Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

भियतनाममा शक्तिशाली आँधीले पुल भत्काउँदा कैयौँ गाडी नदीमा खसे, ६० भन्दा बढीको मृत्यु पुष्टी

खबरडबली संवाददाता

काठमाडौं । उत्तरी भियतनाममा ‘सुपर टाइफुन’ यागीका कारण एक व्यस्त पुल भत्किँदा कैयौँ सवारीसाधन पानीमा डुबेका छन्। त्यस क्रममा हराइरहेका १३ जनाको खोजी भइरहेको छ।

शनिवार भियतनाममा बज्रिएयता उक्त आँधीका कारण त्यहाँ ६० जनाभन्दा धेरै मानिसहरूको मृत्यु भएको छ।‘ड्यासक्याम’बाट खिचिएका भिडिओ फूटेजमा सोमवार फु थोक प्रान्तको फोङ चाउ पुल भत्किएको क्षण देखिन्छ।

पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनेका छन्।पश्चिमतर्फ सर्ने क्रममा रहेको यागीले थप विनाश गर्ने अधिकारीहरूले चेतावनी दिएका छन्।

प्रतिघण्टा २०३ किलोमिटरको वेगको यस आँधीबाट २४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन्। यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली तुफान हो। फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कूटर रेड नदीमा खसेको भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जनाएका छन्।

चालकले रोक्न नभ्याउँदै अगाडिको पुल भत्किँदा लरी पानीमा खसेको क्षण क्यामेरामा कैद भएको थियो। हालसम्म नदीबाट कम्तीमा तीन जना मानिसहरूको उद्धार गरिएको छ। नुयाङ मिन्ह हइले पुल भत्किँदा आफूले उक्त पुलमा मोटरसाइकल चलाइरहेको बताउँछन्।

“तल खस्दा म निकै आत्तिएँ,” अस्पतालबाट बोल्दै उनले भने। “मलाई भर्खर मैले मृत्यु छलेँ भन्ने अनुभूति भइरहेको छ। मलाई पौडी खेल्न आउँदैन त्यसैले अब म मर्छु जस्तो लागेको थियो।”

३७५ मिटर लामो उक्त पुलको केही भाग अझै बाँकी छ। त्यहाँको सेनाले खाली रहेको उक्त भागमा सक्दो छिटो पानीमा तैरनै अस्थायी प्रकृतिको ‘पोन्टून’ पुल बनाउन निर्देशन दिएको छ। भियतनामको कृषि तथा ग्रामीण विकास मन्त्रालयका अनुसार मृत्यु भएकाहरूमध्ये कम्तीमा ४४ जनाको पहिरो र अकस्मात् आएको बाढीबाट ज्यान गएको थियो।

जसमध्ये ६८ वर्षकी एक महिला, एक वर्षका बालक र एक नवजात शिशु छन्। आँधीले घरका छानाहरू उडाउने, रूखहरू ढाल्ने र उत्तरी भागमा पूर्वाधार तथा कारखानाहरूमा व्यापक क्षति पुर्‍याएको छ।

रोयटर्स समाचार संस्थाका तस्बिरहरूमा हाइ फोङ सहरको एलजी इलेक्ट्रोनिक्स कारखानाको पर्खाल भत्किएको देखिन्छ। यन बाई प्रान्तमा सोमवार बाढीको पानीका कारण सतहको उचाइ बढेपछि २,४०० परिवारलाई उच्च भूभागमा सारिएको एएफपी समाचार संस्थाले जनाएको छ।

भियतनामका तटीय सहरहरूबाट झण्डै ५०,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने, अधिकारीहरूले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी जारी गरेका छन्।

हनोईसहितका १२ उत्तरी प्रान्तमा विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन्। देशको उत्तर पूर्व तट क्षेत्रमा रेष्टुराँ चलाउने नोयङ थी थोमले आफू र कैयौँ अरू मानिसहरूले आँधीका कारण सब थोक गुमाएको बताउँछिन्। “मसँग केही बाँकी छैन। जब म आसपास हेर्छु मानिसहरूले मजस्तै सर्वस्व गुमाएका छन्,” उनले भनिन्। “म यस अवस्थाबाट माथि उठ्ने प्रयास मात्र गर्न सक्छु ”

भियतनाममा बज्रिनुअघि यागीका कारण दक्षिण चीन र फिलिपिन्समा २४ जनाले ज्यान गुमाएका थिए। विश्व तातिरहँदा ताइफुनले तीव्र वेग र अझ भारी वर्षा निम्त्याउन सक्ने भए तापनि प्रत्येक जसो आँधीमा जलवायु परिवर्तनको प्रभाव हेर्ने काम जटिल छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...

२४ वर्षपछि हेटौँडा कपडा उद्योगमा फेरि चहलपहल, दुई महिनाभित्र परीक्षण उत्पादन

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...

पदबहालीसँगै काउन्सिल अध्यक्ष श्रेष्ठको घोषणा : एआई निर्देशिका बन्छ, प्रेस स्वतन्त्रता प्राथमिकतामा

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...

बर्डफ्लुले कुखुरा संकटमा, खसी–राँगा–माछामा मनपरी मूल्य

काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...

नारायणगढ–मुग्लिनमा पहिरो पन्छिँदै, हेटौँडाबाट काठमाडौंतर्फ सवारी सञ्चालन सुरु

काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...

सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाखको चेक बाउन्स : कीर्ते, बैंक र अनुसन्धानमाथि उठे गम्भीर प्रश्न

काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending