Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

हिमाली क्षेत्रमा उपचारका लागि अझै आम्चीकै भर

खबरडबली संवाददाता

म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो। यहाँ करिब १५० परिवारको बसोबास छ तर उनीहरू गर्मी र बर्खायाममा मात्र यहाँ बसोबास गर्छन्। 

हिउँदमा चिसो बढेपछि म्याग्दी र बागलुङका विभिन्न ठाउँमा पशु लिएर झर्ने छेन्तुङबासीलाई आम्ची (हिमाली क्षेत्रमा परम्परागत उपचार गर्ने व्यक्ति) ले स्वास्थ्य सेवा दिँदै आएका छन्। छेन्तुङमा रहेको ‘पूर्वपरम्परागत चार चिकित्साशास्त्र विद्यालय’लाई स्थानीयवासी ‘अस्पताल’ भन्छन्। 

३५ वर्षदेखि छेन्तुङमा बस्दै आएकी धवलागिरी गाउँपालिका-७ ताकमका ८३ वर्षीय विष्णुबहादुर थापाले आम्ची विद्यालयमै औषधि उपचार गर्दै आएको बताए। ‘यहाँ स्वास्थ्य चौकी छैन। नजिकको बुर्तीबाङ अस्पताल पुग्न पनि गाडीमा दुई घण्टा लाग्छ’, साविक ताकम गाउँ विकास समितिका पूर्वप्रधानपञ्च थापाले भने ‘गाउँमै आम्ची विद्यालय भएकाले स्वास्थ्य संस्थाको आवश्यकता महशुस भएको छैन।’

ढोरपाटन उपत्यकाको स्वास्थ्य चौकीबाट खोपसम्बन्धी सेवा दिन आउने गरे पनि सामान्य समस्याको उपचार आम्ची र जडिबुटीबाट हुने थापाले बताए। स्वास्थ्य समस्या लिएर आउनेलाई आम्चीले लक्षणअनुसार जडिबुटी दिन्छन्। 

जटिल किसिमको उपचारका लागि अस्पतालमा जाने गरे पनि सामान्य बिरामी पर्दा एलोपेथिक चिकित्सा पद्धति र औषधीको विकल्पमा आम्चीबाट परामर्श तथा जडिबुटी प्रयोग गर्ने गरिएको स्थानीय रमती विश्वकर्माले बताइन्। जडिबुटीको प्रयोगबाट अन्य असर नहुने भएकाले आम्चीको सेवामा पूर्णविश्वास रहेको उनको भनाइ छ। 

नेपालको हिमाली क्षेत्रमा तेह्रौँ शताब्दीमा शुरु भएको यो उपचार पद्धति ढोरपाटनका साथै मुस्ताङको उपल्लो क्षेत्र, डोल्पालगायत जिल्लामा प्रचलनमा छ। छेन्तुङको आम्ची विद्यालयमा डोल्पा, मुगु, पूर्वीरुकुम, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायत जिल्लाका २० बालबालिका अध्ययनरत रहेका विद्यालयका व्यवस्थापक धेनी लामाले बताए। ‘पढाइसँगै लेकमा जडिबुटीका बोट बिरुवा पहिचान, संकलन, प्रशोधन गरी जडिबुटी बनाएर उपचारका लागि प्रयोग गर्दै आएका छौँ’, उनले भने, ‘अध्ययनसँगै आम्चीहरूले स्थानीयवासीलाई सेवा पनि दिने गरेका छन्।’ 

दुई हजार ५०० घरपरिवारको बसोबास रहेको ढोरपाटन उपत्यकाको टोलटोलमा पुगेर आम्चीले उपचारका साथै निःशुल्क औषधी वितरण गर्दै आएको व्यवस्थापक लामाले बताए। समुदाय र दाताको सहयोग जुटाएर ५० वर्षदेखि छेन्तुङमा आम्ची विद्यालय सञ्चालन हुँदै आएको उनले बताए। 

तीन वर्ष आम्ची अध्ययन गरेकी डोल्पाकी छेमा ल्यामुले पछिल्लो तीन महिनादेखि छेन्तुङमा स्वयंसेवकको काम गर्दै आएकी छिन्। ‘यही पढेर व्यवहारिक ज्ञान, सिप हाँसिल गरेकाले केही समयलाई स्वयंसेवा गरेकी हुँ’, उनले भने, ‘अब आफ्नै गाउँमा गएर सेवा गर्ने रहर छ।’ 

भौगोलिक विकटताका कारण स्वास्थ्यकर्मीको न्यून उपस्थिति हुने डोल्पाका बस्तीमा स्थानीय तहले समेत आम्चीलाई मान्यता दिएकाले रोजगारीसँगै सेवा गर्न पाइने ल्यामुले बताउनुभयो। आम्ची प्राविधिक शिक्षा पनि भएकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले २० वर्षअघि सम्बन्धन दिएको थियो। दुई वर्ष नौ महिना पढ्नुपर्ने आम्ची सामुदायिक स्वास्थ्य सहायकसरह हुन्छ। 

पहिलो वर्ष आम्चीको परिचय, दोस्रो वर्ष बच्चा जन्मिने प्रक्रियादेखि मृत्युसम्मको अवस्थाबारे जानकारी तथा औषधि दिने तरिका सिकाइन्छ भने बाँकी नौ महिना जडिबुटीको पहिचान र औषधि बनाउने तरिका कार्यक्षेत्रमै सिकाइन्छ। तिब्बती भाषा नजानेको आम्ची हुन नसक्ने भएकाले विद्यालयले आधारभूत तिब्बती भाषासहित शिक्षा दिइरहेको छ। कक्षा ८ उत्तीर्णले मात्र आम्ची पढ्न पाउँछन्। बुद्ध शिक्षामा आम्ची, विज्ञान, सङ्गीत, कला र ज्ञानलाई बढी महत्त्व दिइन्छ। 

को हुन् आम्ची? 

आम्ची हिमाली क्षेत्रका स्वास्थ्यकर्मी भएका पूर्वपरम्परागत चार चिकित्साशात्र विद्यालय छेन्तुङका व्यवस्थापक धेनी लामाले बताए। उनका अनुसार आयुर्वेदमा आधारित आम्चीकै भरमा सयौँ वर्षदेखि हिमाली क्षेत्रमा उपचार हुँदै आएको छ। 

‘आम्चीले अनुभवको आधारमा जडीबुटीको पहिचान गर्छन्, ती जडीबुटी प्रयोग गरेर बिरामीको उपचार गर्छन् र निको बनाउँछन्’, उनले भने ‘आफैँ उच्च हिमाली भेगमा पुगेर जडिबुटी खोज्ने र पहिचान गर्न सक्ने सिप उनीहरूमा हुन्छ।’ 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending