काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ ।
परामर्शदाताले नेपालको आवश्यकता अनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माण कार्यलाई अघि बढाउने सहमति भएको छ ।
अर्थमन्त्री पौडेलले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए । स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनौट र अस्पताल निर्माण प्रकृया अघि बढाउने बताए ।
बैठकमा निर्माण सम्पन्न भइ सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालहरुको सञ्चालन, स्वास्थ्य बीमा लगायतका विषयमा छलफल भएको थियो । २०७३ सालमा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिव ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १५:२७
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियारले विवाह गरेका छन्। परियारले आइतबार जिल्ला अदालत कास्कीमा पु...
माघ १२ गते, २०८२ - १५:१८
काठमाडौँ। राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जना...
माघ १२ गते, २०८२ - १४:५६
इलाम। इलामका लागि माग भएको निर्वाचन प्रहरी संख्या कम भएपछि जिल्ला प्रहरी कार्यालय इलामले पुन: दोस्रो पटक भर्ना खोलेको छ । जिल्लाका लागि आवश्यक एक ...
माघ १२ गते, २०८२ - १४:४२
लेखनाथ। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी छ। आइतबार दिउँसो २ बजेसम्म दुई सय २१ जनाले मतदान गरेको छन्। प्रदेश निर्वाचन कार्यालय...
माघ १२ गते, २०८२ - १४:१९
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न र स्वदेशमै बसेर मुलुक निर्माण गर्न युवा विद्यार्थीहरूलाई आह्वान गरेकी छन्। आ...
माघ १२ गते, २०८२ - १४:००
काठमाडौँ। नेपाल चिकित्सक संघको निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि नहुने भएको छ । निर्वाचन आयोगले प्रदेश महासंको प्रदेश सभा एवम् निर्वाचन स्थगित ...
माघ १२ गते, २०८२ - १३:५३
प्युठान। मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका एकको मृत्यु भएको छ । २८ वर्षीया विराट सुनारको दुर्घटनामा मृत्यु भएको हो । बागमती ...
माघ १२ गते, २०८२ - १३:२५
बारा। प्रसौनी गाउँपालिका-२ अन्तर्गत दुघौरा पुल नजिक भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार बिहान ७ बजे वीर...
माघ १२ गते, २०८२ - १३:१७
काठमाडौँ । झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम जाने भएका छन्। उनी त्यहाँ विभिन्न जिल्लामा चुनावी प्रचारमा सहभागी हुने ...
माघ १२ गते, २०८२ - १३:०९
भोजपुर । डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: