कालिकोट । कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ । किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि समस्या भएको हो ।
यहाँको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा किवी खेती फस्टाएको छ । तर, किसानलाई बिक्रीको चिन्ता छ । रुप्साका अगुवा किसान जसमल बोगटीले यस वर्ष मात्रै पाँच क्विन्टल किवी उत्पादन गरे । तर, उत्पादित किवीको बजारीकरणमा समस्या भयो ।
“बोटमै किवी पाक्न थालेपछि बजार र मूल्यको तनाव हुन्छ”, उनले भने, “यहाँ सडक नपुगेकाले बजारमा कहाँ लैजानु । बाटोमा पहिरो आएर पैदल हिँड्न पनि सकिन्न ।”
रामेछाप जिल्लाबाट किवीका बिरुवा खरिद गरेर ल्याएर खेती गर्दै आएका उनले छिमेकी तथा गाउँलेलाई किवीको बेर्ना निःशुल्क दिने गरेको र भविष्यमा गाउँलाई किवी उत्पादनले चिनाउने लक्ष्य राखेको बताए । “यसवर्ष उत्पादन भएकोमध्ये कसरी कहाँ बिक्री गरौँ भन्ने छ । आउने दिनमा केही भइहाल्ला”, उनले भने, “कता लैजाने र कहाँ बिक्री गर्ने भन्ने अन्योल छ ।”
उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उनको भनाइ छ । “यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले व्यावसायिक खेती सुरु गरेका थिए” उनले भने, “तर, उत्पादनसँगै बजारीकरणको समस्या भएको छ ।”
नरहरिनाथ गाउँपालिकामा किवी, अलैँचीलगायतबाट राम्रो आम्दानी हुने सम्भावना देखिएको स्थानीय रामबहादुर बटालाले बताए । “यहाँका किसानले किवी अलैँची तथा जडिबुडीको खेती राम्रो गर्नुभएको छ,” उनले भने, “यसवर्ष वडा नं. ५ को रुप्सामा किवी उत्पादन राम्रो भयो ।”
नरहरिनाथ गाउँपालिका–९ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रदीपकुमार बोहोराले किवीको व्यावसायिक खेतीको उत्पादनलाई बजारीकरण आवश्यक देखिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: