Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

जी–२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्रीको आग्रह: ‘एलडीसी’ लाई सहयोग बढाउनु

खबरडबली संवाददाता

अमेरिका। परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरूलाई आग्रह गरेको छिन् । 

पछिल्लो समय विश्वका अतिकम विकसित देशहरू बढी समस्यामा परिरहेका दृष्टान्त पेस गर्दै मन्त्री डा राणाले भनिन्यो “कोभिड १९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनीतिक तनाव आदिका कारण यी देश पीडित भएका छन् । जसका कारण पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरू चरम गरिबीतर्फ धकेलिएका छन् ।”

न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा विश्वका शक्तिशाली मानिएका २० मुलुकको समूह जी‐२० मा आबद्ध देशका विदेशमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री डा। राणाले एलडीसी मुलुकहरूलाई सहयोग गर्न आग्रह गरेको हो ।  

अतिकम विकसित मुलुकहरूको सङ्गठन, एलडीसीको अध्यक्षका हैसियतले परराष्ट्र मन्त्री डा राणाले बुधवार न्युयोर्कमा आयोजित सो बैठकलाई सम्बोधन गरेको हो । नेपाल हाल एलडीसीको अध्यक्ष छ । 

परराष्ट्र मन्त्री डा। राणाले भनिन् “एलडीसी मुलुकहरूमा समावेशी आर्थिक वृद्धि गर्न, ‘२०३० एजेन्डा’ लाई गति दिन, स्वास्थ्य सुरक्षालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमहरूलाई प्रभावकारी बनाउन, डिजिटल डिभाइडको अवस्थालाई कम गर्न र हामीले सामना गरिरहेका बहुआयामिक प्रकृतिका समस्याहरूलाई कम गर्न जी‐२० मा आबद्ध राष्ट्रहरूको सहयोग महत्त्वपूर्ण हुनेछ ।”

उनले जी‐२० को अध्यक्ष राष्ट्र ब्राजिलले सामाजिक समावेशीकरण, गरिबी निवारण र दिगो विकास विषयमा केन्द्रित रही उक्त बैठकको आयोजना गरेकामा विशेष धन्यवाद पनि ज्ञापन गरिन्। साथै ब्राजिलले भोकमरी र गरिबी कम गर्ने विषयमा विश्वव्यापी अभियान सुरु गर्न लागेकामा स्वागत पनि गरिन्। 

मन्त्री डा। राणाले जी‐२० मा एलडीसीका तर्फबाट प्रतिनिधित्व गराउनका लागि एक औपचारिक संयन्त्र निर्माण गर्न आग्रह गर्दै जी‐२० का शिखर सम्मेलनहरूमा एलडीसीका अध्यक्षलाई सहभागी गराई आफ्ना धारणा राख्ने अवसर प्रदान गर्न पनि आग्रह गरिन्। 

साथै उनले हाल एलडीसी राष्ट्रहरूमा जलवायु परिवर्तनको असरका कारण उत्पन्न समस्यालाई कम गर्न जी‐२० कै नेतृत्वमा ‘क्लाइमेट चेन्ज फन्ड’ स्थापना गर्न, एलडीसी देशहरूका उत्पादनलाई कोटा निर्धारण गरी भन्सार छुटको व्यवस्थाका साथै ऋण मिनाहाका कार्यक्रम ल्याउन पनि आग्रह गरिन् ।        

मन्त्री डा। राणाले एलडीसीले विगत दुई दशकयताकै सबैभन्दा बढी गरिबी झेलिरहेकोतर्फ जी–२० समूहमा आबद्ध राष्ट्रहरूले सोच्नुपर्नेमा पनि जोड दिइन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

न्यायालयको पुनरसंरचना बिना सुशासन सम्भव छैन: रास्वपा सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनरसंरचना नगरी मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण स...

बागमती सरकारका आफ्ना मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

मकवानपुर । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन...

सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलन, जेलरको सरुवाको माग गर्दै आत्मदाह प्रयास

सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ...

बाँके–दाङ हुलाकी सडक निर्माणका लागि करिब चार अर्बको ठेक्का आह्वान

नेपालगन्ज। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सडक निर्माणका लागि करिब चार अर्ब रुपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ। ठेक्का प्रक्रिया सुरु भएसँगै लामो ...

आगामी दुई दिन भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेताव...

ताप्लेजुङको पहिरोले सडक र विद्युत अवरुद्ध

ताप्लेजुङ। अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक र विद्युत सेवा अवरुद्ध बनेको छ । शुक्रबार राति भएको ...

देवघाटबाट सम्पर्कविहीन महिला मृत फेला

तनहुँ। देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेको छन् । केही दिनद...

गोल्डेन बुटको दौडमा मेसी र एमबाप्पे, कसको सम्भावना कति ?

काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...

नेपालगञ्ज भन्सारबाट २० अर्बभन्दा बढी राजस्व सङ्कलन

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending