काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आजै बिहान ९ः०० बजेका लागि राखिएको छ ।
सरकारमा अहिले ३ मन्त्री र १ राज्यमन्त्री पठाउन लागेको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए। अहिलेसम्म सदानन्द मण्डल, भूपेन्द्र राई र खगेनसिं हाङ्मामको नाम फाइनल भएको छ । राज्यमन्त्रीमा भने भूमिप्रसाद राजवंशीका नाम टुङ्गो लागेको छ ।
मन्त्री बन्न लागेका राई कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहका हुन् भने मण्डल र हाङ्गाम संस्थापन समूहका हुन् । राज्यमन्त्री राजवंशी सिटौला समूहका हुन् ।
कांग्रेसले पाउने ४ मध्ये १ मन्त्री र १ राज्यमन्त्री भने डाक्टर शेखर कोइराला समूहलाई दिने तयारी छ । उक्त समूहबाट नाम नदिएको कारण खाली राखेरै मन्त्रीमण्डल विस्तार हुन लागेको हो । यसअघि नै एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्री लिने सहमति भएको थियो ।
कांग्रेसले पाउने भौतिक पूर्वाधार विकास मन्त्रालयमा भूपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा हाङ्गाम र पर्यटन वन तथा वातावरण मन्त्रालयमा मण्डल मन्त्री बन्ने भएका छन् ।
स्वास्थ्य मन्त्रालयले भने तत्काल मन्त्री नपाउने भएको छ । राज्यमन्त्रीमा नियुक्त हुन लागेका राजवंशी पनि भौतिक पूर्वाधार विकास मन्त्रालयमै जिम्मेवारी पाउने छन् ।
एमालेले भने मुख्यमन्त्री सहित सामाजिक विकास, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय, आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा यसअघि नै मन्त्री पठाइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: