Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कटहरिया नगरपालिकाको सम्पूर्ण सेवा ठप्प

खबरडबली संवाददाता

रौतहट । रौतहटको कटहरिया नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत बिहिन हुँदा सम्पूर्ण सेवा ठप्प भएको छ ।

निलम्बित मेयर अजय प्रकाश जैसवालले नगरका अग्रज कर्मचारीलाई पाखा लगाउँदै आफ्ना पाकिटका कनिष्ट कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउन खोजेको कारण समस्या बल्झिएको हो । 

नगरपालिका २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन हुँदा आर्थिक प्रशासनिक सम्पूर्ण काम ठप्प भएको छ । अधिक्रित नहुँदा सेवाग्राहीको बिभिन्न सिफारिस, विपन्नले पाउने आर्थिक सहयोग बन्द भएको छ । शिक्षक, कर्मचारीले तलब पाउन सकेका छैनन् । प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया, सबै ९ वडाका स्वास्थ चौकी, आयुर्वेदिक अस्पतालमा औषधी अभाव भएको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्। त्यस्तै नगरको स्टोर सामग्री अभावले कार्यालय सञ्चालनमा समस्या भएको छ भने तेल नहुँदा नगरपालिकाको एम्बुलेन्स र शौचालय सफाईको गाड़ी  थन्किएको छ ।

बाहिर अस्पतालमा उपचार गराउने नगरको गरिब बिपन्न सिफारिसको अभावमा छुट पाउन सकेका छैनन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उप सचिव सुरेन्द्र प्रधान साउनको पहिलो साता अन्यत्र सरुवा भएका थिए। त्यस पछि पटकपटक प्रमुख प्रशासकीय अधिकृत को लागि मन्त्रालयमा जाँदा दरबन्दी कायम हुन सकेको छैन । असारको दोस्रो साता निलम्बनमा परेका मेयर अजय प्रकाश जैसवालले एकजना कनिष्ट कर्मचारी लाई प्रमुख प्रशासकिय अधिकृतको रूपमा ल्याउन खोजेको कारण हालसम्म बिहिन रहेको छ । उनले संघीय मामिला मन्त्रालयमा आर्थिक चलखेलको भरमा एकजना संकेत नम्बर समेत नभएका कर्मचारी लाई प्रमुख प्रशासकिय अधिकृत बनाउन प्रयास गरिरहेको कटहरिया ५  का वडा अध्यक्ष तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापती सर्फलाल प्रसादले आरोप लगाएका छन् ।

निलम्बित मेयर जैसवालको ईशारामा उनको पक्षको कार्यपालिका बोर्डबाट कनिष्ट कर्मचारीको प्रस्ताव अघि सारिएपछि कटहरिया स्थित कार्यरत सातौँ तहका स्वास्थ कर्मचारी हरिनारायण साहले त्यसो नगर्न अथवा अग्रज कर्मचारी लाई जिम्मेवारी दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लिखित उजुरी दिएका छन् । लिखित उजुरी पछी प्रमुख प्रशासकीय अधिकृत तोक्न सकिएको छैन ।

निलम्बित मेयर जैसवाल विगत देखिनै साधारण कर्मचारी लाई प्रमुख प्रशासकिय अधिकृत बनाई ल्याएर सम्पूर्ण काममा कमिसन लिने गरेको आरोप लाग्दै आएको छ । शिक्षा, स्वास्थ, विकास निर्माण, करार कर्मचारीको तलबको नाउँमा, तेलको नाउँमा करोडौँ भुक्तानी लिने गरेको वडा ५ का अध्यक्ष सर्फलाल प्रसादको दाबी रहेको छ ।

त्यस्तै अधिकृतको भरमा जैसवालले करार कर्मचारीको तलबको नाउँमा करोडौं, तेल को नाउँमा ८० लाख, डिपिआर ९स्वायल टेस्ट० को नाउँमा ५० लाख , आर्थिक सहयोगको नाउँमा ५० लाख, बिपद व्यवस्थापनको नाउँमा ५० लाख, म्याचिङ्ग फन्डमा ३ करोड, शिक्षक भर्नाको नाउँमा १ करोड २० लाख औषधी खरिदमा ७७ लाख निकासा गरेको अध्यक्ष सर्फलाल प्रसादले जानकारी दिएका छन् ।

कटहरिया नगरपालिकामा दरबन्दी अनुसार उपसचिव अथवा प्रशासकिय अधिकृत प्रमुखको रूपमा गएमा कानुन अनुसार काम गर्छन् कसैको दवाबमा पर्दैनन्। तर मात्र तोक आदेशको भरमा भुक्तानी गराई भ्रष्टाचार गर्न साधारण कनिष्ट कर्मचारीलाई प्रमुख प्रशासकिय अधिकृत बनाउन निलम्वित मेयर जैसवाल सहित नेपाली कांग्रेसका केही नेताहरुले मन्त्रालयमा चलखेल गरिरहेको कटहरियाका जनप्रतिनिधिले आरोप लगाएका छन्। कटहरियाका निलम्बित मेयर अजय प्रकाश जैसवालले सम्पूर्ण आरोपको खण्डन गरेका छन् ।

म आफै निलम्बनमा परेर समस्यामा छु, मेरो कुरा कता चल्छ, मैले कसैको सिफारिस गरेको छैन, नियमानुसार प्रमुख प्रशासकीय अधिकृत जो भए पनि मलाई स्वीकार हुन्छ, जैसवालले प्रतिक्रिया दिएका छन् । जैसवाल निलम्बित भएपछि अहिले कटहरिया नगर कार्यपालिका सदस्यहरु बिभाजित भएका छन् । कार्यपालिका सदस्य १४ मध्ये आधाजसो उनले भने अनुसारको कर्मचारीको सिफारिस गरिरहेका छन् भने बाँकीले विरोध जनाउँदै आएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

कृष्णकुमारीको ‘नारी रेखा’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending