Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

बुबालाई सम्झिँदै सुहाङ- सधैं भन्नुहुन्थ्यो, ‘विनम्रताले दुनियाँ जित्न सकिन्छ’

सुहाङ नेम्वाङ

सम्झे, ‘बुवा आज यही हुनु भएको भए कति खुशी हुनुहुन्थ्यो होला ।’ अब शान्ति सम्झौता पूर्ण कार्यान्वयनको बाटोमा अघि बढेका छौं ।

मेरो बुवाले सधैं भन्नुहुन्थ्यो, ‘सहमति र सहकार्य ।’ उहाँ सहमति र सहकार्यका विनम्र पहरेदार र प्रवक्ता हुनुहुन्थ्यो । हो, यही मान्यताको साथ उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व जस्ता पक्ष सामेल भएको नेपालको संविधान २०७२ जारी गर्ने ऐतिहासिक कार्यको नेतृत्व गर्नुभयो । 

आज म फेरि एक पटक यो सम्मानति सदनमा उभिएर उहाँप्रति सम्मान प्रकट गर्दछु । मेरो बुवा सधैं भन्ने गर्नुहुन्थ्यो, ‘जस्तासुकै मतभिन्नतालाई पनि समाधान गर्न सकिन्छ, समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ ।’ आफ्नै नेतृत्वमा घोषणा भएको नेपालको संविधानले सबै विचार, वाद र आस्थालाई, सबै धर्म, संस्कृति र पहिचानलाई सहअस्तित्व र विकासको ठाउँ दिएको उहाँको दृढ मान्यता थियो । सबै संकटहरुलाई ‘सहमति र सहकार्य’को बलमा पार लगाउनुपर्छ भन्ने उहाँको विचार थियो । 

मलाई लाग्छ, फेरि एक पटक उहाँकै मान्यतामा देश उभिएको छ । हाम्रो सामुन्नेमा उभिएका पहाड जस्तो अनेकन समस्या, निराशा र अबरोधहरुलाई पछ्याएर मुलुकलाई समृद्धिको बाटोमा लैजाने अठोटका साथ नेकपा (एमाले) र नेपाली कांग्रेस एकै ठाउँमा उभिएको छ । मानवशास्त्री सुरेश ढकालले आफ्नो नयाँ पुस्तक ‘इतिहास अघिको इतिहास’मा लेख्नुुहुन्छ, ‘वर्तमान विगतको परिणाम हो र विगतप्रतिको प्रतिक्रिया पनि ।’ 

माननीयज्यूहरु, फर्केर इतिहासलाई हेर्नुहोस् त मुलुकमा जति जतिबेला ठुला परिर्वतन भए, ‘सहमति र सहकार्य’कै बलमा भएका छन् । २००७ सालको क्रान्ति हेर्नुहोस्, २०४६ सालको परिवर्तन हेर्नुहोस्, २०६२/२०६३ को जनआन्दोलन हेर्नुहोस्, २०७२ मा संबिधान जारी गर्दा हेर्नुहोस् । हामीले ‘सहमति र सहकार्य’ बलमा गरेका छौं । पछिल्लो समयमा समाजमा एउटा भाष्य निर्माण गरिएको छ, निराशा र नकरात्मकता भाष्य । त्यो भाष्य हो, ‘अब यो देश बन्दैन, जो नेतृत्वमा छन् तिनिहरु सबै खराब हुन् ।’ यस्तो लाग्छ, निराशा, उत्तेजना र घृणाको महामारी फैलिरहेको छ । 

हो, यही संकट र निराशाको विचमा नेकपा (एमाले)का आदणीय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस र एमाले मिलेर सरकार बनेको छ । मलाई पुरा विश्वास छ, जसरी २००७ साल, २०४६ साल, २०६२/०६३ र २०७२ सालमा यिनै दल मिलेर मुलुकलाई नयाँ बाटो र उज्यालोमा लैजान सफल भयो । फेरि एक पटक सफल हुनेछ । 

आज यहाँ उभिएर प्रतिपक्षतिर फर्केर भन्छु, ‘तपाईहरु पनि यही सरकारमा आउनुहोस्, मुलुकमा निराशाको व्यापार होइन, आशाको नयाँ सञ्चार गरौं ।’ हो, इतिहासले सुम्पिएको जिम्मेवारी यही हो । ‘सहमति र सहकार्यका विनम्र प्रवक्ता स्वा.सुवास नेम्बाङप्रतिको साँचो श्रद्धाञ्जली पनि यही हुनेछ ।

सम्माननीय सभामुख महोदय,

संबिधान निर्माण जस्तै बुवाको अर्को उत्कष्ट चाहना थियो, ‘शान्ति प्रक्रिया टुंगोमा पु¥याउने ।’  तात्कालिन अवस्थामा प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन विधेयकमा सहमति जुटाउन उहाँले गर्नुभएको दौडधुपको म एकजना साक्षी हुँ । पछिल्लो पटक उहाँले भन्नु भएको कुरा मलाई याद छ । भन्नुहुन्थ्यो, ‘शान्ति प्रक्रियाको बारेमा भएका अन्तर्राष्ट्रिय चासो र आलोचनाप्रति म जानकार छु । 

शान्ति प्रक्रियाको विषयमा धेरै कुरा मिलेको छ । विषयहरु निक्कै ‘न्यारो डाउन’ भएका छन् । अब छिट्टै, सकारात्मक खबर दिनेछौं । जो संसारका लागि समेत नयाँ सन्देश हुनेछ ।’ जतिसक्दो छिटो, आफ्नै पहलकदमीमा ‘शान्ति प्रक्रिया टुंगोमा पु¥याउने’ उहाँको चाहना थियो । विचमा असमति भएको बेला भन्नुहुन्थ्यो, ‘यसका लागि राजनीतिक दलहरुका बीचमा सौर्हादता र संवाद आवश्यक छ ।’ यसविचमा हामीले त्यसलाई टुंगोमा पु¥याएका छौं । 

संयोगले, कानुन न्याय तथा मानव अधिकार समितिको सदस्यको रुपमा आफै पनि सहभागी बन्न पाएँ । संसदले यो विधेयकमा सहमति जुटाइरहेको बेला मेरो आँखामा बुवाको अनुहार आइरह्यो । सम्झे, ‘बुवा आज यही हुनु भएको भए कति खुशी हुनुहुन्थ्यो होला ।’ अब शान्ति सम्झौता पूर्ण कार्यान्वयनको बाटोमा अघि बढेका छौं । उहाँले संविधान बनाउँदै गर्दा देखेको सपनाले साकार रुप ग्रहण गर्नेछ भन्ने मेरो विश्वास छ ।

सम्माननीय सभामुख महोदय,

संबिधानमा हामीले लेखेका छौं, ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।’ हो, हामीले संबिधानमा समाजवाद उन्मुख लेखेका छौं । बुवा सधैं भन्नुहुन्थ्यो, ‘समृद्धिका लागि सुशासन र सामाजिक न्याय । विचारको विविधता, बहुदलीय प्रतिष्पर्धा र स्वस्थ बहस ।’ म इलामेली जनताको प्रतिनिधिको रुपमा निर्वाचित भएको ४ महिना भयो । मैले यसविचमा अनूभुत गरेको सबैभन्दा पेचिलो बिषय हो, ‘सुशासन ।’ 

मलाई लाग्छ, हाम्रो विकासको, समृद्धिको सबैभन्दा ठुलो अबरोध सुशासन नहुनु हो । गएको चार महिनामा खासगरी इलामको भौतिक पूर्वाधार निर्माणको बिषयमा म दर्जनौं कार्यालयहरु पुगेँ, दर्जनौं बैठकहरु गरेँ । त्यसको आधारमा मेरो निचोड हो, हाम्रो समृद्धिको सबैभन्दा ठुलो बाधक भ्रष्टाचार हो । आभाव, ‘सुशासन हो ।’ हामी ठुलै लडाई गरेर आयोजनाहरुमा बजेट विनियोजन गछौं । आयोजनाहरु लैजान्छौं । तर समयमा बन्दै बन्दैन, बने पनि गुणस्तरीय बन्दैन । म जोड दिएर भन्न चहान्छु, ‘भ्रष्टाचार र ढिलासुस्ती हाम्रो सपनाको प्रमुख बाधक हो । यसलाई कसरी हुन्छ सधैंका लागि फालौं ।

दोस्रो कुरा, समाजको तल्लो वर्गले जबसम्म परिवर्तनको अनूभुत गर्न सक्दैनन् । उनीहरुको जीवनमा परिवर्तन आउदैंन । हामीले परिकल्पना गरेर समृद्धि हासिल हुनै सक्दैन । हामीले समृद्धिलाई सामाजिक न्यायसँगै जोडेर लैजानुपर्छ । हामीले संबिधानमा भनेका छौं, ‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण ।’

सम्माननीय सभामुख महोदय,
सुवास नेम्बाङको अर्को पाटो भनेको विनम्रता र आशा हो । सधैं भन्नुहुन्थ्यो, ‘विनम्रताले दुनियाँ जित्न सकिन्छ ।’ पछिल्लो समयमा यसो हेर्छु उत्तेजना, भत्सर्ना र घृणा महामारी जस्तै सल्किरहेको छ । आशा होइन निराशाको व्यापार भइरहेको छ । 

इतिहासलाई गाली गर्ने, आज हामी जहाँ उभिएका छौं । त्यो जग बनाइदिने नेतृत्वलाई गाली गर्ने । यसरी नै निराशा, उत्तेजना र घृणा फैलिइरहने हो भने असहिष्णुताको आँधीवेहरी चलाइरहने हो भने नेपाली समाज विघटन तर्फ नजलाला भन्न सकिन्न । मेरो विनम्र अनुरोध छ, देश बन्छ, बनाउनुपर्छ । असहिष्णुताको आँधीवेहरी होइन सुसंस्कृत समाज निर्माण गरौं । बुवाकै शब्द सापटी लिएर भन्छु, ‘सहमति र सहकार्य ।’ 

(सांसद नेम्वाङले मंगलबार प्रतिनिधि सभाकोे बैठकमा गरेको सम्बोधनं)

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: