Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

टपरी बेचेर मासिक डेढ लाख आम्दानी गर्दै महताे

खबरडबली संवाददाता

बरहथवा । सर्लाही जिल्लाको हरिवन नगरपालिका–४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक रु। एक लाखबढी आम्दानी गर्दै आइरहेका छन्। दुई महिनाअघि घरमा दुना टपरी बनाउने उद्योग सञ्चालन गरी उनी स्वरोजगार बनेका हुन्।

टायलले छाएको, बाँसको टाटीले बेरेको भुइँ तल्ला घरको एउटा कोठामा दुनाटपरी बनाउने उपकरण जडान गरी उद्योग सञ्चालन गरेको महतोले बताए। महतोले दैनिक एक हजार थान टपरी, भोज खान मिल्ने पात र मागअनुसार दुना बनाएर बजार पठाउने गरेको बताए। ‘दिनको एक हजार थान टपरी बजारमा पठाउने गरेको छु।

अहिले महिनामा रु। एक लाख ५० हजारसम्म आम्दानी भइरहेको छ’, उनले भने। दश किलोमिटर टाढा चुरे क्षेत्रबाट दैनिक पात ल्याउने गरेको भन्दै पात टिप्न तीन परिवारका छ जनालाई अस्थायी रुपमा रोजगारी पनि दिएको उनले जानकारी दिए।

पात टिप्नेले प्रतिकिलोको रु। ४० लिने गरेका छन्। ‘गाँसेको पातको प्रतिथान रु। दुई दिन्छु। टपरी बनाएर बेच्दा सबै खर्च कटाएर रु। एकदेखि रु। दुईसम्म नाफा हुन्छ’, महतोले भने। तयारी टपरी प्रतिथान रु। पाँच, भोज खाने पात प्रतिथान रु। तीन र दुना प्रतिथान रु। तीनमा बिक्री हुने उहाँले जानकारी दिए।

महतोसँगै गाउँका अन्य क्याम्पस पढ्ने चारजना युवाले पनि अध्ययनसँगै फुर्सदको समयमा उक्त कामलाई निरन्तरता दिँदै आएका छन्। उनले भने, ‘उहाँहरु क्याम्पसबाट आएपछि फुर्सदमा काम गरेर पढाइ खर्च आफैँलै जोहो गर्नुहुन्छ।’ दैनिक दुईरतीन घण्टा काम गरेर रु ५०० सम्म आम्दानी हुने गरेको स्थानीय मनिषाकुमारी शर्माले बताइन्। उनले भनिन्, ‘फुर्सदमा आएर काम गर्छु। यसबाट आएको पैसाले आफूलाई कलेज पढ्न चाहिने खर्च, स्टेसनरी, खाजा, भाडा पुगेको छ।’

उद्योगमा तयार भएका दुनाटपरी जिल्लाको हरिवन, बरहथवा, लालबन्दी, वयलवास, नयाँरोडलगायत बजारसम्म पुर्‍याउने गरेको उनले उल्लेख गरे। ग्राहकको मागअनुसार पात तथा तयारी दुनाटपरी दैनिक एकपटक बजारसम्म पुर्‍याउने गरेको शर्माले बताइन्। आर्थिक रुपमा विपन्न परिवारका महतो सानैदेखि मिहिनेती रहेका छरछिमेकी बताउँछन्। खेतबारी कम भएकाले आम्दानीको विकल्पका रुपमा दुनाटपरी बनाउन थालेको बताउँदै महतोले थोरै लगानीबाट पनि बढी मुनाफा लिन सकिने धारण राखे।

‘पाँचजना दिदीहरुको विवाह गर्दा लागेको ऋण तिर्न बाँकी छ, बुबाआमा काम गर्न सक्नु हुँदैन। सुरुमा ज्याला मजदुरी, घर बनाउने ठाउँमा इँटा बोक्ने, प्लास्टर गर्नेलगायत काम गरेँ। हातमा संक्रमण भएपछि ती काम छोडेर यसलाई निरन्तरता दिन थालेको हुँ’, उनले भने।

हरिवन–४ का वडाध्यक्ष केशवराज थापाले नगरपालिकाले युवालाई उद्यममा प्रोत्साहन गर्न तालिम आयोजना गर्न लागेको जानकारी दिएपछि आफूसहित पाँचजना मिलेर दुनाटपरी बनाउने तालिममा सहभागी भएका बताउँदै महतोले तालिम सात दिनसम्म सञ्चालन भएको जानकारी दिए। तालिमपश्चात् वडा कार्यालयले रु। दुई लाख ४० हजार अनुदान दिएपछि दुनाटपरी बनाउने उपकरण ९मेसिन० खरिद गरी उद्योग दर्ता गरिएको उनको भनाइ छ।

बजारमा प्रतिस्पर्धा बढिरहेको भन्दै महतोले प्लास्टिक र कागजका सामग्रीसँग आफूहरुले पातका सामग्रीले प्रतिस्पर्धा गर्नुपरेको उल्लेख गरे। यस्ता साना घरेलु उद्योगलाई स्थानीय सरकार र विभिन्न संघसंस्थाले सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

‘विभिन्न कार्यक्रम गर्दा उहाँहरुले प्रयोग गर्ने प्लास्टिकका प्लेट, कचौरालगायत सामग्रीको साटो प्राकृतिक पातबाट बनेका दुना टपरी प्रयोग गरिदिन अनुरोध गर्दछौँ’, महतोले भने, ‘यसबाट वातावरण सफा हुने, युवा स्वरोजगार बन्ने तथा स्थानीय उत्पादनको प्रवर्द्धनसमेत हुने भएकाले सहयोगका लागि सबैलाई आग्रह गर्दछौँ।”

परिवारसँग छुट्टिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्दै स्वदेशमा काम गर्ने वातावरण स्थानीय तहले बनाउनुपर्ने महतोको भनाइ छ। आगामी दिनमा आधुनिक र ठूला उपकरण ल्याएर व्यवस्थित उद्योग सञ्चालन गर्ने योजना रहेको उनले सुनाए। यस्ता साना उद्योगमा बैङ्क तथा वित्तीय संस्थाले ऋण लगानी नगर्दा समस्या हुने गरेको उनको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनशक्ति अभावले अर्घाखाँचीका तीन अस्पताल भवन प्रयोगविहीन

अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...

बागमती किनार सौन्दर्यीकरणको तयारी, छ स्थानमा पार्क निर्माण गरिने

काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...

युद्ध रोक्न प्रत्यक्ष संवादको प्रस्तावसहित जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...

मिर्गौला रोगबाट श्रीमानको मृत्यु, कुमाल परिवारलाई किरिया खर्च जुटाउनै सकस

बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...

माडीमा बाघसँग मोटरसाइकल ठोक्किएपछि…

चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । ​गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...

आउन थाल्यो नेपाली आँप (तस्बिरहरू)

काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै उदाहरणीय बने मित्रबहादुर

नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...

सशस्त्रका ७ डीआईजीको सरुवा, ७ को पदस्थापन, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो ।  जिल्ला कारागारका प्रमुख रवीन्द्र...

वर्षासँगै तराईमा तातो लहर, १४ जिल्लामा सतर्कता

काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending