काठमाडौं । दशैंको बिदा शुरू भइसक्दा सुनसरीको दुहबी नगरपालिका–३ स्थित हनुमन्त पोलिमर गलैँचा उद्योगमा बुधबार बेलुका भीषण आगलागी नियन्त्रणमा आएको छ। बुधबार रातीबाट शुरू भएको आगलागी बिहीबार दिउँसो नियन्त्रणमा आएको हो।
आगलागीबाट भएको क्षतिको यकीन भई नसकेपछि उद्योग परिसर भित्र रहेको गोदाममा भण्डारण गरिएको कच्चा र तयारी माल पूर्णरूपमा नष्ट भएको छ। आगलागीका कारण कम्तीमा १५ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।
धरानका व्यवसायी प्रिन्स अग्रवालले यो उद्योग सञ्चालन गर्दै आएका थिए । गलैँचा उद्योगमा बुधबार राति ८ः३० बजेदेखि शुरू भएको आगलागी १२ वटा दमकलको सहयोगमा बिहीबार दिउँसो मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
आगलागीबाट उद्योगको भवन र मेशिनरी र गोदाममा भण्डारण गरिएको गलैँचा, सिरक, डस्ना, चकटी, म्याट्रेस, कार्पेट, सवारी साधनलगायतका सामग्री सबै जलेर नष्ट भएको सुनसरी उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।
विराटनगर, इटहरी, धरान, दुहबी, इनरुवा, झुम्कालगायत स्थानबाट १२ वटा दमकल र सुरक्षाकर्मी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद तिमल्सिनाले बताए ।
दशैं तिहारको बिदाको समयमा एक दुई ठूलो उद्योगमा भिषण आगलागीको घटना नेपालको बीमा क्षेत्रले प्रत्येक वर्ष व्यहोर्दै आएको छ। यो संयोग मात्र पनि हुनसक्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - ०८:२१
झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...
आषाढ़ ११ गते, २०८३ - ०८:१९
काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। भगवान् विष्णुको प्रिय तिथिका रूपमा मानिने यस दिन भक्तज...
आषाढ़ ११ गते, २०८३ - ०८:१६
विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरको पार्किङस्थलबाट भारतको सिलगुडीबाट पेट्रोल बोकेर आएको ट्याङ्कर अपहरण गरी ९७३ लिटर पेट्रोल चोरी ...
आषाढ़ ११ गते, २०८३ - ०८:१२
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत चेक रिपब्लिकसँगको जारी खेलमा मेक्सिकोले पहिलो गोल गरेको छ । ५५ औं मिनेटमा मेक्सिकोका लागि मेटेओ चाभेजले गोल प...
आषाढ़ ११ गते, २०८३ - ०८:१०
मकै–कोदो फल्ने बारीमा अहिले लाखौंको तरकारी, किसानको जीवनशैलीमै परिवर्तन
आषाढ़ ११ गते, २०८३ - ०८:०६
धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर र दार्चुलामा एक–एक जनाको ज्यान गएको हो ।...
आषाढ़ ११ गते, २०८३ - ०७:५९
काराकास । भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ मात्र ३९ सेकेण्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्पका धक्का महसुस गरिएका छन्। अमेरिकी सुन...
आषाढ़ ११ गते, २०८३ - ०७:५४
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा०ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा ...
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...



प्रतिकृया लेख्नुहोस्: