Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

हिमाली क्षेत्रमा उपचारका लागि अझै आम्चीकै भर

खबरडबली संवाददाता

म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो। यहाँ करिब १५० परिवारको बसोबास छ तर उनीहरू गर्मी र बर्खायाममा मात्र यहाँ बसोबास गर्छन्। 

हिउँदमा चिसो बढेपछि म्याग्दी र बागलुङका विभिन्न ठाउँमा पशु लिएर झर्ने छेन्तुङबासीलाई आम्ची (हिमाली क्षेत्रमा परम्परागत उपचार गर्ने व्यक्ति) ले स्वास्थ्य सेवा दिँदै आएका छन्। छेन्तुङमा रहेको ‘पूर्वपरम्परागत चार चिकित्साशास्त्र विद्यालय’लाई स्थानीयवासी ‘अस्पताल’ भन्छन्। 

३५ वर्षदेखि छेन्तुङमा बस्दै आएकी धवलागिरी गाउँपालिका-७ ताकमका ८३ वर्षीय विष्णुबहादुर थापाले आम्ची विद्यालयमै औषधि उपचार गर्दै आएको बताए। ‘यहाँ स्वास्थ्य चौकी छैन। नजिकको बुर्तीबाङ अस्पताल पुग्न पनि गाडीमा दुई घण्टा लाग्छ’, साविक ताकम गाउँ विकास समितिका पूर्वप्रधानपञ्च थापाले भने ‘गाउँमै आम्ची विद्यालय भएकाले स्वास्थ्य संस्थाको आवश्यकता महशुस भएको छैन।’

ढोरपाटन उपत्यकाको स्वास्थ्य चौकीबाट खोपसम्बन्धी सेवा दिन आउने गरे पनि सामान्य समस्याको उपचार आम्ची र जडिबुटीबाट हुने थापाले बताए। स्वास्थ्य समस्या लिएर आउनेलाई आम्चीले लक्षणअनुसार जडिबुटी दिन्छन्। 

जटिल किसिमको उपचारका लागि अस्पतालमा जाने गरे पनि सामान्य बिरामी पर्दा एलोपेथिक चिकित्सा पद्धति र औषधीको विकल्पमा आम्चीबाट परामर्श तथा जडिबुटी प्रयोग गर्ने गरिएको स्थानीय रमती विश्वकर्माले बताइन्। जडिबुटीको प्रयोगबाट अन्य असर नहुने भएकाले आम्चीको सेवामा पूर्णविश्वास रहेको उनको भनाइ छ। 

नेपालको हिमाली क्षेत्रमा तेह्रौँ शताब्दीमा शुरु भएको यो उपचार पद्धति ढोरपाटनका साथै मुस्ताङको उपल्लो क्षेत्र, डोल्पालगायत जिल्लामा प्रचलनमा छ। छेन्तुङको आम्ची विद्यालयमा डोल्पा, मुगु, पूर्वीरुकुम, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायत जिल्लाका २० बालबालिका अध्ययनरत रहेका विद्यालयका व्यवस्थापक धेनी लामाले बताए। ‘पढाइसँगै लेकमा जडिबुटीका बोट बिरुवा पहिचान, संकलन, प्रशोधन गरी जडिबुटी बनाएर उपचारका लागि प्रयोग गर्दै आएका छौँ’, उनले भने, ‘अध्ययनसँगै आम्चीहरूले स्थानीयवासीलाई सेवा पनि दिने गरेका छन्।’ 

दुई हजार ५०० घरपरिवारको बसोबास रहेको ढोरपाटन उपत्यकाको टोलटोलमा पुगेर आम्चीले उपचारका साथै निःशुल्क औषधी वितरण गर्दै आएको व्यवस्थापक लामाले बताए। समुदाय र दाताको सहयोग जुटाएर ५० वर्षदेखि छेन्तुङमा आम्ची विद्यालय सञ्चालन हुँदै आएको उनले बताए। 

तीन वर्ष आम्ची अध्ययन गरेकी डोल्पाकी छेमा ल्यामुले पछिल्लो तीन महिनादेखि छेन्तुङमा स्वयंसेवकको काम गर्दै आएकी छिन्। ‘यही पढेर व्यवहारिक ज्ञान, सिप हाँसिल गरेकाले केही समयलाई स्वयंसेवा गरेकी हुँ’, उनले भने, ‘अब आफ्नै गाउँमा गएर सेवा गर्ने रहर छ।’ 

भौगोलिक विकटताका कारण स्वास्थ्यकर्मीको न्यून उपस्थिति हुने डोल्पाका बस्तीमा स्थानीय तहले समेत आम्चीलाई मान्यता दिएकाले रोजगारीसँगै सेवा गर्न पाइने ल्यामुले बताउनुभयो। आम्ची प्राविधिक शिक्षा पनि भएकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले २० वर्षअघि सम्बन्धन दिएको थियो। दुई वर्ष नौ महिना पढ्नुपर्ने आम्ची सामुदायिक स्वास्थ्य सहायकसरह हुन्छ। 

पहिलो वर्ष आम्चीको परिचय, दोस्रो वर्ष बच्चा जन्मिने प्रक्रियादेखि मृत्युसम्मको अवस्थाबारे जानकारी तथा औषधि दिने तरिका सिकाइन्छ भने बाँकी नौ महिना जडिबुटीको पहिचान र औषधि बनाउने तरिका कार्यक्षेत्रमै सिकाइन्छ। तिब्बती भाषा नजानेको आम्ची हुन नसक्ने भएकाले विद्यालयले आधारभूत तिब्बती भाषासहित शिक्षा दिइरहेको छ। कक्षा ८ उत्तीर्णले मात्र आम्ची पढ्न पाउँछन्। बुद्ध शिक्षामा आम्ची, विज्ञान, सङ्गीत, कला र ज्ञानलाई बढी महत्त्व दिइन्छ। 

को हुन् आम्ची? 

आम्ची हिमाली क्षेत्रका स्वास्थ्यकर्मी भएका पूर्वपरम्परागत चार चिकित्साशात्र विद्यालय छेन्तुङका व्यवस्थापक धेनी लामाले बताए। उनका अनुसार आयुर्वेदमा आधारित आम्चीकै भरमा सयौँ वर्षदेखि हिमाली क्षेत्रमा उपचार हुँदै आएको छ। 

‘आम्चीले अनुभवको आधारमा जडीबुटीको पहिचान गर्छन्, ती जडीबुटी प्रयोग गरेर बिरामीको उपचार गर्छन् र निको बनाउँछन्’, उनले भने ‘आफैँ उच्च हिमाली भेगमा पुगेर जडिबुटी खोज्ने र पहिचान गर्न सक्ने सिप उनीहरूमा हुन्छ।’ 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending