Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

मधेश के चाहन्छ ?

\"anuvav_ajit_article_khabardabali\"सिमाङ्कनमा दलहरुले भागबण्डा लगाएपछि मधेसमा मात्र होइन विभिन्न स्थानमा असन्तुष्टिका प्रखर स्वरहरु सुनिए । तिनलाई अन्यत्र सम्बोधन गरिए पनि मधेसको उचित सम्मान भएजस्तो लाग्दैन । मधेसले स्पष्टरुपमा खोजेको आफ्नो भुमिमाथि आफ्नो शसासन हो । मधेशले संघीयता बहिष्करणबाट उन्मुक्तिको लागि खोजेको हो । दुई नम्बर प्रदेशकै कुरा गरौंः बाह्रै महिना बग्ने एउटा पनि खोला छैन । एउटा बागमती छ जसमा थोरबहुत पानी त बगिरहन्छ तर त्यो सिंचाइको लागि पर्याप्त छैन । कमलामा पनि बाह्रै महिना पानी हुँदैन । सिँचाई वर्षे पानीले गर्नुपर्छ भने बिजुली भारतसितै निर्भर हुनुपर्छ । पहाडको स्रोत साधनसँग अझै पनि मधेसले कुनै लाभ पाएको छैन । तर त्यसको ठीक विपरीत सबैभन्दा बढी राजस्व भित्रिने मधेसमा रहेको वीरगन्ज हो र त्यो जम्मै काठमाडौंमा जान्छ । मधेसले पहाडबाट पाउँदैन तर मधेसको सबै साधन र स्रोत काठमाडौं जान्छ । वीरगन्जवासीलाई तपाईंलाई किन संघीयता चाहिन्छ भनी सोध्यो भने प्रष्ट जवाफ दिन्छ– ४७  प्रतिशन रेभ्यन्युमा सात प्रतिशत पनि वीरगन्जमा लगानी हुँदैन । सबै काठमाडौमा जान्छ । संघीयता भए कमसेकम सबै रेभ्यन्युलाई यहीको विकासमा लगाउन त सकिन्छ । त्यसैले संघीय प्रदेश चाहिएको हो । यसैगरी, सबैभन्दा धेरै ह्युमन रिसोर्स र युवाशक्ति पनि मधेसमै छ । नेपालकोे अर्थतन्त्रको आधार रेमिट्यान्स पनि सबैभन्दा धेरै प्रतिशत धनुषा, महोत्तरी, सर्लाही र रौतहटबाट गएकाले बुझाउँछन् । कलकारखाना पनि मधेसमै छ । अनि कसरी मधेश सामथ्र्यविहिन भयो ? खेतीपाती पनि सबै मधेशमै छ । संभावना यथेष्ट छ, त्यसको अधिकतम र उचित उपयोग गर्नुपर्यो । त्यसकारण संघीयता चाहिएको हो । संघीयतामा गएपछि आफ्नो स्रोतजति आफ्नै तरीकाले परिचालन गर्न पाए बिकास हुन्छ । हामीले खोजेको एउटा पाटो त्यो हो । तर अहिले मधेसले खोजेको संघीयता आर्थिक भन्दा पनि राज्यसत्ताको बहिस्करणबाट मुक्तिको लागि हो । बहिष्करणको कुरा गर्दा देशमा एकथरीको मात्र हालीमुहाली छ । जातीय हालीमुहाली भनेर बाहुन, क्षेत्री वा कुनै पनि पहाडी समुदायलाई एकै ठाउँमा मिसाउन खोजेको होइन । पहिलेदेखि चलिआएको त्यहाँभित्रको एउटा उच्च जातीय प्रवृत्तिको कुरा गरेको हुँ । उक्त प्रवृत्तिको बुद्धिको रुपमा बाहुनले लिड गरे भने शक्तिको रुपमा क्षेत्रीले । र, मधेसलाई कहिले पनि आफ्नो भनेर अंगीकार गरेनन् । यही मनोवृत्ति मधेसलाई हेर्ने क्रममा कहिलेकाहीँ भनिन्छ कि जुम्लाको पनि त बाहुन हुन्छ र ऊ पीडित छ भनेर । हो, एउटा सुविधाप्राप्त मधेसीलाई कुनै छेकबार नहोला काठमाडौमा । व्यक्तिगत जीवनमा कहिल्यै पनि डिस्क्रीमेसनको शिकार नभएको पनि होला । किनभने उसले नेपाली बोल्न राम्ररी जान्दछ । लवाईखवाई राम्रो छ । पढेलेखेको साथै आर्थिक पृष्ठभूमि पनि राम्रो भएकाले उसले आफूलाई सजिलै प्रस्तुत गर्न सक्छ । र, कसैले मधेसी भनेर हेप्न खोजे लड्न पनि सक्छ । तर कति हुन्छन त्यस्ता ? सामूहिकरुपमा मधेस त बहिस्करणमा परेको हो नि त । आफ्नो राज्य भयो भने मधेसलाई हेप्ने पहाडी मानसिकताबाट उन्मुक्ति पाउँछ वा उन्मुक्ति पाएन भने पनि उसले प्रतिपर्धा त गर्न पाउँछ । जनकपुर वा विराटनगर वा वीरगन्ज राजधानी होला र उसले काठमाडौंसँग आँखामा आँखा जुधाएर प्रतिसपर्धा गर्न पाउँछ । मधेसले चुरेलाई चाहिँ दाबी गर्छ । यसको मतलब सिन्धुली, उदयपुर र चितवन सिंगै मधेसमा हुनुपर्छ भनेको होइन । नवलपरासीको चुरे छ त्यसको दक्षिणपट्टिको भाग दाबी हो । इँटा, ढुंगा र जंगल जस्ता स्रोतमाथि मधेसको लगाव र चासो हो । मधेसले सृजित गरेको जंगल हो । प्लेनबाट हेर्नु भयो भने त्यो जंगल पुरै खाल्डोखाल्डो देखिन्छ । मतलब त्यहाँ अहिले पहाडबाट भएको बसाइसराइले बस्ती बसिसक्यो । जंगल पुरै बिनाशतिर गएको छ । बिनास हुन लागेको जंगल मधेसमै परे जंगल जोगाउँछौ भन्ने दाबी हो । त्यो जंगल जोगिनु मधेसको मात्रै जंगल जोगिनु होइन, नेपालकै जंगल जोगिनु हो । अर्को कुरा, मधेसले खोजेको पहाडसँग छुट्टै बस्न खोजेको पनि होइन । पहिचानको कुरा उठेको यस्तो अवस्थामा पनि नेपाली कांग्रेसले (दोस्रो संबिधानसभा चुनाव) धनुषाको जनकपुर ४ (९५ प्रतिशत मधेसी छन् ।) को उमेदवार लिला कोइरालालाई बनाउँछ । मधेसीले भावी राजधानी भनेर कल्पना गरेको ठाउँमा समेत कांग्रेसले उम्मेदवार दिन्छ शारीरिकरुपमा पनि अशक्त कोइरालालाई । के त्यहाँ चुनाव लड्न सक्ने मधेसी थिएनन् ? मधेस प्रदेश भयो भने मैले यो पनि भन्न खोजेको होइन कि पहाडी क्यान्डीडेट नै हुनुहँुदैन भनेर । हुनुपर्छ  । रौतहटको चन्द्रनिगाहापुरमा पहाडिया बाहुल्यता छ । महोत्तरीमा अहिले पनि गिरिराजमणि पोखरेलले जित्नु भएको छ, त्यहाँ पहाडी क्यान्डिडेट नै जित्छ । आन्दोलनकारीलाई तराईमा सिधै टाउको र छातीमा गोली हानिएको छ । अस्ति (तपाईंले सुन्नु पनि भएको होला) भारदहमा मारिए । त्यसपछि मधेस आन्दोलनले उग्र रुपधारण ग¥यो । सुनियो कि तीनजना मधेसी पुलिसलाई गोली हान्न भनियो । हानेनन् । अहिले ती तीन पुलिसलाई किन गोली हानिनस् भनेर कष्टडीमा यातना दिइरहेको छ । यो नेपाली सत्ताको जातिवादी सोचको उदागों प्रदर्शन हो । मैले भन्न खोजेको कुरा के पनि हो भने मधेसका २०/२२ वटा जिल्लामध्ये जम्मा एउटा जिल्लामा मात्र मधेसी मूलको सिडिओ छ । संघीय संरचनामा गएपछि यसभन्दा बढी हुन्छ । अहिले मधेश यो हदसम्मको प्रहरी दमन हुनाको कारण नै त्यहाँ प्रशासनिक नेतृत्वमा गैह्रमधेशीहरुको बाहुल्यता हो । मधेसमाथि लागेको छिमेकी मुलुक भारतको साथ र सहयोग छ भन्ने मिथ्या आरोप हो । खुला सिमाना छ । मेरो पनि अनुहार मिल्छ (कहाँ चेन्ज गर्ने ?)। मेरो मामाघर भारत हो । यो त आफुले निर्धारण गर्ने कुरा होइन नि । व्यक्तिगत तहमा भारतीयहरुसँग सम्बन्ध जेलिएको छ । काठमाडौंको मान्छेलाई सिक्किमको वा दार्जिलिङको नेपाली बोल्नेसँग जुन अपनत्व फिल हुन्छ त्यस्तै जनकपुरको मान्छेले सितामडीको मान्छे भेट्दा हुन्छ । त्यो नेचुरल कुरा हो । अस्ति योगेश भट्टराईले एकदम मजाले भन्दिनु भयो कि ‘उसो भए लिपुलेक लेऊ, दाजिंलिङ देऊ न ।’ कति उपहासजनक कुरा छ त्यो । दाजिलिङको मान्छेको आफ्नो पृथक राजनीतिक पहिचान र अस्तित्वमा छ । उ कहाँ बस्ने नबस्ने उसको स्वरोजाईको विषय हो । नेपाली बोल्ने भारतीय हुन पाउँदैन र ? त्यसैले व्यक्तिगतरुपमा सम्बन्ध छ, खुला सिमाना छ भारतसित । उताका मान्छेहरुका सहानुभूति होलान्, मधेस आन्दोलनमा । यो रियालिटि हो । एउटा पाटो हो यो । तर हामी त स्टेट लेबलको कुरा गर्छौंं । अहिलेको आन्दोलनमा भारतीय घुसपैठ भन्ने गलत कुरा हो । आरोप लगाएजस्तै भए त मधेस आन्दोलनका सहमति अहिलेसम्म पालना भइसक्नु पर्ने हो नि त । गिरिजाप्रसाद कोइरालाको पालामा स्वायत्त मधेश प्रदेशको कुरा भएको थियो । भारतीयले नै नेपालमा पूर्णरुपमा चलखेल गरेको भए मधेस स्वायत्त प्रदेश हुन्थ्यो होला नि । भारतीय सहानुभूति र सहयोग मधेस आन्दोलनमा भएको भए यो दोस्रोचोटि मधेसीले आन्दोलन गर्नै पर्दैनथ्यो होला । मधेस आन्दोलनमा भारतसँग साँठगाठ छ भनिन्छ भने १६ बुँदेपछि कांग्रेस, एमाले र एमाओवादी पहाडीया नेताहरु नै लाम लागेर भारत गएका थिए । यसलाई के भन्ने ? मैले यो आरोप लगाउन मिल्छ कि वहाँहरु भारतीय इशारामा हिंडिरहनु भएको छ ? मिल्दैन । राजनीतिलाई फराकिलो दायराबाट हेर्ने हो भने नेपाली नेतृत्वहरुको भारतीयसित ‘संवाद’ हुनुपर्छ । किनभने भारत सबैभन्दा नजिकको छिमेकी हो । र, नेपालका हरेक आन्दोलनमा भारतीयहरुको सहयोग र साथ रहेको कतै लुकेको छैन –सात साले आन्दोलनदेखि माओवादी जनयुद्ध (माओवादीले भारतमा सेल्टर लिएको) सम्म । त्यतिखेर त कसैले नि भनेनौैं कि भारतीय समर्थनमा आएको भन्ने कुरा । छोराछोरी पढाउनेदेखि सबै सुखसुबिधाचाहिँ भारतबाटै लिने तर भारत विरोधी मानसिकता हामीकहाँ हावी छ । विखण्डनको कुरा गर्दा छुट्टिन पाउने राजनीतिक सिद्धान्त नै हो । एक समयमा ५० वटा पनि देश थिएनन् । अहिले २०० वटा भन्दा बढी छन् । ती देश अन्तैबाट झरेका होइनन् । भारतबाट छुटेर पाकिस्तान भयो । त्यसपछि बंगलादेश । भारतीय हिन्दुत्वले गर्दा पाकिस्तान भयो भने पाकिस्तानको भाषिक दमनले गर्दा बंगलादेश बन्यो । बहिस्करणमा परेको मधेसले संघीयता मात्रै मागिरहेको छ । संघीयतासमेत दिन तयार नहुने अवस्थामा भोलि मधेसीहरुले आन्दोलनलाई निरन्तरता दिदै छुट्टै अस्तित्वसहित राज्य खोजे के हुन्छ ? म स्विकार्छु कि कहीँ कतैबाट विखन्डनको कुरा पनि उठेको छ । र, अहिले ‘म छुट्टिन पाउँछु’ भनेर तराईको आन्दोलित क्षेत्रमा भाषण गरे ‘संघीय प्रदेश चाहियो’ भन्नेले भन्दा बढी ताली खान्छ । किन कि आन्दोलनको राप र तापमा मान्छेहरु सधैँ ¥याडिकल भ्वाइस सुन्न खोज्छ । जसले ताली बजाउँछ उसलाई पनि के थाहा छ भने अहिले नै छुट्टिन सक्ने अवस्था छैन । अहिले छुट्टिन सक्ने कुनै आधार छैन । यहाँको भूराजनीतिले छुट्टिन दिँदैन भन्ने मेरो बुझाइ छ । त्यसैले विखण्डनको कुरा कसैले मान्ने नमान्ने स्वाभाविक र प्राकृतिक कुरा हो । तर नेपालको सत्ताले यही रवैया अपनाएर मधेसीलाई झन झन पर पु¥यायो भने ? अहिले त मधेस नेपालमा समाहित हुन खोजिरहेको छ । म मेरो भिन्न पहिचानसहित म नेपाली मुलधारमा समाहित हुन चाहन्छु भनेको छ मधेसले । पहिचान नदिए विखण्डनको स्वरमा फेरिन्छ भनेर भनिएको हो । मधेसलाई अधिकार दिए मधेस र काठमाडौंको प्रतिस्पर्धा होइन सहअस्तित्वमुखी हुन्छ । नभए भोलि मधेस नियन्त्रणबाहिर जान सक्छ । एक हप्ताअघि जनकपुरदेखि मधेसका विभिन्न भागमा गएको थिएँ । विराटनगरदेखि बीरगञ्जसम्मका धेरै पहाडीहरुले पनि नेपाली राज्यसत्ताले मधेशलाई अझै उपेक्षा गरिए र तिनको मागमुद्दालाई समयमै उचित सम्बोधन नगरिए भोलि मधेश के हुने चिन्ता व्यक्त गरेका थिए । विखण्डनको आवाज किन उठिरहेको छ भनेर बुझ्नुको सट्टा झनझन दमन नीति अख्तियार गर्नु चिन्ताजनक कुरा हो । अहिले पनि मधेसको मागलाई विदेशी चलखेल र उनीहरुको स्वार्थमा भएजस्तो कुरा आइरहेको छ । त्यसले उनीहरुको आत्मसम्मानमा झनै ठुलो चोट पुर्याएको छ । विखण्डनको कुरालाई सकारात्मकरुपमा लिनु पर्छ र गहिरिएर सोच्नु पर्छ । विखण्डनको कुरा गरेकाले अब यिनलाई पेल्नुपर्छ भन्यो भने स्थिति झनै प्रतिकूल हुन सक्छ । (लेखक मधेश अनुसन्धाता हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies