Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

महोत्तरीको उत्तरी क्षेत्रलाई पुरातात्विक पर्यटन केन्द्र घोषणा गर्न पहल गर्छु : अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको उत्तरी क्षेत्रलाई  पुरातात्त्विक पर्यटन केन्द्रको रुपमा विकास गर्न पहल गर्ने वताएका छन ।

मंगलवार होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशले गौतम होटलमा आयोजना गरेको छलफल कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले जिल्लाको उत्तरी क्षेत्र पुरातात्त्विक हिसावले महत्त्वपूर्ण भएको हुनाले विकास गर्ने प्रसस्त आधार देखिएको वताए ।

मधेश प्रदेश कै अग्लो मानिएको वर्दिवास(११ को  चनौटे डाँडोको विविधतायुक्त हावापानी, पाटुको मध्यपाषण युगको हतियार कारखाना, गिद्व वासस्थान लगायतका याँहाका ठाउँहरु पर्यटकिय उर्वर क्षेत्र रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

चनौटे डाँडामा त म पनि  पुगेको छु । त्याँहा पुगेपछी म आफैले पनि अनौठो  महसुस गरेको थिए ।झ उन्ले भने  । ञयी सवै ठाउँहरुको पर्वद्वन र पर्यटकिय गन्तव्य वनाउन प्रतिपक्षमा नै भएपनी पहल गर्नेछु ।झ

पर्यटन व्यवसायीहरुले १२ हजार बर्ष पहिला हतियार कारखाना रहेको भनिएको पाटुलाई पुरातात्त्विक पर्यटन केन्द्र घोषणाको लागि  सरकारलाई पहल गरिदिन पनि अनुरोध गरेका छन ।

होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतम, महोत्तरी अध्यक्ष गुन्ज कार्की, माहासचिव नारायण घिमिरे लगायतले दिगो विकासको लागि पर्यटन उधोग स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।

अध्यक्ष  कार्कीले बन्जी जम्प, जिपलाईन जस्ता परियोजना निर्माण गरेर पर्यटकहरुलाई आकर्षित गर्न सकिने धारणा राखे ।

छलफलमा उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले अध्यक्ष प्रचण्डलाई रातु-राईमन्डल पर्यटन विकासको लागि ध्यानाकर्षण-पत्र नै बुझाएका थिए भने स्थानिय पत्रकारहरुले पर्य्टकिय गन्तव्यहरुको विषयमा ध्यानाकर्षण गराएका थिए ।

धार्मिक, साँस्कृतिक र प्राकृतिकरुपमा पर्यटकीय  दृष्टिकोणले मधेश प्रदेश ठूलो पर्यटकिय हव वन्न सक्ने वताउदै अध्यक्ष प्रचण्डले छलफलमा प्राप्त भएका सुझावहरुलाई गम्भिररुपमा लिएको वताएका छन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

कृष्णकुमारीको ‘नारी रेखा’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending