गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् ।
इजरायली युद्ध विमानहरूले मध्य गाजाको अल–दराज सहरमा रहेको एक घरमा आक्रमण गर्दा सात प्यालेस्टिनीको मृत्यु हुनुका साथै अधिकांश महिला तथा बालबालिकासहित अन्य घाइते भएको स्थानीय स्रोतले जानकारी दिएका छन् ।
लडाकु विमानहरूले उत्तरी गाजा पट्टीको बेइट लाहियामाको एउटा घरमा पनि आक्रमण गरेका गर्दा घाइते तथा बेपत्ता मानिसहरूको उद्धारकर्मीहरूले भग्नावशेषमुनि खोजी गरिरहेका छन् ।
आक्रमयाले नुसेरात शिविरको एक घरलाई पनि निशाना बनाउँदा केहीको हताहतभएको उल्लेख गरिएको छ ।
यसअघि इजरायली आक्रमणले उत्तरी गाजाको जबलियामा रहेको एक घरलाई निशाना बनाउँदा सात प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका थिए ।
खान युनिसको अल–कारारा सहरमा इजरायली हमलामा थप दुई प्यालेिस्टनीको मत्यु भएको तथा मध्य गाजा पट्टीको अल–मगाजी शिविर नजिकै एउटा गाडीलाई निशाना बनाई गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको थियो ।
बिहीबार बिहानदेखि रातीसम्म विस्थापित व्यक्तिहरूको घर, सवारी साधन र पालमा भएको इजरायली बमबारीमा ४५ भन्दा बढी प्यालेस्टिनी मारिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
गत अक्टोबरमा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणको बदलामा इजरायलद्वारा गाजामा गरिएको आक्रमणका कारण हालसम्म अधिकांश महिला तथा बालबालिकासहित ४१ हजार २७२ जनाको मृत्यु हुनुका साथै अन्य ९५ हजार ५५१ जना घाइते भएको जनाइएको छ ।
यसैगरी हजारौं पीडितहरू बेपत्ता, भग्नावशेषमुनि दबिएका वा सडकमा बबारिसे अवस्थामा छरिएका छन् । इजरायली आक्रमणले गर्दा उद्धार कार्यमा कठिनाइको सामना गर्नुपरेको प्यालेष्टिनी उद्धार टोलीले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...
आषाढ़ ११ गते, २०८३ - १३:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...



प्रतिकृया लेख्नुहोस्: