काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नै गल्फ कोर्समा उनलाई "हत्या गर्ने दोस्रो प्रयास" भएको तर उनी सुरक्षित रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्।
घटनामा संलग्न भएको ठानिएका एकजना 'सम्भावित संदिग्ध'लाई हिरासतमा लिइएको उनीहरूले बताएका छन्।
'सीक्रेट सर्भिस एजेन्टहरू'ले झाडीबाट राइफलले ताक्दै गरेको देखेको र लगत्तै उनीहरूले उक्त व्यक्तिमाथि गोली प्रहार गरेको अधिकारीहरूको भनाइ छ। त्यस बेला ट्रम्प त्यहाँ गल्फ खेलिरहेका थिए।
राइफल ताकिँदै गर्दा ट्रम्प २७५ देखि ४५५ मिटरजति मात्र टाढा रहेको एफबीआईले जनाएको छ। एउटा एके-४७ जस्तै बन्दुक, दुईवटा झोलाहरू, एउटा गोप्रो क्यामेरालगायतका सामग्री घटनास्थलमा फेला परेका छन्।
प्रत्यक्षदर्शीका अनुसार ती सन्दिग्ध व्यक्तिलाई पछि सुरक्षाकर्मीले धेरै पटक गोली प्रहार गरेका थिए। त्यसपछि कोही झाडीबाट भागेर कालो निसान कारमा हामफालेको देखिएको थियो।
ती प्रत्यक्षदर्शीले उक्त गाडी र त्यसको नम्बर प्लेटको तस्बिर लिएका थिए। त्यो गाडी पछि मार्टिन काउन्टीमा रोकियो।
"हामीले मार्टिन काउन्टी शेरफको कार्यालयलाई सचेत गरायौँ। उनीहरूले गाडी देखे र गाडीबाट तानेर उक्त पुरुषलाई नियन्त्रणमा लिए," पाम बीच काउन्टीका शेरफ रिक ब्राडशले भने।
"त्यसपछि हामीले घटनाका प्रत्यक्षदर्शीलाई ल्याएर देखाउँदा उनले झाडीबाट भाग्दै गरेको र कारमा बसेको व्यक्तिको रूपमा उसलाई पहिचान गरे," उनले पत्रकार सम्मेलनमा भने। अमेरिकी सञ्चारमाध्यमहरूले पक्राउ परेका व्यक्ति हवाई निवासी ५८ वर्षका पुरुष रहेको जनाएका छन्।
आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू "सुरक्षित र राम्रो अवस्थामा" रहेको बताएका छन्। "कुनै पनि कुराले मलाई पछाडि धकेल्न सक्दैन," उनले लेखेका छन्, "म कहिल्यै पनि आत्मसमर्पण गर्दिनँ!"
यसअघि पेन्सिल्भेनिआको एउटा चुनावी र्यालीमा एक जना बन्दुकधारीले ट्रम्पमाथि गोली प्रहार गरेका थिए।
त्यस क्रममा उनको कानमा गोली लागेको थियो। उनको हत्या प्रयासका रूपमा उक्त घटनालाई हेरिएको थियो।पेन्सिलभेनिआमा भएको आक्रमणको दुई महिनापछि पछिल्लो घटना भएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: