काठमाडौं । चीनमा बीमाको रकम कुम्ल्याउन रचिएको एउटा अनौठो योजनाको फर्दाफास भएको छ। चीनको सांघाईमा बसोबास गर्ने झी थरकी एक ४२ वर्षीया महिलाले पटक–पटक नक्कली गर्भपातको कागजात पेस गरेर बीमा कम्पनीहरुबाट लाखौँ रकम दाबी भुक्तानी लिएको खुलासा भएको हो।
मातृत्व बीमा लाभ पोलिसीअन्तर्गत झीले पटक–पटक नक्कली गर्भपातको कागजात पेस गरेर ६६ हजार २०० युआन (करिब साढे १२ लाख रुपैयाँ) दाबी भुक्तानी लिएकी हुन्। झी उच्च आम्दानी भएकी महिला हुन् । एउटा विदेशी कम्पनीमा काम गरेर उनले मासिक ३० हजार युआन तलब पाउँछिन् ।
साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारअनुसार उनले टेलिकम्युनिकेस र कम्प्युटर साइन्सको पढाइ पूरा गरेकी छन् । झी कार्यरत कम्पनीले नै महिला कर्मचारीहरुको मातृत्व बीमा लाभ कार्यक्रमअन्तर्गत बीमा गरिदिने गरेको छ । त्यही कार्यक्रमअन्तर्गत झीले बीमा गराएकी थिइन् । यो बीमा योजनाअन्तर्गत महिलाहरुलाई औषधोउपचार खर्च बीमा कम्पनीले व्यहोर्छ।
दुई वर्षअघि झीको साँच्चिकै गर्भपात भएको थियो । त्यो बेला उनले बीमा दाबी भुक्तानी पाएकी थिइन् । गत डिसेम्बरमा त्यही पहिलाको घटना याद गर्दै बीमाको रकम पाउन उनले नक्कली गर्भपातको योजना बुनिन् । आफ्नो कम्प्युटरसम्बन्धी सीपको मद्दतले उनले नक्कली गर्भपातको कागजपत्र, अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको कागजपत्र तयार गरेर दुईवटा अनलाइन बीमा दाबी गरिन्। उनले यी दुई दाबीबाट ६६ हजार २०० युआन पाउन सफल भइन् । त्यसपछि अरुले थाहा पाउने डरले उनले कागजी र डिजिटल रेकर्डहरु सबै मेटिदिइन्।
यो वर्षको सुरुआतमा पनि झीले फेरि त्यस्तै नक्कली गर्भपातको कागजपत्र पेस गरेर ४० हजार युआन बीमा दाबी गरिन्। दुर्भाग्यवश यो दाबी रद्द भयो। गत फेब्रुअरीमा उनले साँच्चिकै पहिलो सन्तानलाई जन्म दिइन् र फेरि मातृत्व बीमा लाभअन्तर्गत दाबी पेस गरिन्। त्यतिबेला भने उनी फन्दामा परिन्। बीमा अधिकारीहरुले झीले अहिलेसम्म ५ पटक नक्कली गर्भपातको कागज पेस गरेर बीमा दाबी भुक्तानी लिएको पत्ता लगाए। अनि बीमा नियामकले झीविरुद्ध प्रहरीमा उजुरी दियो।
प्रहरीमा उजुरी परेपछि झी आफैँले आत्मसमर्पण गरेकी छन्उ । नले बीमा धोकाधडीबाट असुलको रकम पनि फिर्ता गरेकी छन् । सांघाईको अदालतले पनि झीलाई दोषी ठहर गर्दै गत अगस्ट १६ मा डेढ वर्ष कारावासको सजाय सुनाएको थियो। उनी हाल कारागारमा छिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: