Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कटहरिया नगरपालिकाको सम्पूर्ण सेवा ठप्प

खबरडबली संवाददाता

रौतहट । रौतहटको कटहरिया नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत बिहिन हुँदा सम्पूर्ण सेवा ठप्प भएको छ ।

निलम्बित मेयर अजय प्रकाश जैसवालले नगरका अग्रज कर्मचारीलाई पाखा लगाउँदै आफ्ना पाकिटका कनिष्ट कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउन खोजेको कारण समस्या बल्झिएको हो । 

नगरपालिका २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन हुँदा आर्थिक प्रशासनिक सम्पूर्ण काम ठप्प भएको छ । अधिक्रित नहुँदा सेवाग्राहीको बिभिन्न सिफारिस, विपन्नले पाउने आर्थिक सहयोग बन्द भएको छ । शिक्षक, कर्मचारीले तलब पाउन सकेका छैनन् । प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया, सबै ९ वडाका स्वास्थ चौकी, आयुर्वेदिक अस्पतालमा औषधी अभाव भएको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्। त्यस्तै नगरको स्टोर सामग्री अभावले कार्यालय सञ्चालनमा समस्या भएको छ भने तेल नहुँदा नगरपालिकाको एम्बुलेन्स र शौचालय सफाईको गाड़ी  थन्किएको छ ।

बाहिर अस्पतालमा उपचार गराउने नगरको गरिब बिपन्न सिफारिसको अभावमा छुट पाउन सकेका छैनन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उप सचिव सुरेन्द्र प्रधान साउनको पहिलो साता अन्यत्र सरुवा भएका थिए। त्यस पछि पटकपटक प्रमुख प्रशासकीय अधिकृत को लागि मन्त्रालयमा जाँदा दरबन्दी कायम हुन सकेको छैन । असारको दोस्रो साता निलम्बनमा परेका मेयर अजय प्रकाश जैसवालले एकजना कनिष्ट कर्मचारी लाई प्रमुख प्रशासकिय अधिकृतको रूपमा ल्याउन खोजेको कारण हालसम्म बिहिन रहेको छ । उनले संघीय मामिला मन्त्रालयमा आर्थिक चलखेलको भरमा एकजना संकेत नम्बर समेत नभएका कर्मचारी लाई प्रमुख प्रशासकिय अधिकृत बनाउन प्रयास गरिरहेको कटहरिया ५  का वडा अध्यक्ष तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापती सर्फलाल प्रसादले आरोप लगाएका छन् ।

निलम्बित मेयर जैसवालको ईशारामा उनको पक्षको कार्यपालिका बोर्डबाट कनिष्ट कर्मचारीको प्रस्ताव अघि सारिएपछि कटहरिया स्थित कार्यरत सातौँ तहका स्वास्थ कर्मचारी हरिनारायण साहले त्यसो नगर्न अथवा अग्रज कर्मचारी लाई जिम्मेवारी दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लिखित उजुरी दिएका छन् । लिखित उजुरी पछी प्रमुख प्रशासकीय अधिकृत तोक्न सकिएको छैन ।

निलम्बित मेयर जैसवाल विगत देखिनै साधारण कर्मचारी लाई प्रमुख प्रशासकिय अधिकृत बनाई ल्याएर सम्पूर्ण काममा कमिसन लिने गरेको आरोप लाग्दै आएको छ । शिक्षा, स्वास्थ, विकास निर्माण, करार कर्मचारीको तलबको नाउँमा, तेलको नाउँमा करोडौँ भुक्तानी लिने गरेको वडा ५ का अध्यक्ष सर्फलाल प्रसादको दाबी रहेको छ ।

त्यस्तै अधिकृतको भरमा जैसवालले करार कर्मचारीको तलबको नाउँमा करोडौं, तेल को नाउँमा ८० लाख, डिपिआर ९स्वायल टेस्ट० को नाउँमा ५० लाख , आर्थिक सहयोगको नाउँमा ५० लाख, बिपद व्यवस्थापनको नाउँमा ५० लाख, म्याचिङ्ग फन्डमा ३ करोड, शिक्षक भर्नाको नाउँमा १ करोड २० लाख औषधी खरिदमा ७७ लाख निकासा गरेको अध्यक्ष सर्फलाल प्रसादले जानकारी दिएका छन् ।

कटहरिया नगरपालिकामा दरबन्दी अनुसार उपसचिव अथवा प्रशासकिय अधिकृत प्रमुखको रूपमा गएमा कानुन अनुसार काम गर्छन् कसैको दवाबमा पर्दैनन्। तर मात्र तोक आदेशको भरमा भुक्तानी गराई भ्रष्टाचार गर्न साधारण कनिष्ट कर्मचारीलाई प्रमुख प्रशासकिय अधिकृत बनाउन निलम्वित मेयर जैसवाल सहित नेपाली कांग्रेसका केही नेताहरुले मन्त्रालयमा चलखेल गरिरहेको कटहरियाका जनप्रतिनिधिले आरोप लगाएका छन्। कटहरियाका निलम्बित मेयर अजय प्रकाश जैसवालले सम्पूर्ण आरोपको खण्डन गरेका छन् ।

म आफै निलम्बनमा परेर समस्यामा छु, मेरो कुरा कता चल्छ, मैले कसैको सिफारिस गरेको छैन, नियमानुसार प्रमुख प्रशासकीय अधिकृत जो भए पनि मलाई स्वीकार हुन्छ, जैसवालले प्रतिक्रिया दिएका छन् । जैसवाल निलम्बित भएपछि अहिले कटहरिया नगर कार्यपालिका सदस्यहरु बिभाजित भएका छन् । कार्यपालिका सदस्य १४ मध्ये आधाजसो उनले भने अनुसारको कर्मचारीको सिफारिस गरिरहेका छन् भने बाँकीले विरोध जनाउँदै आएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending