अमेरिका। परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरूलाई आग्रह गरेको छिन् ।
पछिल्लो समय विश्वका अतिकम विकसित देशहरू बढी समस्यामा परिरहेका दृष्टान्त पेस गर्दै मन्त्री डा राणाले भनिन्यो “कोभिड १९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनीतिक तनाव आदिका कारण यी देश पीडित भएका छन् । जसका कारण पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरू चरम गरिबीतर्फ धकेलिएका छन् ।”
न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा विश्वका शक्तिशाली मानिएका २० मुलुकको समूह जी‐२० मा आबद्ध देशका विदेशमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री डा। राणाले एलडीसी मुलुकहरूलाई सहयोग गर्न आग्रह गरेको हो ।
अतिकम विकसित मुलुकहरूको सङ्गठन, एलडीसीको अध्यक्षका हैसियतले परराष्ट्र मन्त्री डा राणाले बुधवार न्युयोर्कमा आयोजित सो बैठकलाई सम्बोधन गरेको हो । नेपाल हाल एलडीसीको अध्यक्ष छ ।
परराष्ट्र मन्त्री डा। राणाले भनिन् “एलडीसी मुलुकहरूमा समावेशी आर्थिक वृद्धि गर्न, ‘२०३० एजेन्डा’ लाई गति दिन, स्वास्थ्य सुरक्षालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमहरूलाई प्रभावकारी बनाउन, डिजिटल डिभाइडको अवस्थालाई कम गर्न र हामीले सामना गरिरहेका बहुआयामिक प्रकृतिका समस्याहरूलाई कम गर्न जी‐२० मा आबद्ध राष्ट्रहरूको सहयोग महत्त्वपूर्ण हुनेछ ।”
उनले जी‐२० को अध्यक्ष राष्ट्र ब्राजिलले सामाजिक समावेशीकरण, गरिबी निवारण र दिगो विकास विषयमा केन्द्रित रही उक्त बैठकको आयोजना गरेकामा विशेष धन्यवाद पनि ज्ञापन गरिन्। साथै ब्राजिलले भोकमरी र गरिबी कम गर्ने विषयमा विश्वव्यापी अभियान सुरु गर्न लागेकामा स्वागत पनि गरिन्।
मन्त्री डा। राणाले जी‐२० मा एलडीसीका तर्फबाट प्रतिनिधित्व गराउनका लागि एक औपचारिक संयन्त्र निर्माण गर्न आग्रह गर्दै जी‐२० का शिखर सम्मेलनहरूमा एलडीसीका अध्यक्षलाई सहभागी गराई आफ्ना धारणा राख्ने अवसर प्रदान गर्न पनि आग्रह गरिन्।
साथै उनले हाल एलडीसी राष्ट्रहरूमा जलवायु परिवर्तनको असरका कारण उत्पन्न समस्यालाई कम गर्न जी‐२० कै नेतृत्वमा ‘क्लाइमेट चेन्ज फन्ड’ स्थापना गर्न, एलडीसी देशहरूका उत्पादनलाई कोटा निर्धारण गरी भन्सार छुटको व्यवस्थाका साथै ऋण मिनाहाका कार्यक्रम ल्याउन पनि आग्रह गरिन् ।
मन्त्री डा। राणाले एलडीसीले विगत दुई दशकयताकै सबैभन्दा बढी गरिबी झेलिरहेकोतर्फ जी–२० समूहमा आबद्ध राष्ट्रहरूले सोच्नुपर्नेमा पनि जोड दिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८२ - १७:०८
पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जाँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । हिमपहिरोबाट एक जना बच्...
माघ ११ गते, २०८२ - १६:५७
काठमाडौं। शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको ...
माघ ११ गते, २०८२ - १६:४७
विमानस्थलमा मलाई सुन तस्करलाई जस्तो चेकिङ गरेर हैरान पारियो
माघ ११ गते, २०८२ - १६:३७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जान अनुकूल वातावरण नबनाएको आरोप लग...
माघ ११ गते, २०८२ - १६:२९
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा जिम्बाबेलालाई ६ विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको छ। शनिबार त्...
माघ ११ गते, २०८२ - १६:१७
मुक्तिनाथ। उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती ...
माघ ११ गते, २०८२ - १६:०७
मुगु। चिसो बढेसँगै जिल्लाको विभित्र ठाउँमा हिमपात सुरु भएको छ । शुक्रबार रातिदेखि नै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जिल्लाको...
माघ ११ गते, २०८२ - १५:४९
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पूर्व काठमाडौं मेयर र हाल रास्वपा नेता बालेन शाहमाथि मधेशी श्रमिक, साना व्याप...
माघ ११ गते, २०८२ - १५:३०
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्यबारे केही पनि निश्चित नभएको टिप्पणी गरेका छन्। शनिबार पार्टी मुख्या...
माघ ११ गते, २०८२ - १५:१७
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौ...




प्रतिकृया लेख्नुहोस्: