Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

रास्वपाको राष्ट्रिय भेला : सभापति लामिछानेको राजनीतिक प्रतिवेदन अनुमोदन गरिने

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन अनुमोदन गरिने भएको छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले मङ्गलबारदेखि कमलादीमा सुरु भएको राष्ट्रिय भेलामा विभान, सङ्गठनलगायतका सम्बन्धमा प्रतिवेदन प्रस्तुत भएको भन्दै बुधबार सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिए ।

प्रमुख सचेतक परियारले भने, “दुई दिनको पहिलो राष्ट्रिय परिषद्को भेला हो । यसमा आज विभिन्न समूह बनाएर छलफल चल्छ । र भेलाले त्यसलाई अनुमोदन गर्छ ।”

यसैगरी, रास्वपा सांसद मनिष झाले भेलामा मुख्यगरी लिडरसिप एकेडेमिकको विषयमा पनि छलफल हुने जानकारी दिए।

सांसद झाले भने, “विशेष यो अभियान डिलरसिप एकेडेमिक, त्यसपछि सभापतिको राजनीतिक प्रतिवेदन यी तीन कुरा छ । अभियान चाहिँ राजनीतिक रुपमा अगाडि बढ्नका लागि के कस्ता अभियानहरु चाहिन्छ, त्यस्तो एउटा अभियान घोषणा गर्ने ।”

उनले लिडरसिप एकेडेमिकका सन्दर्भमा राजनीतिज्ञका लागि पनि योग्यता एवम् दक्षताको विषयमा छलफल हुने बताए। उनले भने, “नेपालमा पुलिसले जागिर खान ६ महिना तालिम लिनुपर्छ, तर राजनीतिज्ञले चाहिँ चाहेको दिनदेखि सबै जानेको जस्तो हुन्छ । कुनै तालिम लिनुपर्छ भन्ने कुरा छैन ।”

उनले भेलाले एकता एवम् उत्साहजनक रुपमा साङ्गठनिक भएर अघि बढ्ने सन्देश दिने बताए। रास्वपाको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला बुधबार सकिँदैछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली प्रदेशका आठ जिल्लामा एमाले र प्रलोपाबीच गठबन्धन

रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम...

रुकुम पूर्व र पश्चिममा एमाले र प्रलोपाबीच चुनावी सहकार्य

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिममा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ । यस ...

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।  आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७...

सामाजिक सञ्जालमा भ्रम फैलाउनेमाथि तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम, तथ्यहीन तथा अमर्यादित सामग्री फैलाउनेहरूलाई माथिल्लो तहको आदेश कुर्नु नपरी तत्काल क...

बालेनले रास्वपाका उम्मेदवारसँग लिए चुनावी ब्रिफिङ, भने- सरकार हाम्रो बन्दैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीका उम्मेदवारहरूसँग...

सदस्य सन्तोष परियारले गरे विवाह

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियारले विवाह गरेका छन्। परियारले आइतबार जिल्ला अदालत कास्कीमा पु...

राष्ट्रियसभा निर्वाचन: ५० प्रतिशतभन्दा बढी मतदान

काठमाडौँ। राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जना...

निर्वाचन प्रहरीको संख्या कम भएपछि पुन: भर्ना खुल्ला

इलाम। इलामका लागि माग भएको निर्वाचन प्रहरी संख्या कम भएपछि जिल्ला प्रहरी कार्यालय इलामले पुन: दोस्रो पटक भर्ना खोलेको छ ।  जिल्लाका लागि आवश्यक एक ...

राष्ट्रियसभा चुनाव: गण्डकीमा २२१ मतदाताद्वारा मतदान

लेखनाथ। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी छ। आइतबार दिउँसो २ बजेसम्म दुई सय २१ जनाले मतदान गरेको छन्। प्रदेश निर्वाचन कार्यालय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending