिङ निर्माण गरेर दसैँलाई अझै उल्लासमय बनाउने प्रयास गरेको क्लबका अध्यक्ष काफ्लेले बताउनुभयो । समाजमा रहेका पुराना संस्कार, परम्परा र खेलको जगेर्ना तथा स्थानीय खेलको प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको सचिव खवासको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - ०८:१९
काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। भगवान् विष्णुको प्रिय तिथिका रूपमा मानिने यस दिन भक्तज...
आषाढ़ ११ गते, २०८३ - ०८:१६
विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरको पार्किङस्थलबाट भारतको सिलगुडीबाट पेट्रोल बोकेर आएको ट्याङ्कर अपहरण गरी ९७३ लिटर पेट्रोल चोरी ...
आषाढ़ ११ गते, २०८३ - ०८:१२
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत चेक रिपब्लिकसँगको जारी खेलमा मेक्सिकोले पहिलो गोल गरेको छ । ५५ औं मिनेटमा मेक्सिकोका लागि मेटेओ चाभेजले गोल प...
आषाढ़ ११ गते, २०८३ - ०८:१०
मकै–कोदो फल्ने बारीमा अहिले लाखौंको तरकारी, किसानको जीवनशैलीमै परिवर्तन
आषाढ़ ११ गते, २०८३ - ०८:०६
धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर र दार्चुलामा एक–एक जनाको ज्यान गएको हो ।...
आषाढ़ ११ गते, २०८३ - ०७:५९
काराकास । भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ मात्र ३९ सेकेण्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्पका धक्का महसुस गरिएका छन्। अमेरिकी सुन...
आषाढ़ ११ गते, २०८३ - ०७:५४
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा०ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा ...
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...



प्रतिकृया लेख्नुहोस्: