Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

झ्याप्ले खोलामा अस्तायो दिदीको बिहे गर्ने र भाइ पढाउने वसन्तको सपना

खबरडबली संवाददाता

सर्लाही । गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९, झ्याप्ले खोलाको पहिरोमा पुरिएर सर्लाहीको हरिपूर्वा नगरपालिका–२, का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए । आर्थिक रुपमा कमजोर परिवारको सुख किन्ने वसन्तको सपना पहिरोमा पुरिएर सदाका लागि बिलायो । 

घरको जेठो छोरा वसन्त पढाइमा निकै मेहनती थिए । 'परिवारको दुःख हटाउनु भनेर सधैँ मलाई सम्झाउथ्यो', बुवा भरत साहले भक्कानिँदै भने, 'धेरै पढेर ठूलो मान्छे बन्ने, दुई दिदीको विवाह गर्ने र एउटा भाइलाई धेरै पढाउने उसको सपना थियो ।' 

छोराको शोक बारेर बसेका भरतले भने, 'परिवारको बिचल्ली बनाएर गयो, घरको एउटा ठूलो खम्बा ढल्यो बाबु, अब कसले यो घरको काँध थाम्छ ?' भरतले सामान्य किराना पसल चलाउँछन्। परिवारको लालनपालन तथा छोराछोरीको शिक्षा दिक्षाको एकमात्र आधार यही किरान पसल हो । 

थोरै भएको खेतमा फलेको अन्नले मुस्किलले परिवारको वर्षभरिको छाक टर्ने उनले बताए । 'छोराले राम्रो पढ्दै गएकाले अब दुखको दिन गयो भन्ने लागेको थियो', भरतले भने, 'यो के बज्रपात पर्‍र्यो ।' घटना भएको दिनदेखि घर मात्र होइन गाउँ नै शोकमा छ । परिवारमा पूरै अन्धकार छाएको छ । वसन्तकी आमाको राम्रोसँग होस आएको छैन ।

वसन्तले कक्षा ६ सम्मको अध्ययन गाउँकै स्कुलबाट गरेका थिए । उनले कक्षा ६ देखि एसइईसम्मको पढाइ भने चितवनको प्रभात माविबाट गरेका हुन् । गत शैक्षिक सत्रमा एसइई परीक्षा पास भएपछि कक्षा ११ र १२ पढ्न उनी काठमाडौँ गएका थिए । दिदी विभाकुमारीसँगै बसेर उनले काठमाडौँको नयाँ बानेश्वरस्थित लिभरपुल कलेजमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका थिए । 

क्याम्पसले उनलाई एसइईका केही शैक्षिक प्रमाणपत्र ल्याउन ताकेता गरेपछि गत बिहीबार मात्र उनी चितवन पुगेका थिए । शुक्रबार बिहान विद्यालय पुगेर कागजात संकलन गरेपछि साँझ माइक्रो बसमार्फत उनी काठमाडौँ फर्कदै थिए । राति १:२५ बजेको समयमा काठमाडौँमा भएकी दिदी विभासँग फोन सम्पर्क गरेका उनी त्यसपछि भने सम्पर्कमा आएनन् । 

'फोनमा भाइलाई कहाँ आइपुग्यो भनेर सोधेको थिएँ', दिदी विभाले भनिन्, 'दिदी म आउँदै छु, रातको समय जंगलको बिचमा जाममा परेको छु, जाम खुल्यो भने छिट्टै आइपुग्छु भनेको थियो, आनन्दले सुत्नु भनेको भाइको कुरा गर्दागर्दै फोन काटियो, किन भाइले राख्छु पनि नभनी फोन काट्यो भनेर फोन सम्पर्क गर्न खोजे, तर फोन लाग्दै लागेन ।'

बाढीपहिरोले सडक अवरुद्ध भएका खबर एकनासले आइरहेका कारण कतै जाममा अलपत्र पर्‍र्योकी भन्ने आसमा खोजी सुरु गरेको दिदी विभाले बताइन्। 'आमाबुबालाई पनि सबै कुरा खबर गरिदिए, दिउँसोबाट झ्याप्ले खोला पहिरोमा बस र माइक्रो पुरिएको खबरपछि भने हामी आत्तियौँ, सुरक्षाकर्मीले धमाधम शव निकाल्न थाले, तर हामी जान सक्ने अवस्था थिएन,' उनले भनिन् । 

चितवनदेखि नै पहिरो खसेको ठाउँमा बुवा र भिनाजुले सोधीखोजी गर्दै जाँदा झ्याप्ले खोलामा खटिएका सुरक्षाकर्मीले शव काठमाडौँ लगेकाले उतै जान सल्लाह दिएको विभाले बताइन् ।

'सोमबार बिहान शव पहिचान गर्न दिए, त्यसपछि छोराको शव लिएर घर कसरी आइपुगे कुनै होस छैन, सबै प्रक्रिया पूरा गर्दा साँझ ३ बजे काठमाडौँबाट हिँडेका थियौँ र भोलिपल्ट मङ्गलबार बिहान घर आइपुगेका थियौँ', बुवा भरतले भने, 'छोराको शोकमा बसेको छु, मेरो ठूलो सपना, आशाको दियो पहिरोको लेदोमा हरायो, बाबा इञ्जिनीयर बनेर सरकारी सेवा गर्छु भन्थ्यो, परिवारमा खुसी ल्याउँछु भन्थ्यो सबै चकनाचुर भयो ।'

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending