काठमाडौं । अभिनेताद्वय बिजय बराल र प्रकाश सपूत अभिनित चलचित्र 'पूर्ण बहादुरको सारङ्गी'ले भिडियाे प्रतियोगिता गर्ने भएको छ । चलचित्रको निर्माण टिमले 'मेरो "बा" को संघर्ष' नाम दिदैँ बुवाको संघर्ष र महत्वबारे भिडियो प्रतियोगिता आयोजना गरेको हो।
प्रतिस्पर्धामा सहभागी हुन सहभागीहरुले आफ्नो बुवाको संघर्षको बयान गर्दै भिडियाे बनाएर पठाउनुपर्नेछ। सहभागीहरुले आफुले बनाएको भिडियाे आफुलाई सहज लाग्ने माध्यम जस्तै छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवाद, आदि बाट प्रस्तुत गर्न सक्नेछन् ।
सहभागी हुने नियम र प्रक्रियाका लागि यो लिंकमा क्लिक गरेर बुझ्न सकिन्छ ।
सामाजिक संजालमा आफुले गरेको पोस्ट वा निर्माण टिमले गरेको पोस्ट शेयर गर्दा आफ्नो बुवालाई अनि परिवारलाई पनि मेन्सन गर्नुपर्नेछ। प्रतियोगितामा लागू गर्नुपर्ने सबै नियम र सर्तहरु अन्तिम चयन र विजेताका लागि लागू हुनेछ।
विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने चलचित्र निर्माण टिमले जनाएको छ । यस्तै, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन । नगद पुरस्कार बाहेक उत्कृष्ट भिडियो बनाएर पठाउने २० जनाले चलचित्रको २/२ वटा टिकट फ्री पाउनेछन् । सहभागीहरुले भिडियो कार्तिक ८ गतेसम्म बनाएर पठाइसक्नुपर्नेछ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय र प्रकाशका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।
सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २० गते, २०८१ - १२:४२
ओखलढुङ्गा । ओखलढुङ्गाको दुई वटा स्थानीय तहलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । जिल्लाको चम्पादेवी र सुनकोशी गाउँपालिकालाई सङ्कटग्रस्...
आश्विन २० गते, २०८१ - १२:३४
नवलपुर। पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गन दाउन्नेमा भासिएर एकतर्फी भएको सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ । पश्चिम नवलपरासी...
आश्विन २० गते, २०८१ - १२:२८
रौतहट। विश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला विधिवत रूपमा शुरु भएको छ। बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई ...
आश्विन २० गते, २०८१ - १२:१४
काठमाडौं । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार...
आश्विन २० गते, २०८१ - ११:३४
काठमाडौँ । प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक पर...
आश्विन २० गते, २०८१ - ११:०२
काभ्रेपलाञ्चोक। बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन ...
आश्विन २० गते, २०८१ - १०:३९
काठमाडौँ । असोज १० गतेदेखि काठमाडौँ महानगरपालिका दैनिक उपभोग्य वस्तुसँग सम्बन्धित व्यापार व्यवसायको अनुगमन गरिरहेको छ । अनुगमन जानुअघि व्यापार व्य...
आश्विन २० गते, २०८१ - १०:१२
महोत्तरी । धर्मका नाममा हुने संस्कार असत्य भएको अभियान चलाईरहेको भौतिकवादी समाजले महोत्तरीमा प्रथम भेला सम्पन्न गरेका छ । विज्ञान नै सत्य हो भन्ने...
आश्विन १९ गते, २०८१ - ०९:००
काठमाडौँ । फ्रान्सका मिडफिल्डर पाउल पोग्वामाथि लगाइएको प्रतिबन्ध घटाइएको छ । डोपिङ प्रकरणमा पाँच बर्षको प्रतिबन्ध लागेका पोग्वाको प्रतिबन्ध उनको अप...
आश्विन १९ गते, २०८१ - ०८:५३
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन म...
प्रतिकृया लेख्नुहोस्: