सर्लाही । सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन्। शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्वाका उमेश यादवको कच्ची घर भत्कियो।
खपडाको छाना भएको यादवको कच्ची घर लडेको प्रहरीले जनाएको छ । चार फिटसम्म पानी जमेपछि माटो गलेर घर भत्किएको स्थानीयको भनाइ छ।
डुबानमा परेर घर भत्किएपछि बिचल्ली भएको यादवले गुनासो गर्नुभयो । लगातारको वर्षापछि बागमती, लखन्देही र झिम नदीको बाँध फुटेर गाउँमा पानी पसेको थियो । पानी पसेपछि गाउँका कच्ची घरहरू भत्किन थालेका हुन्।
घर भत्किएपछि कतिपयले आफन्तका घरमा शरण लिएपनि अधिकांशले पानी जमेकै घरमा रात बिताएको रामनगर गाउँपालिकाका स्थानीयवासी जितेश यादवले जानकारी दिए।
बागमती नदीको ड्याम फुटेर गाउँ पसेको पानीले १० भन्दा बढी कच्ची घरमा क्षति पुगेको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले जानकारी दिए।
जिल्लाको रामनगर गाउँपालिका, बलरा नगरपालिका, बसवरिया, धन्कौल र ब्रह्मपुरी गाउँपालिकामा बाढी पसेपछि माटो गलेर ठूलो सङ्ख्यामा कच्ची घरहरूमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए।
'क्षति भयो घर बगायो÷डुबायो भन्ने गुनासो आएको छ,' उनले भने, 'तत्काल सम्बन्धित पालिकाहरूले व्यवस्थापन गरेका छन् । बाँकी विवरण सङ्कलनमा जुटेका छौँ । यकिन तथ्याङ्क आउन केही समय लाग्छ।'
बागमती नदीमा आएको बाढी पसेर बरहथवा नगरपालिका–१४ र १५ को हरपुर्वा गाउँ, बसवरिया गाउँपालिकाको १ र २ नं वडा मानपुर र ढापटोल, धन्कौल गाउँपालिका–५, स्थित महिनाथपुर, रामनगर गाउँपालिकाको नदी तटीय गाउँ, बलरा नगरपालिका–१ र २ स्थित छन्कीटोल र जयहथिऔल गाउँ डुबानमा छ।
लखन्देही नदीमा आएको बाढीले चक्रघट्ट गाउँपालिकास्थित शिवनगर सक्रौल गाउँ र झिम नदीमा आएको बाढीले त्रिभुवन नगर गाउँका केही घरहरु डुबान परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...
पौष १३ गते, २०८२ - ०८:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...
पौष १३ गते, २०८२ - ०८:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...
पौष १३ गते, २०८२ - ०८:१५
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो। बैठकमा समानुपातिक उम्मेद्वारको अ...
पौष १३ गते, २०८२ - ०७:५५
काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ। सम्झौता...
पौष १३ गते, २०८२ - ०७:४७
म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...
पौष १३ गते, २०८२ - ०७:३९
मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...
पौष १३ गते, २०८२ - ०७:३४
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...




प्रतिकृया लेख्नुहोस्: