Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

बुबालाई सम्झिँदै सुहाङ- सधैं भन्नुहुन्थ्यो, ‘विनम्रताले दुनियाँ जित्न सकिन्छ’

सुहाङ नेम्वाङ

सम्झे, ‘बुवा आज यही हुनु भएको भए कति खुशी हुनुहुन्थ्यो होला ।’ अब शान्ति सम्झौता पूर्ण कार्यान्वयनको बाटोमा अघि बढेका छौं ।

मेरो बुवाले सधैं भन्नुहुन्थ्यो, ‘सहमति र सहकार्य ।’ उहाँ सहमति र सहकार्यका विनम्र पहरेदार र प्रवक्ता हुनुहुन्थ्यो । हो, यही मान्यताको साथ उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व जस्ता पक्ष सामेल भएको नेपालको संविधान २०७२ जारी गर्ने ऐतिहासिक कार्यको नेतृत्व गर्नुभयो । 

आज म फेरि एक पटक यो सम्मानति सदनमा उभिएर उहाँप्रति सम्मान प्रकट गर्दछु । मेरो बुवा सधैं भन्ने गर्नुहुन्थ्यो, ‘जस्तासुकै मतभिन्नतालाई पनि समाधान गर्न सकिन्छ, समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ ।’ आफ्नै नेतृत्वमा घोषणा भएको नेपालको संविधानले सबै विचार, वाद र आस्थालाई, सबै धर्म, संस्कृति र पहिचानलाई सहअस्तित्व र विकासको ठाउँ दिएको उहाँको दृढ मान्यता थियो । सबै संकटहरुलाई ‘सहमति र सहकार्य’को बलमा पार लगाउनुपर्छ भन्ने उहाँको विचार थियो । 

मलाई लाग्छ, फेरि एक पटक उहाँकै मान्यतामा देश उभिएको छ । हाम्रो सामुन्नेमा उभिएका पहाड जस्तो अनेकन समस्या, निराशा र अबरोधहरुलाई पछ्याएर मुलुकलाई समृद्धिको बाटोमा लैजाने अठोटका साथ नेकपा (एमाले) र नेपाली कांग्रेस एकै ठाउँमा उभिएको छ । मानवशास्त्री सुरेश ढकालले आफ्नो नयाँ पुस्तक ‘इतिहास अघिको इतिहास’मा लेख्नुुहुन्छ, ‘वर्तमान विगतको परिणाम हो र विगतप्रतिको प्रतिक्रिया पनि ।’ 

माननीयज्यूहरु, फर्केर इतिहासलाई हेर्नुहोस् त मुलुकमा जति जतिबेला ठुला परिर्वतन भए, ‘सहमति र सहकार्य’कै बलमा भएका छन् । २००७ सालको क्रान्ति हेर्नुहोस्, २०४६ सालको परिवर्तन हेर्नुहोस्, २०६२/२०६३ को जनआन्दोलन हेर्नुहोस्, २०७२ मा संबिधान जारी गर्दा हेर्नुहोस् । हामीले ‘सहमति र सहकार्य’ बलमा गरेका छौं । पछिल्लो समयमा समाजमा एउटा भाष्य निर्माण गरिएको छ, निराशा र नकरात्मकता भाष्य । त्यो भाष्य हो, ‘अब यो देश बन्दैन, जो नेतृत्वमा छन् तिनिहरु सबै खराब हुन् ।’ यस्तो लाग्छ, निराशा, उत्तेजना र घृणाको महामारी फैलिरहेको छ । 

हो, यही संकट र निराशाको विचमा नेकपा (एमाले)का आदणीय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस र एमाले मिलेर सरकार बनेको छ । मलाई पुरा विश्वास छ, जसरी २००७ साल, २०४६ साल, २०६२/०६३ र २०७२ सालमा यिनै दल मिलेर मुलुकलाई नयाँ बाटो र उज्यालोमा लैजान सफल भयो । फेरि एक पटक सफल हुनेछ । 

आज यहाँ उभिएर प्रतिपक्षतिर फर्केर भन्छु, ‘तपाईहरु पनि यही सरकारमा आउनुहोस्, मुलुकमा निराशाको व्यापार होइन, आशाको नयाँ सञ्चार गरौं ।’ हो, इतिहासले सुम्पिएको जिम्मेवारी यही हो । ‘सहमति र सहकार्यका विनम्र प्रवक्ता स्वा.सुवास नेम्बाङप्रतिको साँचो श्रद्धाञ्जली पनि यही हुनेछ ।

सम्माननीय सभामुख महोदय,

संबिधान निर्माण जस्तै बुवाको अर्को उत्कष्ट चाहना थियो, ‘शान्ति प्रक्रिया टुंगोमा पु¥याउने ।’  तात्कालिन अवस्थामा प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन विधेयकमा सहमति जुटाउन उहाँले गर्नुभएको दौडधुपको म एकजना साक्षी हुँ । पछिल्लो पटक उहाँले भन्नु भएको कुरा मलाई याद छ । भन्नुहुन्थ्यो, ‘शान्ति प्रक्रियाको बारेमा भएका अन्तर्राष्ट्रिय चासो र आलोचनाप्रति म जानकार छु । 

शान्ति प्रक्रियाको विषयमा धेरै कुरा मिलेको छ । विषयहरु निक्कै ‘न्यारो डाउन’ भएका छन् । अब छिट्टै, सकारात्मक खबर दिनेछौं । जो संसारका लागि समेत नयाँ सन्देश हुनेछ ।’ जतिसक्दो छिटो, आफ्नै पहलकदमीमा ‘शान्ति प्रक्रिया टुंगोमा पु¥याउने’ उहाँको चाहना थियो । विचमा असमति भएको बेला भन्नुहुन्थ्यो, ‘यसका लागि राजनीतिक दलहरुका बीचमा सौर्हादता र संवाद आवश्यक छ ।’ यसविचमा हामीले त्यसलाई टुंगोमा पु¥याएका छौं । 

संयोगले, कानुन न्याय तथा मानव अधिकार समितिको सदस्यको रुपमा आफै पनि सहभागी बन्न पाएँ । संसदले यो विधेयकमा सहमति जुटाइरहेको बेला मेरो आँखामा बुवाको अनुहार आइरह्यो । सम्झे, ‘बुवा आज यही हुनु भएको भए कति खुशी हुनुहुन्थ्यो होला ।’ अब शान्ति सम्झौता पूर्ण कार्यान्वयनको बाटोमा अघि बढेका छौं । उहाँले संविधान बनाउँदै गर्दा देखेको सपनाले साकार रुप ग्रहण गर्नेछ भन्ने मेरो विश्वास छ ।

सम्माननीय सभामुख महोदय,

संबिधानमा हामीले लेखेका छौं, ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।’ हो, हामीले संबिधानमा समाजवाद उन्मुख लेखेका छौं । बुवा सधैं भन्नुहुन्थ्यो, ‘समृद्धिका लागि सुशासन र सामाजिक न्याय । विचारको विविधता, बहुदलीय प्रतिष्पर्धा र स्वस्थ बहस ।’ म इलामेली जनताको प्रतिनिधिको रुपमा निर्वाचित भएको ४ महिना भयो । मैले यसविचमा अनूभुत गरेको सबैभन्दा पेचिलो बिषय हो, ‘सुशासन ।’ 

मलाई लाग्छ, हाम्रो विकासको, समृद्धिको सबैभन्दा ठुलो अबरोध सुशासन नहुनु हो । गएको चार महिनामा खासगरी इलामको भौतिक पूर्वाधार निर्माणको बिषयमा म दर्जनौं कार्यालयहरु पुगेँ, दर्जनौं बैठकहरु गरेँ । त्यसको आधारमा मेरो निचोड हो, हाम्रो समृद्धिको सबैभन्दा ठुलो बाधक भ्रष्टाचार हो । आभाव, ‘सुशासन हो ।’ हामी ठुलै लडाई गरेर आयोजनाहरुमा बजेट विनियोजन गछौं । आयोजनाहरु लैजान्छौं । तर समयमा बन्दै बन्दैन, बने पनि गुणस्तरीय बन्दैन । म जोड दिएर भन्न चहान्छु, ‘भ्रष्टाचार र ढिलासुस्ती हाम्रो सपनाको प्रमुख बाधक हो । यसलाई कसरी हुन्छ सधैंका लागि फालौं ।

दोस्रो कुरा, समाजको तल्लो वर्गले जबसम्म परिवर्तनको अनूभुत गर्न सक्दैनन् । उनीहरुको जीवनमा परिवर्तन आउदैंन । हामीले परिकल्पना गरेर समृद्धि हासिल हुनै सक्दैन । हामीले समृद्धिलाई सामाजिक न्यायसँगै जोडेर लैजानुपर्छ । हामीले संबिधानमा भनेका छौं, ‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण ।’

सम्माननीय सभामुख महोदय,
सुवास नेम्बाङको अर्को पाटो भनेको विनम्रता र आशा हो । सधैं भन्नुहुन्थ्यो, ‘विनम्रताले दुनियाँ जित्न सकिन्छ ।’ पछिल्लो समयमा यसो हेर्छु उत्तेजना, भत्सर्ना र घृणा महामारी जस्तै सल्किरहेको छ । आशा होइन निराशाको व्यापार भइरहेको छ । 

इतिहासलाई गाली गर्ने, आज हामी जहाँ उभिएका छौं । त्यो जग बनाइदिने नेतृत्वलाई गाली गर्ने । यसरी नै निराशा, उत्तेजना र घृणा फैलिइरहने हो भने असहिष्णुताको आँधीवेहरी चलाइरहने हो भने नेपाली समाज विघटन तर्फ नजलाला भन्न सकिन्न । मेरो विनम्र अनुरोध छ, देश बन्छ, बनाउनुपर्छ । असहिष्णुताको आँधीवेहरी होइन सुसंस्कृत समाज निर्माण गरौं । बुवाकै शब्द सापटी लिएर भन्छु, ‘सहमति र सहकार्य ।’ 

(सांसद नेम्वाङले मंगलबार प्रतिनिधि सभाकोे बैठकमा गरेको सम्बोधनं)

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending