Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

जग्गा भोकाधिकारको समस्याले घोडाघोडी नगरअस्पताल निर्माण कार्यमा ढिलाइ

खबरडबली संवाददाता

कैलाली। तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७७ सालमा शिलन्यास गरिएको घोडाघोडी नगरअस्पताल जग्गा भोकाधिकारका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीमा २०७७ साल मङ्सिर १५ गते तत्कालिन कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व कृषी मन्त्री गौरीशंकर चौधरीले अस्पतालको शिलन्यास गरेको थिए ।

७५३ वटै पालिकामा अस्पताल निर्माण गर्ने सरकारको नीति अनुसार अस्पताल निर्माण थालनी भएको थियो ।  छिमेकी पालिका बर्दगोरिया, लम्कीचुहामा  अस्पताल निर्माणले पूर्णता पाउदै गर्दा एउटै समयमा सुरु भएको घोडाघोडी नगर अस्पतालको निर्माण कार्य जगमै सिमित देखिन्छ ।

घोडाघोडी नगरपालिका योजनाशाखाका प्राविधिक किशोर भट्टले सुरुको वर्ष एक करोड बजेट आएर निर्माण कम्पनीले जगसम्मको कामगरे पनि डिपिआर र जग्गा भोकाधिकारमा समस्या देखिएपछि निर्माणका लागि रकम नआएको जनाए ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत सबै स्थानीय तहमा निर्माण हुने अस्पतालको तत्कालिन अवस्थामा डिएफआईडीको सहयोगमा नेपाल हेल्थ सेक्टर सर्पोट कार्यक्रममार्फत केहि समयका लागि विशेषज्ञ भाडामा लिएर अस्पताल निर्माणको जग्गाको कागजात, भवनको डिजाईन अवधारण पास गराउने व्यवस्था गरिएको थियो ।

घोडाघोडी नगरअस्पतालको जग्गा, डिजाईन अवधारणा हेर्नु भएका विशेषज्ञ जुम गुरुङले घोडाघोडीको जग्गाको कागजात र भवन डिजाईन अवधारणा अधुरो रहेको बताए।

कार्य जिम्मा दिएको समयावधीका कारण कन्सल्टेन्टको रुपमा कामगरेका प्राविधिकहरुले जस्ताको त्यस्तै रिर्पोट बुझाएका थिए । घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले करिब चारविगाह क्षेत्रफल रहेको नगरअस्पातल निर्माण हुने जग्गा ऐलानी रहेको र भोकाधिकारका लागि सबै प्रकृया पुरागरी फायल सङ्घीय मन्त्रालयमा पठाएको बताए। उनले भोकाधिकारका लागि आधिकारिकता प्राप्त हुनासाथ निर्माणको काम अगाडि बढ्ने उल्लेख गरे।

कुल १८ करोड लगानीमा १५ शय्या नगर अस्पतालको दुईवटा भवन बन्ने निर्माण योजनामा पहिलो भवनका लागि नौ करोड ५३ लाखमा निर्माणको ठेक्का राजेन्द्र निर्माण सेवा ले पाएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लिएपनि रकम नआएपछि निर्माण अगाडि बढ्न सकेको छैन । घोडाघोडी स्वास्थ्यशाखा प्रमुख कैलाशकुमार रावतले निर्माण कम्पनीले ८० लाख पेश्की लगेको बताउदै पेश्की बराबरको काम नगरेको उल्लेख गरे ।

उनले भने “ ठेकेदारले आफूले पैसा लगाएर काम नगर्दा पनि योजना निर्माणमा ढिलाइ भएको हो । पहिलो वर्ष आएको एक करोडमध्ये ८० लाख पेश्की लगेको छ , त्यती बराबरको काम पनि भएको छैन, ठेकेदारले काम अगाडि बढाएको भए माथिबाट रकम पनि निकास हुने हो, कामनै नभए पनि केका आधारमा पैसा आउँछ र ।”

निर्माणाधिन अस्पतालसँगै रहेको पहिलाको स्वास्थ्य चौकी भवनबाट अहिले नगरअस्पतालको सेवा प्रवाह भइरहेको छ । तीन जना चिकित्सकसहितको स्वास्थ्यकर्मीले सेवा दिने उक्त नगर अस्पतालमा भौतिक संरचनाको अभावले साँगुरो ठाउँबाट सेवा दिन बाध्य भएको जनाएका छन् ।

उक्त अस्पतालमा असोज १ गतेदेखि स्वास्थ्य विमा कार्यक्रमसमेत लागू भएको छ । अस्पतालका प्रमुख डा। हेमनाथ आचार्यले भौतिक संरचनाको अभावमा पनि आफूहरुले विरामीलाई गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिइरहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

न्यायालयको पुनरसंरचना बिना सुशासन सम्भव छैन: रास्वपा सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनरसंरचना नगरी मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण स...

बागमती सरकारका आफ्ना मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

मकवानपुर । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन...

सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलन, जेलरको सरुवाको माग गर्दै आत्मदाह प्रयास

सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ...

बाँके–दाङ हुलाकी सडक निर्माणका लागि करिब चार अर्बको ठेक्का आह्वान

नेपालगन्ज। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सडक निर्माणका लागि करिब चार अर्ब रुपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ। ठेक्का प्रक्रिया सुरु भएसँगै लामो ...

आगामी दुई दिन भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेताव...

ताप्लेजुङको पहिरोले सडक र विद्युत अवरुद्ध

ताप्लेजुङ। अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक र विद्युत सेवा अवरुद्ध बनेको छ । शुक्रबार राति भएको ...

देवघाटबाट सम्पर्कविहीन महिला मृत फेला

तनहुँ। देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेको छन् । केही दिनद...

गोल्डेन बुटको दौडमा मेसी र एमबाप्पे, कसको सम्भावना कति ?

काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...

नेपालगञ्ज भन्सारबाट २० अर्बभन्दा बढी राजस्व सङ्कलन

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending