कालिकोट । कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ । किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि समस्या भएको हो ।
यहाँको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा किवी खेती फस्टाएको छ । तर, किसानलाई बिक्रीको चिन्ता छ । रुप्साका अगुवा किसान जसमल बोगटीले यस वर्ष मात्रै पाँच क्विन्टल किवी उत्पादन गरे । तर, उत्पादित किवीको बजारीकरणमा समस्या भयो ।
“बोटमै किवी पाक्न थालेपछि बजार र मूल्यको तनाव हुन्छ”, उनले भने, “यहाँ सडक नपुगेकाले बजारमा कहाँ लैजानु । बाटोमा पहिरो आएर पैदल हिँड्न पनि सकिन्न ।”
रामेछाप जिल्लाबाट किवीका बिरुवा खरिद गरेर ल्याएर खेती गर्दै आएका उनले छिमेकी तथा गाउँलेलाई किवीको बेर्ना निःशुल्क दिने गरेको र भविष्यमा गाउँलाई किवी उत्पादनले चिनाउने लक्ष्य राखेको बताए । “यसवर्ष उत्पादन भएकोमध्ये कसरी कहाँ बिक्री गरौँ भन्ने छ । आउने दिनमा केही भइहाल्ला”, उनले भने, “कता लैजाने र कहाँ बिक्री गर्ने भन्ने अन्योल छ ।”
उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उनको भनाइ छ । “यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले व्यावसायिक खेती सुरु गरेका थिए” उनले भने, “तर, उत्पादनसँगै बजारीकरणको समस्या भएको छ ।”
नरहरिनाथ गाउँपालिकामा किवी, अलैँचीलगायतबाट राम्रो आम्दानी हुने सम्भावना देखिएको स्थानीय रामबहादुर बटालाले बताए । “यहाँका किसानले किवी अलैँची तथा जडिबुडीको खेती राम्रो गर्नुभएको छ,” उनले भने, “यसवर्ष वडा नं. ५ को रुप्सामा किवी उत्पादन राम्रो भयो ।”
नरहरिनाथ गाउँपालिका–९ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रदीपकुमार बोहोराले किवीको व्यावसायिक खेतीको उत्पादनलाई बजारीकरण आवश्यक देखिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: