काठमाडौँ । सुडानमा पछिल्लो महिना हैजाको प्रकोपका कारण मृत्यु हुनेको संख्या ४३० नाघेको छ । देशमा जारी गृहयुद्धका बीच सुडानको स्वास्थ्य मन्त्रालयले हैजाका बिरामी झण्डै १४ हजार पुगेको जानकारी दिएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले हैजाबाट मुक्ति पाउन हरसम्भव प्रयास गरिरहेको बताएको छ ।
सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका कारण खाँचोमा परेकाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन निकै कठिन छ । गत वर्षदेखि हालसम्म यो द्वन्द्वमा डेढ लाखले ज्यान गुमाएका छन् । सुडानमा जारी द्वन्द्वका कारण उनीहरूले नियमित अवरोधको सामना गर्नुपर्ने चिकित्सा सहायता संगठन डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले रिपोर्ट गरेको छ।
अप्रिल २०२३ देखि सुडानमा सेना र शक्तिशाली अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच सत्ता संघर्ष चलिरहेको छ। जसका कारण करिब ९० लाख मानिसले आफ्नो घर छाड्नु परेको छ । बाली लगाउन नसक्दा भोकमरीको त्रास पनि बढेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हैजा एकदमै छिटो फैलिने रोग हो, जसले मृत्यु पनि निम्त्याउन सक्छ। यसको उपचार सजिलो छ तर यसलाई ढिलो नगर्नु महत्त्वपूर्ण छ।
सुडानका स्वास्थ्यमन्त्री हैथम मोहम्मद इब्राहिमले अगस्टमा हैजाको प्रकोप भएको घोषणा गरेका थिए । युद्धसँगै भारी वर्षा, बाढी र विस्थापित शिविरमा भीडभाडका कारण हैजाका बिरामी पनि बढेका छन् । कतिपय ठाउँमा यो रोग फैलिन नदिन विद्यालय र बजार बन्द गरिएको छ । नयाँ एमएसएफ रिपोर्ट अनुसार, गर्भवती महिला र बालबालिका स्वास्थ्य प्रणालीको पतनबाट सबैभन्दा बढी प्रभावित भएका छन् । जनवरी र अगस्टको बीचमा, दक्षिण डार्फर क्षेत्रमा ११४ गर्भवती महिलाको मृत्यु भएको छ। हजारौं बालबालिका भोकमरीको सामना गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...
आषाढ़ ३० गते, २०८३ - ०८:४८
चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...
आषाढ़ ३० गते, २०८३ - ०८:४४
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...
आषाढ़ ३० गते, २०८३ - ०८:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...



प्रतिकृया लेख्नुहोस्: