काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै उनको राजीनामा मागेको छ ।
बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’
बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकपछि प्रमुख सचेतक घिमिरेले उपसभामुख रानामगरमाथि उठेको विषय सामान्य नभएको बताए । ‘यो चानचुन विषय होइन । उपसभामुखले गर्नै नहुने काम गर्नुभएको छ,’ घिमिरेले भने, ‘उहाँले सिफारिस गर्नै मिल्दैन, परराष्ट्र मार्फत भएर जानुपर्ने कुरा आफैंले लेख्नुभएको छ । संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ ।’
उनलाई पदबाट हटाउने गरी सत्ता गठबन्धनले तयारी गरेको छ ।
उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् ।
२०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख गम्भिर विवादमा परेकी छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १२:४३
खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्ध...
श्रावण ३ गते, २०८३ - १२:१४
काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपव...
श्रावण ३ गते, २०८३ - १०:२१
चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नारायण...
श्रावण ३ गते, २०८३ - १०:०७
भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाह...
श्रावण २ गते, २०८३ - १६:५३
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...
श्रावण २ गते, २०८३ - १६:४८
काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...
श्रावण २ गते, २०८३ - १६:४३
लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...
श्रावण २ गते, २०८३ - १६:३२
काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग उद्घ...
श्रावण २ गते, २०८३ - १६:१९
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधी उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित नेपाल औषधी लिमिटेडमार्फत आगामी दुई वर्षभित्र ३६ ...
श्रावण २ गते, २०८३ - १५:५२
म्याग्दी। पहिरोको जोखिमका कारण शनिबार राती देखि बेनी-दरबाङ र बेनी-जोमसोम सडकमा सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ । प...



प्रतिकृया लेख्नुहोस्: