Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँः पर्यटनमन्त्री पाण्डे

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

उनले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताएका हुन् ।

मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रीकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गरे । उनले चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या बढी हुने भएकाले विमानको टिकट महंगो हुने गरेको बताए । उनले यात्रुहरु शहरबाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महंगो भएको बताए । 

सरकारले महंगो हुन नदिनका लागि अनुगमन र नियमन गरिरहेको पनि बताए । यस पटक धेरै टिकटहरु पहिला नै विक्री भइसकेको र विपत्ति आइसकेपछि हवाई मार्गको यात्रा रोज्दा टिकटको चाप बढेको बताए । उनले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर्नसक्ने समयसम्म उडान गरिरहेको बताए । त्यसका लागि नेपाल एयरलाइन्स र निजी एयरलाइन्सहरुसँग धेरै भन्दा धेरै उडान गर्न आग्रह गरेको पनि बताए । रात्रीकालीन सेवामा अवतरणपछि गन्तव्यस्थलमा पुग्नका लागि पनि विमानस्थल क्षेत्रका यातायात व्यवसायीहरुसँग समन्वय गरे बढी भाडा नलिकनै यात्रुहरुलाई घरसम्म पुग्ने वातावरण सिर्जना गर्न आग्रह गरिएको बताए । यात्रा सहज बनाइ यात्रुलाई सुविधा दिनका लागि थप प्रभावकारी ढंगले काम गरिरहेको बताए ।

उनले भने, ‘११ र १२ गते जुन भीाषण वर्षा भयो, त्यसपछि एक प्रकारको ठूला विपत्ति व्यहोर्नुप¥यो । त्यसकारण सडक सञ्जालहरु अवरुद्ध भए । केही सडक खण्डहरु अझै पनि खुल्न सकेको अवस्था छैन । त्यो अवस्थामा हवाई क्षेत्रमा स्वभाविक रुपमा चाप बढ्यो । चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या बढी हुने गर्दछ । 

जसले गर्दा प्लेनको टिकटहरु प्राप्त गर्न पनि कठिन हुने र टिकटको मूल्य पनि बढ्ने । किनभने एकतर्फी राम्रोसँग चल्ने र अर्कोतर्फी फुल प्यासेन्जर हुँदैनन्, खालि आइरहेका छौँ भनेर एयरलाइन्सहरुले आफ्नो गुनासो सुनाउने अवस्था छ । यस पटक विपत्ति र चाडवाड दुवै सँगै आएको हुनाले समस्या भएको हामीले महशुस गरेका छौँ । हवाई टिकटमा बढी मूल्य लिने गरिएको छ की भनेर हामीले निगरानी राखि नै रहेका छौँ । अनुगमन भइरहेको छ । तर यस पटक धेरै टिकटहरु पहिला नै विक्री भइसकेको, विपत्ति आइसकेपछि टिकट खोज्दा दशैँ र विपत्ति दुवैले गर्दा टिकटको चाप देखियो । 

बिहान साढे ४ बजेदेखि राति जति बजेसम्म उडाउन सकिने हो, जुनजुन एयरपोर्टमा रात्रिकालीन सेवा दिन सकिन्छ, त्यसमा रात्रिकालीन सेवा दिनेगरी हामीले निर्णय गरेका छाँै । जसले गर्दा इतिहासमै यति धेरै फ्लाइट र यात्रुहरुको आवतजावत भएको थिएन, त्यो स्थिति निर्माण ग¥यौँ । रात्रिकालीन उडानपछि गन्तव्यसम्म पुग्नको लागि हामीले विमानस्थल स्थित यातायात व्यवसायीहरुसँग छुट्टै छलफल ग¥यौँ । उहाँहरुलाई काम पनि बढी पाउनुभएको छ रात्रीकालीन सेवा भएपछि, त्यसकारण थप बढी मूल्य नलिन आग्रह गरेका छौँ । 

तोकिएको रेट भन्दा बाहिर जाँदैनाँै भनेका छन् । तोकिएको रेट तिरेर र बिल काटेर जानेकुरा पारदर्शी हुन्छ भन्नेमा सहमत हुनुभयो । सामाजिक उत्तरदायित्वलाई नबिर्सिने वचनवद्धता दिनुभयो । यात्रा र यात्रुलाई सहजता दिनका लागि थप प्रभावकारी काम गरिरहेका छौँ । फ्लाइटको संख्या बढेपछि स्वभाविक रुपमा टिकटमा बिस्तारै सहजता हुँदै गएको छ । फ्लाइट बढाइदिन आग्रह गर्नुभएको छ । नेपाल एयरलाइन्स र निजी एयरलाइन्ससँग समन्वय गरेर सकेसम्म बढी पm्लाइट गरिदिन आग्रह गरेका छौँ । बिस्तारै सहज हुँदै गएको छ र थप सहज हुनेछ ।’

मन्त्री पाण्डेले फ्लाइटको संख्या बढेपछि स्वभाविक रुपमा टिकटमा बिस्तारै सहजता हुँदै गएको बताए । यात्रुको चापअनुसार उडान बढाइदिन पनि एयरलाइन्सहरुसँग आग्रह गरेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भरुवा बन्दुक देखाएर वृद्धालाई धम्क्याउने दुई दाजुभाइ पक्राउ

खोटाङ । लेनदेनको विवादमा ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धम्क्याएको आरोपमा खोटाङ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्या...

सुस्ता जोगाउन गोली थापेका मुन्ना खान नागरिकताका लागि सडकमा

काठमाडौं । चार दशकअघि नेपालको सीमा जोगाउन छातीमा गोली थापेका मुन्ना खान अहिले आफ्नै देशमा नागरिकताको माग गर्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्। ...

ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६, ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई मङ्गलबार अनावश्यक र...

विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला

कैलाली । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी एक बालिका खोलामा मृत फेला परेकी छिन् । लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी ६ वर्षीया...

३० वर्षपछि महिलाले दिनमा कति पानी पिउनुपर्छ ?

काठमाडौं । ३० वर्षपछि महिलाको शरीरमा हार्मोन, मेटाबोलिज्म र समग्र स्वास्थ्यमा प्राकृतिक परिवर्तन हुन थाल्छ। यही कारण पर्याप्त पानी पिउनु स्वस्थ जीवनशै...

इरान–अमेरिका फेरि वार्ताको टेबलमा, कतारमा अप्रत्यक्ष संवाद हुँदै

काठमाडौं । इरान र अमेरिकाबीच युद्धविरामपछि देखिएका बाँकी विवाद समाधान गर्न कतारमा अप्रत्यक्ष वार्ता हुने भएको छ। कतारको राजधानी दोहामा हुने वार्तामा द...

रास्वपा महाधिवेशनपछि मन्त्रिमण्डल हेरफेरको चर्चा, केही मन्त्री ‘रेड जोन’मा रहेको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै मन्त्रिमण्डल पुनर्गठनको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ। पा...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज पर...

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बम...

१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा

गोरखा। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओइ बन्दी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending