Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

खबरडबली संवाददाता

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामलामा कम इच्छुक हुने गर्छन्। तर यो सबैको लागि अनिवार्य र आवश्यक नै हुन्छ। 

युवावस्थामा प्रवेश गर्दा महिलाहरुमा एउटा नयाँ धारणा बन्नेगर्छ कि यौन सम्पर्कको समयमा अत्यधिक दुखाइ हुने गर्छ। यस्ता कुराहरु यौन शिक्षा पुगेको ठाउँमा यौन शिक्षाको माध्यमबाट थाहा पाउने गरिन्छ भने यौन शिक्षा नपुगेको ठाउँमा दिदी–भाउजुबाट यो दुखाइको बारेमा यौन सम्पर्क राख्नुपूर्व यस्तो धारणा बनाउँछन्।

यौन सम्बन्धको क्रममा महिलाको यौनीबाट रगत निस्कन सक्छ। जसले गर्दा पनि महिलाहरुमा थप भय र आशंका उत्पन्न गराउँछ। त्यसो त कतिपय महिलाहरु यस्तो पनि हुन्छन् जो प्रशवको समयमा होस् या यौन सम्पर्कको समयमा समेत आवाज नै निकाल्दैनन्।

उनीहरुमा उत्तेजना कम हुने र आर्गेजम समेत कम हुने समस्या पनि हुने गर्छ। यो पनि महिलाहरुमा चिन्ता र आशंका बढाउने एउटा कारणमा पर्छ। तर जानकारहरु भन्छन् कि यौन सम्पर्कको क्रममा आवाज आउनु या नआउनुले जीवनमा कुनै असर गर्दैन।

धेरै मान्छेलाई यौन जीवनको दुस्ख र उदासीपन कसरी हटाउने भन्ने जानकारी नहुन सक्छ। धेरैको बुझाइ यो हुन्छ कि यौन सम्पर्कको क्रममा अत्यधिक दुखाइ हुन्छ र त्यसबाट छुटकारा पाउन पनि सकिँदैन। २४ वर्षीया जेस भन्छिन् ‘यस्ता त्रसित बनाउने कुराहरु मैले पनि धेरै सुनेको थिएँ। तर मेरो अनुभव त्यो रहेन। मेरो अनुभवमा सावधान र आत्मीय जीवनसाथी या प्रेमीसँग यौन सम्पर्क राख्दा त्यस्तो पीडा विल्कुल भोग्नु पर्दैन।’

हनाह विटनले युट्युब च्यानलमा यौनसम्बन्धी विविध कुराबारे छलफल गर्छिन्। यौन सम्पर्कको क्रममा हुने दुखाइको बारेमा उनी भन्छन्, ‘धेरै महिलाले यौनको समयमा दुखाइ भोग्नुपर्दैन किनकि सेक्समा दुखाइ निहीत हुन्छ।’ यौन सम्पर्कको क्रममा महिलामा दुखाइ बढ्छ भने त्यो त्यसमा हामीले यौन सम्पर्क राख्न जानेनौं भन्ने पनि बुझ्न सकिने उनी बताउँछन्।

यो स्पष्ट छ कि सेक्समा धेरै अवस्था पीडादायी हुन्छ। यदि तपाईं शारीरिक सम्बन्धको समयमा पीडाको सामना गर्नुहुन्छ भने यो एक गम्भीर समस्या हो। रोयल कलेज अफ आब्स्टिट्रेसन एन्ड गायनोकोलोजिस्ट ९आरसीओजी० का प्रवक्ता स्वाति झा भन्छिन्, ‘योनीमा पीडा आफ्नै शारीरिक कारणले पनि हुन सक्छ। कहिलेकाहीँ लेटेक्स कण्डम या साबुनका कारण पनि जलन हुन सक्छ।’ यस्तो भएमा तुरुन्त उपचार गराउन जानुपर्ने उनको तर्क छ।

यद्यपि ग्लासगो विश्वविद्यालयका वरिष्ठ रिसर्च फेलो डा क्रिस्टिन मिशेल भने यौन दुखाइमा पूर्ण रूपमा मनोवैज्ञानिक र सामाजिक कारणहरू रहेको बताउँछन्। क्रुस्टिनले २०१७ मा गरेको एउटा अध्ययनले १६ देखि २४ वर्ष उमेरसम्म्का महिलामध्ये १० प्रतिशतमा यौन सम्पर्कको क्रममा दुखाइको सामना गर्नुपरेको पाइएको थियो।

जानकारहरुका अनुसार महिलाले आफूले चाहेको जस्तो यौन सम्पर्क गर्न नपाउँदा, मन नलागी नलागी यौन सम्पर्क गर्नुपर्दा र पर्याप्त मात्रामा यौन सम्पर्कबाट आनन्द लिन नसकेको अवस्थामा यो पीडादायक हुने गर्छ। कतिपय महिलाले आफू महिला भएकोले पनि यौन सम्पर्कमा पीडा भएको हो भन्ने तर्कका कारण पनि यौन सम्पर्कमा आनन्द लिन सकेका हुँदैनन्।

अमेरिकामा गरिएको एउटा अध्ययनमा अनुसन्धानकर्ता सारा म्याकल्याण्डले महिला र पुरुषलाई यौन सम्बन्धमा कम सन्तुष्टि प्राप्त गर्नुको अर्थ के होरु भनेर सोधेका थिए। यस प्रश्नको उत्तरमा पुरुषहरूले पार्टनरको उदासीनता र महिलाहरूले पीडाका कारण कम सन्तुष्टि प्राप्त गरेको सुनाएका थिए।

किम लोलियाको पनि त्यस्तै अनुभव थियो। तर अहिले आफू महिलामा रहेको डर र समस्या हटाउने बारेमा चेतनामूलक काम गर्ने प्रयासमा रहेको उनी बताउँछन्।

लोलिया लन्डनमा आधारित यौन शिक्षा सेवाकी संस्थापक हुन्। यसका साथै उनी एक अनलाइन पत्रिका पनि प्रकाशित गर्छिन्। उनीहरू विश्वास गर्छन् कि यौन सम्पर्कमा हुने सबै दुखाइहरु शारीरिक कमजोरीका कारण हुँदैन। असुविधाजनक यौन सम्बन्धले पनि यस्ता दुखाइलाई निम्त्याउन सक्छ।

जब महिलाले पीडा महसुस गर्छन्, त्यतिबेला उनीहरु चुपचाप सहन्छन्। त्यतिबेला आफ्नै कमजोरीका कारण दुखाइ सहनु परेको सम्झिएर उनीहरु केही पनि बोल्दैनन्। उनीहरू आफ्ना साथीहरुले केही भन्छन् कि भनेर डराउने गर्छन्, जसका कारण महिलाहरुले यौन सम्पर्कको समयमा धेरै दुखाइ भोग्नु परेको हो। –एजेन्सीको सहयोगमा

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending