Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै उनको राजीनामा मागेको छ ।

बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’

बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकपछि प्रमुख सचेतक घिमिरेले उपसभामुख रानामगरमाथि उठेको विषय सामान्य नभएको बताए । ‘यो चानचुन विषय होइन । उपसभामुखले गर्नै नहुने काम गर्नुभएको छ,’ घिमिरेले भने, ‘उहाँले सिफारिस गर्नै मिल्दैन, परराष्ट्र मार्फत भएर जानुपर्ने कुरा आफैंले लेख्नुभएको छ । संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ ।’

उनलाई पदबाट हटाउने गरी सत्ता गठबन्धनले तयारी गरेको छ ।

उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् ।

२०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख गम्भिर विवादमा परेकी छिन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभा निर्वाचन : ९५.६८ प्रतिशत मतदान

काठमाडौँ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । निर्वाचतन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बिहान ९ बजेदेख...

रोशनी मेचे कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित

विराटनगर। राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। उनी कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार थिइन्। दलित तर्...

कर्णाली प्रदेशका आठ जिल्लामा एमाले र प्रलोपाबीच गठबन्धन

रुकुम पूर्व र पश्चिममा प्रलोपालाई एमालेले सघाउने

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम...

रुकुम पूर्व र पश्चिममा एमाले र प्रलोपाबीच चुनावी सहकार्य

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिममा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ । यस ...

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।  आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७...

सामाजिक सञ्जालमा भ्रम फैलाउनेमाथि तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम, तथ्यहीन तथा अमर्यादित सामग्री फैलाउनेहरूलाई माथिल्लो तहको आदेश कुर्नु नपरी तत्काल क...

बालेनले रास्वपाका उम्मेदवारसँग लिए चुनावी ब्रिफिङ, भने- सरकार हाम्रो बन्दैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीका उम्मेदवारहरूसँग...

सदस्य सन्तोष परियारले गरे विवाह

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियारले विवाह गरेका छन्। परियारले आइतबार जिल्ला अदालत कास्कीमा पु...

राष्ट्रियसभा निर्वाचन: ५० प्रतिशतभन्दा बढी मतदान

काठमाडौँ। राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending