Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ्रः सभामुख घिमिरे

खबरडबली संवाददाता

पाटन। सभामुख देवराज घिमिरेले संविधानलाई प्रभावकारी बनाउन सरोकार भएका सबैले एकापसमा सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने बताएको छन् ।

नेसनल लेजिस्लेटिभ एकेडेमीद्वारा बुधबार ललितपुरमा आयोजित ‘संविधान कार्यान्वयनको वर्तमान अवस्था’ विषयक अन्तर संवाद कार्यक्रममा सभामुख घिमिरेले सङ्घीयताका आधारमा संविधानमा भएका व्यवस्था कार्यान्वयन गर्न सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले तीनै तहका कतिपय कानुन बनाउने काम बाँकी रहेको अवस्थामा वस्तुगत आधारमा स्थानीय र प्रदेशले गरिरहेका काम र प्रयत्नका परिणामका बारेमा सोच्दै संविधानलाई प्रभावकारी बनाउन सबैले ध्यान दिनुपर्ने धारणा राखे।

“सङ्घ, प्रदेश र स्थानीय तहबीचमा भएका सकारात्मक र नकारात्मक कुराहरू के हुन् भनेर हामीले हेर्नुपर्छ, प्रभावकारी ढङ्गले बाँकी रहेका कानुन बनाउन र बनेका कानुनलाई प्रभावकारी कार्यान्वयनमा अगाडि बढाउन सबैले ध्यान दिनुपर्छ, संविधान संशोधनमा गर्दा वस्तुगत र यथार्थमा आधारित भएर गरिनुपर्छ”, सभामुख घिमिरेले भने। उनले संविधानको प्रभावकारिता वृद्धिका लागि संविधान अनुसार बनेका कानुन कार्यान्वयनमा भएका समस्याको पनि समीक्षा हुनु आवश्यक रहेको बताए ।

“कानुन निर्माण र कार्यान्वयन महत्वपूर्ण विषय हो । परिवर्तित समयमा छोटो समयमा कतिपय कानुनहरु हामीले बनायौँ, तिनीहरुको कार्यान्वयनमा समस्या देखापरेको छ, तिनको समीक्षा गर्नुपर्छ र छलफल गरी अघि बढ्नुपर्छ”, सभामुख घिमिरेले भने, “कानुन बनाउने क्रममा जनताको सहभागिता, बनेका कानुनको प्रभावकारी कार्यान्वयन, पूर्वविद्यायकी र विधायकी परीक्षण गर्ने, कानुन बनिसकेपछि उत्तर विधायकी परीक्षणमा कसरी कार्यान्वयन गर्ने भन्नेमा विषयमा हाम्रो ध्यान जान जरुरी छ ।”

उहाँले जनताको चाहनाअनुरुप संविधान बनाउनेमा समयसापेक्ष समीक्षा गर्नुपर्छ भन्दै कतिपय कानुनमा सङ्गति नमिलेका कुरालाई मिलाउनु आवश्यक रहेको धारणा राखे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साइकललाई ठक्कर दिएर भागेको कारले अटो र बाइकलाई ठोक्काउँदा १३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...

श्रम शोषण भएको भन्दै माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...

पोखरामा शृङ्खलाबद्ध चोरीमा विदेशी नागरिकसहित नौ जना पक्राउ

लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...

नागढुङ्गा सुरुङमार्ग साउन ११ गते उद्घाटन हुँदै, तीन महिना परीक्षण सञ्चालन गरिने

काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग उद्घ...

नेपाल औषधी लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधी उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधी उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित नेपाल औषधी लिमिटेडमार्फत आगामी दुई वर्षभित्र ३६ ...

बेनी-दरबाङ र बेनी-जोमसोम सडक रातको समयमा बन्द हुने

म्याग्दी। पहिरोको जोखिमका कारण शनिबार राती देखि बेनी-दरबाङ र बेनी-जोमसोम सडकमा सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ । प...

गृहमन्त्रीसँग भेट्न पाउ भन्दै सिंहदरबार पुगेका दुई महिलालाई प्रहरीले हटायो

काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले बल प्रयोग गरी हटाएको ...

झापामा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बिर्तामोड। झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुक्रब...

तनहुँमा ‘सर्च एण्ड स्वीप’ अभियान : २५ शङ्कास्पद व्यक्ति नियन्त्रणमा

तनहुँ । तनहुँमा शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा २५ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएक...

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ। यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending